• फाल्गुन २४, २०८१
  • No Comment
  • 113

माैसमी पुर्वानुमान : कोशी, बागमती, गण्डकी र कर्णालीमा हल्का वर्षाकाे सम्भावना

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक-दुई स्थानमा छिटफुटदेखि हल्का वर्षा भइरहेको छ। दिउँसो कोशी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। अन्य भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा मौसम रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना।

कोशी प्रदेशका पहाडी भू–भागमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा हुनसक्ने।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने अन्य भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा मौसम रहनेछ।

महाशाखाले मौसमको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक असर पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। विशेष गरी हिमाली क्षेत्रमा बसोबास गर्ने तथा यात्रा गर्ने व्यक्तिहरूलाई चिसोबाट बच्ने उपाय अपनाउन आग्रह गरिएको छ।

मौसममा देखिएको परिवर्तनले खेतीपाती, पशुपालन तथा अन्य दैनिक कार्यहरूमा असर पार्न सक्ने भएकाले किसानहरूलाई विशेष ध्यान दिन सुझाव दिइएको छ। साथै, यात्रु तथा ट्राफिक व्यवस्थापनमा संलग्न निकायहरूलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

 

सम्बन्धित खबर

पुरानो खानेपानी मुहान सुकेपछि मावि च्युरामा खानेपानी अभाव बिधार्थी मर्कामा

पुरानो खानेपानी मुहान सुकेपछि मावि च्युरामा खानेपानी अभाव बिधार्थी…

 फागुन,२९ सल्यान। गर्मी सिजन सुरु भएसँगै विद्यालयमा खानेपानीको चरम संकट उत्पन्न हुन थालेको छ । करिव १ हजारकाे हाराहारीमा रहेको विद्यार्थीलाई…
चौकुने ८ मा रहेको लालझाडी सामुदायिक वनको पहलमा सरस्वती मन्दिर निर्माण कार्य सुरु

चौकुने ८ मा रहेको लालझाडी सामुदायिक वनको पहलमा सरस्वती…

सुर्खेत। सुर्खेत जिल्लाको चौकुने गाउँपालिका–८ भट्टेसरामा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको परिसरमा सरस्वती मन्दिर निर्माण कार्य सुरु गरिएको छ। लालझाडी…
ग्यास अभावविरुद्धको रिटमा सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

ग्यास अभावविरुद्धको रिटमा सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

काठमाडौँ उपत्यकामा देखिएको खाना पकाउने एलपी ग्यासको अभावबारे परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले सरकारका नाममा ‘कारण देखाऊ’ आदेश जारी गरेको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *