• फाल्गुन २९, २०८१
  • No Comment
  • 154

टुसा उम्रेको गेडागुडी  दैनिक सेवनका ९ अद्भुत स्वास्थ्य लाभ

टुसा उम्रेको गेडागुडीमा प्रशस्तै पाइने पौष्टिक तत्वहरूले हाम्रो शरीरका लागि फाइदाजनक हुन्छ। यसमा हुने फाइबरले गर्दा हाम्रो भोक पनि मेट्छ भने शरीरलाई प्रशस्तै ऊर्जा पनि प्रदान गर्दछ। टुसा उम्रेको गेडागुडी खानुका फाइदा यस प्रकार छन् :

१. पोषणले भरिपूर्ण
टुसा उमारेर खाइने गेडागुडीमा प्रोटिन, भिटामिन, मिनरल्स तथा एन्टिअक्सिडेन्ट को मात्रा वृद्धि हुन्छ, जसले शरीरलाई आवश्यक ऊर्जा दिन्छ।

२. पाचन प्रणाली सुधार
टुसाएका गेडागुडी पचाउन सजिलो हुन्छन्। यसमा भएका फाइबर र एन्जाइमहरू पाचनलाई सहज बनाउँछन्।

३. रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
यसमा हुने भिटामिन ‘सी’, भिटामिन ‘ए’, जिंक, र आइरन ले शरीरको रोगसँग लड्ने क्षमतालाई बलियो बनाउँछ।

४. वजन घटाउन सहयोगी
टुसाएका गेडागुडीमा क्यालोरी कम र फाइबर उच्च मात्रामा हुने भएकाले तौल घटाउन चाहनेहरूका लागि राम्रो विकल्प हो।

५. मधुमेह नियन्त्रण
यसले रगतमा चिनीको स्तर सन्तुलित राख्न मद्दत गर्छ, जसले डायबिटिज भएका व्यक्तिहरूलाई फाइदा पुर्याउँछ।

६. मुटु स्वस्थ राख्छ
टुसा उमारेका गेडागुडीले कोलेस्ट्रोल घटाउने र रक्तचाप नियन्त्रण गर्ने भएकाले मुटु सम्बन्धी रोगको जोखिम कम गर्छ।

७. छाला र कपाललाई फाइदा
यसमा भएको भिटामिन ‘इ’, बायोटिन र एन्टिअक्सिडेन्ट ले छालालाई चम्किलो र स्वस्थ राख्छ भने कपाललाई मजबुत बनाउँछ।

८. हड्डी बलियो बनाउँछ
यसमा भएको क्याल्सियम, म्याग्नेसियम र फस्फोरस ले हड्डीको मजबुतीका लागि आवश्यक पोषण प्रदान गर्छ।

९. एनर्जी बूस्टर
टुसा उम्रेको गेडागुडीले शरीरलाई तत्काल ऊर्जा दिन्छ, जसले थकान कम गर्छ र शरीरलाई सक्रिय राख्छ।

सम्बन्धित खबर

अनेरास्ववियुद्वारा सडक सुरक्षाबारे संयुक्त ध्यानाकर्षण पत्र बुझाइयो

अनेरास्ववियुद्वारा सडक सुरक्षाबारे संयुक्त ध्यानाकर्षण पत्र बुझाइयो

सुर्खेत । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले क्याम्पस क्षेत्रको सडक सुरक्षा र यातायात…
एसीसी यू–१९ एशिया कप आजदेखि यूएईमा सुरु, नेपाल भोलि श्रीलङ्कासँग भिड्दै

एसीसी यू–१९ एशिया कप आजदेखि यूएईमा सुरु, नेपाल भोलि…

काठमाडौँ – एसीसी १९ वर्षमुनिको एशिया कप क्रिकेट आजदेखि संयुक्त अरब इमिरेट्स (यूएई)मा सुरु भएको छ। उद्घाटन दिनमा भारतले आयोजक यूएईसँग…
त्रिशूली नदीमा भीरबाट खसेका व्यक्तिको सशस्त्र प्रहरीद्धारा उद्धार

त्रिशूली नदीमा भीरबाट खसेका व्यक्तिको सशस्त्र प्रहरीद्धारा उद्धार

गोरखामा भिरबाट त्रिशूली नदीमा खसेका एक व्यक्तिको सशस्त्र प्रहरीले उद्धार गरेको छ । शहीद लखन गाउँपालिका–४ राईनासस्थित भिरबाट त्रिशूली नदीमा खसेका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *