• फाल्गुन २३, २०८१
  • No Comment
  • 158

सुर्खेतको चौकुने गाउँपालिकाको १७औं गाउँसभाको अधिवेशन सम्पन्न

सुर्खेतको चौकुने गाउँपालिकाको १७औं गाउँसभाको अधिवेशन पालिकाको सभा हलमा आज शुक्रबार सम्पन्न भएको छ । गाउँपालिका का अध्यक्ष खडक बिवस वासपानेको अध्यक्षतामा सभा सञ्चालन भएको १७औं गाउँसभामा आर्थिक वर्ष २०८१/०८२ को साउन यतादेखि हालसम्मको प्रगति प्रस्तुत गरिएको थियो । केही ऐन नीति र कार्यविधिका साथै निर्देशिका समेत सभाबाट पारित भएको थियो ।

विद्यान समितिका संयोजक मान बहादुर श्रेष्ठले पाँच वटा ऐन विधान र कार्यविधि सभामा पेश गर्नुभएको विधान र कार्यविधि सभामा सहभागीहरुले पास समेत गर्नुभएको थियो ।संयोजक श्रेष्ठले पाँचवटा कार्यविधि र दुई ऐन सभामा पेश गर्नुभएकोमा , जसमा खानेपानी तथा सरसफाइ सञ्चालन तथा व्यवस्थापन कार्यविधि, संस्था दर्ता सम्बन्धि कार्यविधि,दलित अधिकार र बिकास गर्ने सम्बन्धमा कार्यविधि, आधारभुत तह कक्षा ८ को परिक्षा संचालन सम्बन्धमा कार्यविधि श्रोत विज्ञ शिक्षक ब्यवस्थापन सम्बन्धमा कार्यविधि , हेभि ईक्युप्मेन्ट संचालन तथा ब्यबस्थापन सम्बन्धमा कार्यविधि , जनतासँग अध्यक्ष कार्यक्रम सम्बन्धमा कार्यविधि ,विपद कोष मापदण्ड सम्बन्धमा कार्यविधी ,जनप्रतिनिधि तथा कर्मचारीहरुको आचारसंहिता सम्बन्धमा कार्यविधि सम्बन्धि बनेका ऐन सभामा पेश गरेपछि पास भएको हो ।

शुक्रबार भएको १७औं गाउँसभा गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई चौकुने गाँउपालिका वडा ४ कि महिला वडासदस्य पञ्चकलि बुढाले सबैले मत पाएर निर्वाचित भएको तीन वर्ष हुँदा पनि महिला सदस्य लगायत कुनैपनि नारीहरुले कुनैपनि अधिकार लगायत दलित, महिला, बाटोघाटो,शिक्षाका विषयमा समेत अध्यक्ष, उपाध्यक्षलाई गुनासो पोखेकि थिईन ।गाउँसभामा वडा सदस्यहरुले पोखेको गुनासोको सम्बोधन गरेको गाउँपालिका उपाध्यक्ष नर बहादुर बान्तोलाले बताउनुभयो । वडा नम्बर एकदेखि आठसम्म विभिन्न भौतिक संरचना निर्माण गर्नुका साथै शिक्षा, स्वास्थ्य, कृषि, दलित लगायतका क्षेत्रमा राम्रो काम गर्दै आएको बताउनुभयो ।

१७औं गाउँसभाका अध्यक्ष तथा चौकुने गाउँपालिका अध्यक्ष खडक बिवस वासपानेले समृद्ध चौकुने गाउँपालिका बनाउनका लागि वडाध्यक्ष, वडासदस्य सबैको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । निर्वाचीत भएको तीन वर्ष पुग्न लाग्दा चौकुनेको विकासका लागि सबै जनप्रतिनिधि ,विभिन्न संघसंस्था लगायतको साथ पाएको र आगामी दिनमा अझै राम्रा कामका लागि सहयोगको अपेक्षा रहेको बताउनुभयो ।शुक्रबार भएको १७औं गाउँसभामा १ देखि १० वडाका वडाध्यक्ष, वडासदस्य कार्यपालिका सदस्य सुरक्षाकर्मी लगायतको उपस्थित रहेको थियो ।

सम्बन्धित खबर

कर्णालीमा मर्यादित महिनावारी व्यवस्थापनबारे संवाद कार्यक्रम सम्पन्न

कर्णालीमा मर्यादित महिनावारी व्यवस्थापनबारे संवाद कार्यक्रम सम्पन्न

सुर्खेत । कर्णाली प्रदेशमा मर्यादित महिनावारी व्यवस्थापनको वर्तमान अवस्था, चुनौती, अवसर तथा आगामी कार्यदिशाबारे बहुपक्षीय छलफल गर्ने उद्देश्यले “महिनावारी संवाद” कार्यक्रम…
पहिले सूचना लुकाउँदा अहिले बर्डफ्लुको जोखिम

पहिले सूचना लुकाउँदा अहिले बर्डफ्लुको जोखिम

 काठमाडौं । ललितपुरस्थित सदर चिडियाखानामा बर्डफ्लु संक्रमण फैलिएको विषय समयमै सार्वजनिक नगरिएको आरोपपछि राष्ट्रिय प्रकृति संरक्षण कोषले चिडियाखानाका प्रमुख सत्यनारायण साहलाई…
सुर्खेतमा जबरजस्ती करणी मुद्दामा फरार रहेका रिजाल पक्राउ

सुर्खेतमा जबरजस्ती करणी मुद्दामा फरार रहेका रिजाल पक्राउ

सुर्खेत । जबरजस्ती करणी मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११…

Leave a Reply

Your email address will not be published. Required fields are marked *