• चैत्र ३, २०८१
  • No Comment
  • 87

चन्दननाथ नगरपालिकाले फोहर प्रशोधन सुरु गर्दै

जुम्लाको चन्दननाथ नगरपालिकाले नगरभित्र सङ्कलित प्लास्टिक र सिसाजन्य फोहर प्रशोधन गर्दै पुनः प्रयोगमा ल्याउने अभियान सुरु गरेको छ। नगरपालिकाले फोहर व्यवस्थापनलाई प्रभावकारी बनाउन पुनः प्रयोग केन्द्र स्थापना गरी प्लास्टिक टुक्र्याउने मेसिन सञ्चालनमा ल्याएको जनाएको छ।

नगर प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढथापाका अनुसार, नगरपालिकाले गत पुस १४ देखि १८ गतेसम्म नगरभित्र फोहर व्यवस्थापनसम्बन्धी सर्वेक्षण सञ्चालन गरेको थियो। सर्वेक्षणका आधारमा १६० स्थानबाट सङ्कलित फोहरमध्ये ७९ प्रतिशत घरपरिवारबाट, ९ प्रतिशत स्वास्थ्य संस्थाबाट, ७ प्रतिशत धार्मिकस्थलबाट, र ५ प्रतिशत व्यापारिक क्षेत्रबाट उत्पादन हुने देखिएको छ।

फोहर व्यवस्थापनलाई प्रविधिसँग जोड्दै नगरपालिकाले महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य गरी प्लास्टिक र सिसाजन्य वस्तु पुनः प्रयोग गर्नका लागि आठ लाख ९८ हजार ३५० रुपैयाँमा उपकरण खरिद गरेको छ। उपकरण सञ्चालनका लागि अपरेटर तालिम प्रदान गरिसकिएको र अहिले नियमित रूपमा सञ्चालन भइरहेको नगरप्रमुख राजुसिंह कठायतले जानकारी दिए।

नगरपालिकाले प्लास्टिकजन्य फोहरलाई कम्प्याक्ट बिम बनाएर थोरै ठाउँमा राख्न सकिने र फर्निचर तथा अन्य पुनः प्रयोगयोग्य सामग्री बनाउन सकिने योजना अघि बढाएको छ। साथै, नगरवासीलाई फोहर वर्गीकरण गर्न र फोहरलाई व्यवस्थापनमा सहयोग गर्न आग्रह गरिएको छ।

फोहर व्यवस्थापनका लागि नयाँ प्रविधि भित्र्याइए पनि उपकरण सञ्चालन र मर्मत खर्चिलो रहेको नगर उपप्रमुख रामदेवी खड्काले बताइन्। आवश्यक मर्मत सामग्री जिल्ला बाहिरबाट ल्याउनुपर्ने चुनौती रहेको उनले औँल्याइन्।

फोहरमैला व्यवस्थापन शाखा प्रमुख लक्ष्मीचन्द्र न्यौपानेका अनुसार, नगरपालिकाले फोहर व्यवस्थापनमा ठूलो लगानी गरे पनि राजस्व सङ्कलनमा कठिनाइ भइरहेको छ। चालु आर्थिक वर्षको फागुन २७ गतेसम्म नगरपालिकाले दुई लाख ५१ हजार ६०० रुपैयाँ मात्र राजस्व सङ्कलन गर्न सकेको छ।

सम्बन्धित खबर

जाडो मौसममा तिलका परिकार सेवनका ७ प्रमुख फाइदा

जाडो मौसममा तिलका परिकार सेवनका ७ प्रमुख फाइदा

मुटुरोगदेखि क्यान्सरसम्म रोकथाममा उपयोगी जाडो मौसम सुरु हुनेबित्तिकै तिलका परिकारको माग बढ्ने गर्दछ। सामान्यतया स्वादका लागि प्रयोग गरिने तिल वास्तवमै स्वास्थ्यका…
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १० सचिवसहित ५६ जनाविरुद्ध मुद्दा दायर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १०…

काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको व्यापक अनियमितता र भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५६ जनालाई विपक्षी बनाएर विशेष अदालतमा…
सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे  एटीएम सेवा संचालन

सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे एटीएम…

सुर्खेत। सुर्खेतकाे चौकुने गाँउपालिकामा लक्ष्मी सनराईज बैँकको एटीएम सञ्चालनमा आएको छ । चौकुने गाउँपालिका वडा नं. ८ स्थित लक्ष्मी सनराईज बैंकको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *