• चैत्र ३, २०८१
  • No Comment
  • 55

चन्दननाथ नगरपालिकाले फोहर प्रशोधन सुरु गर्दै

जुम्लाको चन्दननाथ नगरपालिकाले नगरभित्र सङ्कलित प्लास्टिक र सिसाजन्य फोहर प्रशोधन गर्दै पुनः प्रयोगमा ल्याउने अभियान सुरु गरेको छ। नगरपालिकाले फोहर व्यवस्थापनलाई प्रभावकारी बनाउन पुनः प्रयोग केन्द्र स्थापना गरी प्लास्टिक टुक्र्याउने मेसिन सञ्चालनमा ल्याएको जनाएको छ।

नगर प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढथापाका अनुसार, नगरपालिकाले गत पुस १४ देखि १८ गतेसम्म नगरभित्र फोहर व्यवस्थापनसम्बन्धी सर्वेक्षण सञ्चालन गरेको थियो। सर्वेक्षणका आधारमा १६० स्थानबाट सङ्कलित फोहरमध्ये ७९ प्रतिशत घरपरिवारबाट, ९ प्रतिशत स्वास्थ्य संस्थाबाट, ७ प्रतिशत धार्मिकस्थलबाट, र ५ प्रतिशत व्यापारिक क्षेत्रबाट उत्पादन हुने देखिएको छ।

फोहर व्यवस्थापनलाई प्रविधिसँग जोड्दै नगरपालिकाले महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य गरी प्लास्टिक र सिसाजन्य वस्तु पुनः प्रयोग गर्नका लागि आठ लाख ९८ हजार ३५० रुपैयाँमा उपकरण खरिद गरेको छ। उपकरण सञ्चालनका लागि अपरेटर तालिम प्रदान गरिसकिएको र अहिले नियमित रूपमा सञ्चालन भइरहेको नगरप्रमुख राजुसिंह कठायतले जानकारी दिए।

नगरपालिकाले प्लास्टिकजन्य फोहरलाई कम्प्याक्ट बिम बनाएर थोरै ठाउँमा राख्न सकिने र फर्निचर तथा अन्य पुनः प्रयोगयोग्य सामग्री बनाउन सकिने योजना अघि बढाएको छ। साथै, नगरवासीलाई फोहर वर्गीकरण गर्न र फोहरलाई व्यवस्थापनमा सहयोग गर्न आग्रह गरिएको छ।

फोहर व्यवस्थापनका लागि नयाँ प्रविधि भित्र्याइए पनि उपकरण सञ्चालन र मर्मत खर्चिलो रहेको नगर उपप्रमुख रामदेवी खड्काले बताइन्। आवश्यक मर्मत सामग्री जिल्ला बाहिरबाट ल्याउनुपर्ने चुनौती रहेको उनले औँल्याइन्।

फोहरमैला व्यवस्थापन शाखा प्रमुख लक्ष्मीचन्द्र न्यौपानेका अनुसार, नगरपालिकाले फोहर व्यवस्थापनमा ठूलो लगानी गरे पनि राजस्व सङ्कलनमा कठिनाइ भइरहेको छ। चालु आर्थिक वर्षको फागुन २७ गतेसम्म नगरपालिकाले दुई लाख ५१ हजार ६०० रुपैयाँ मात्र राजस्व सङ्कलन गर्न सकेको छ।

सम्बन्धित खबर

आज साउन १५ : देशभर खीर खाएर मनाइँदै

आज साउन १५ : देशभर खीर खाएर मनाइँदै

साउन १५ — आज साउन १५ गते, देशभर खीर खाएर विशेष परम्परागत ढंगले मनाइँदैछ। नेपाली समाजमा वर्षायामका विशेष दिनहरूलाई परिकारहरू मार्फत…
कैलाश-मानसरोवर दर्शन अब नेपालबाटै: हुम्लाको लाप्चामा बन्यो भव्य पर्यटकीय पूर्वाधार

कैलाश-मानसरोवर दर्शन अब नेपालबाटै: हुम्लाको लाप्चामा बन्यो भव्य पर्यटकीय…

हुम्ला। अब पवित्र कैलाश मानसरोवरको दर्शनका लागि नेपालबाटै सहज हुने भएको छ। हुम्लाको नाम्खा गाउँपालिका–६, लिमीस्थित पाँच हजार मिटर उचाइको लाप्चा…
खरानीबाट उठ्दै सुर्खेतका व्यवसायी: आगलागीले ध्वस्त पसललाई बीमाको २ करोडको सहारा

खरानीबाट उठ्दै सुर्खेतका व्यवसायी: आगलागीले ध्वस्त पसललाई बीमाको २…

सुर्खेत। सुर्खेतमा केही महिनाअघि भएको विनाशकारी आगलागीबाट आफ्नो व्यापार-व्यवसाय गुमाएका एक व्यवसायीले बीमा रकम पाएपछि राहतको सास फेरेका छन्। आगलागीले खरानी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *