• फाल्गुन २४, २०८१
  • No Comment
  • 8

माैसमी पुर्वानुमान : कोशी, बागमती, गण्डकी र कर्णालीमा हल्का वर्षाकाे सम्भावना

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक-दुई स्थानमा छिटफुटदेखि हल्का वर्षा भइरहेको छ। दिउँसो कोशी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। अन्य भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा मौसम रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना।

कोशी प्रदेशका पहाडी भू–भागमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा हुनसक्ने।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने अन्य भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा मौसम रहनेछ।

महाशाखाले मौसमको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक असर पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। विशेष गरी हिमाली क्षेत्रमा बसोबास गर्ने तथा यात्रा गर्ने व्यक्तिहरूलाई चिसोबाट बच्ने उपाय अपनाउन आग्रह गरिएको छ।

मौसममा देखिएको परिवर्तनले खेतीपाती, पशुपालन तथा अन्य दैनिक कार्यहरूमा असर पार्न सक्ने भएकाले किसानहरूलाई विशेष ध्यान दिन सुझाव दिइएको छ। साथै, यात्रु तथा ट्राफिक व्यवस्थापनमा संलग्न निकायहरूलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

 

सम्बन्धित खबर

चन्दननाथ नगरपालिकाले फोहर प्रशोधन सुरु गर्दै

चन्दननाथ नगरपालिकाले फोहर प्रशोधन सुरु गर्दै

जुम्लाको चन्दननाथ नगरपालिकाले नगरभित्र सङ्कलित प्लास्टिक र सिसाजन्य फोहर प्रशोधन गर्दै पुनः प्रयोगमा ल्याउने अभियान सुरु गरेको छ। नगरपालिकाले फोहर व्यवस्थापनलाई…
उच्च रक्तचापको समस्यासहित यी शारीरिक समस्या भएका मानिसले बदामको सेवन गर्नु हानीकारक

उच्च रक्तचापको समस्यासहित यी शारीरिक समस्या भएका मानिसले बदामको…

बदामलाई विशेष पोषक तत्त्व मानिन्छ। जाडो मौसममा चिसो बदाम खान सबैलाई मनपर्छ। यसमा प्रोटिन, फाइबर, आइरन, जिंक, पोटासियम र फ्याटी एसिड…
जंगली च्याउ खाँदा एकै परिवारका १० जना बिरामी

जंगली च्याउ खाँदा एकै परिवारका १० जना बिरामी

तनहुँमा जंगली च्याउ खाँदा एकै परिवारका १० जना बिरामी परेका छन्। म्याग्दे गाउँपालिका-६ सर्वलाङका ३० वर्षीय नारायण मगरले आफ्नै बारीमा उम्रिएको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *