• फाल्गुन २७, २०८१
  • No Comment
  • 55

आज देशभरको मौसम यस्ताे छ

काठमाडौं, फागुन २८ – हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। साथै, देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। कोशी, गण्डकी प्रदेश, र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ।

रातिको समयमा कोशी, बागमती, र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। त्यस्तै, कोशी, बागमती, गण्डकी, र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा हुन सक्ने सम्भावना छ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात तथा कोशी, बागमती, गण्डकी, र कर्णाली प्रदेशका पहाडी भूभागमा चट्याङ्गसहित हल्का वर्षा हुने सम्भावनाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक असर पार्न सक्ने महाशाखाले जनाएको छ। यसबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

 

सम्बन्धित खबर

१७ वर्षे नाबालिगले सौतेनी आमासँग विवाह गरेपछि …… 

१७ वर्षे नाबालिगले सौतेनी आमासँग विवाह गरेपछि …… 

हरियाणा । नाबालिग छोराले आफ्नै सौतेनी आमासँग भागेर विवाह गरेपछि हरियाणाको नुह जिल्लामा सनसनी फैलिएको छ। सम्बन्धलाई लज्जास्पद बनाउने यो घटनाले…
जाजरकोटका वन अधिकृतमाथि कुटपिट गर्ने मुख्य अभियुक्त पक्राउ

जाजरकोटका वन अधिकृतमाथि कुटपिट गर्ने मुख्य अभियुक्त पक्राउ

जाजरकोट  । जिल्ला वन अधिकृतमाथि कुटपिट तथा कार्यालय तोडफोडको घटनामा संलग्न एक जना फरार अभियुक्तलाई जाजरकोट प्रहरीले पक्राउ गरेको छ। जिल्ला…
विदेश भ्रमणका लागि डलर सीमा ३ हजारमा वृद्धि

विदेश भ्रमणका लागि डलर सीमा ३ हजारमा वृद्धि

 अब विदेश भ्रमणमा जाने नेपालीले अधिकतम ३ हजार अमेरिकी डलरसम्म लैजान सक्ने भएका छन्। नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा विनिमयको सीमा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *