• फाल्गुन २७, २०८१
  • No Comment
  • 102

काठमाडौंबाट पेस्तोल र लागुऔषधसहित एक जना पक्राउ

काठमाडौंको गोकर्णेश्वरबाट अवैध हतियार र लागुऔषधसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२० का ३३ वर्षीय सुदन जोशी रहेका छन्, जो हाल गोकर्णेश्वर-२, भाडगाउँमा बस्दै आएका थिए।

जोशीको कोठामा अवैध हातहतियार लुकाएको सूचना पाएपछि प्रहरी वृत्त स्वयम्भूको टोलीले खानतलासी गर्दा पेस्तोल १ थान, म्याग्जिन २ थान, १० राउण्ड गोली, २५० ग्राम पोल्याण्ड लागुऔषध, १० क्याप्सुल ट्रामाडोल, ७ मोबाइल, ल्यापटप, आईप्याड र तराजु बरामद गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ।

जोशीविरुद्ध जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान थालिएको एसपी अपिलराज बोहोराले जानकारी दिएका छन्। उनी यसअघि पनि अभद्र व्यवहार र लागुऔषध कसुरमा पक्राउ परिसकेका थिए।

सम्बन्धित खबर

पर्यटकको हब बन्दै चौकुने ७ को धामीडाँडा सहिद स्मृतिपार्क

पर्यटकको हब बन्दै चौकुने ७ को धामीडाँडा सहिद स्मृतिपार्क

सुर्खेत। सुर्खेतकाे चौकुनेगाउँपालिका–७ मा अवस्थित सहिद स्मृति पार्क ’ पछिल्लो समयमा स्थानीयहरुको पहिलो रोजाइ बन्न थालेको छ। वडा न ७ को…
जाडोमा बदाम खानुका यस्ता फाइदा

जाडोमा बदाम खानुका यस्ता फाइदा

जाडो मौसम सुरु भएपछि धेरैले सुन्तलासँगै घाम ताप्दै बदाम खान रुचाउँछन् । स्वादिलो मात्र नभई बदाम स्वास्थ्यका दृष्टिले पनि अत्यन्त लाभदायी…
रुकुम पश्चिममा करेन्ट लागेर १ युवकको मृत्यु

रुकुम पश्चिममा करेन्ट लागेर १ युवकको मृत्यु

रूकुम पश्चिम — रूकुम पश्चिमको आठविसकोट नगरपालिका-२ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । इन्टरनेटको तार जोड्ने क्रममा २२ वर्षीय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *