• फाल्गुन २३, २०८१
  • No Comment
  • 153

उदयपुरमा बोलेरो ठक्कर: घरको पेटीमा बसेका दुई दिदीबहिनीको ज्यान, चालक पक्राउ

उदयपुरको त्रियुगा नगरपालिका–१२ डिएमगेटमा बोलेरो गाडीको ठक्करबाट दुई दिदीबहिनीको ज्यान गएको छ। गाईघाटस्थित हिमशिखर फर्निचरको प्र.नं. १०५ ००१ च ००९१ नम्बरको बोलेरो गाडी अनियन्त्रित भई घरको पेटीमा बसिरहेका दिदीबहिनीलाई ठक्कर दिँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

त्रियुगा गाईघाट डिएमगेटबाट बसपार्कतर्फ जाँदै गरेको बोलेरो गाडीले बाटो काट्ने क्रममा नियन्त्रण गुमाउँदा घरको पेटीमा बसिरहेका दुई बालिकालाई ठक्कर दिएको थियो। उदयपुर प्रहरीका अनुसार सप्तरी जिल्ला राजविराज घर भई त्रियुगा नगरपालिका–१२ स्थित राजेन्द्र मैनालीको घरमा डेरा गरी बस्दै आएका ललन दासका १२ वर्षीय देवीकुमारी दास र १४ वर्षीय अनुकुमारी दासको घटनास्थलमै मृत्यु भएको हो।

  घटनामा संलग्न बोलेरो गाडीका चालक त्रियुगा नगरपालिका–९ गैरुन बस्ने १८ वर्षीय निर्जल कटुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार घटना बारे थप अनुसन्धान भइरहेको छ।

सम्बन्धित खबर

प्रदूषण बढेसँगै किन आइरहन्छ खकार? जोगिन के गर्ने?

प्रदूषण बढेसँगै किन आइरहन्छ खकार? जोगिन के गर्ने?

काठमाडौं । पछिल्लो समय वायु प्रदूषण बढेसँगै धेरै मानिसमा घाँटी खसखस हुने, चिलाउने, बारम्बार खकार निकाल्न मन लाग्ने तथा खोकी लागिरहने…
कर्णाली छोरी सम्मेलनको दोस्रो संस्करण सुरू हुँदै

कर्णाली छोरी सम्मेलनको दोस्रो संस्करण सुरू हुँदै

सुर्खेत, जेठ १५ — बालिका, किशोरी तथा महिलामाथि हुने लैङ्गिक विभेद, बालविवाह, छाउपडी कुप्रथा, घरेलु हिंसा, यौन दुव्र्यवहार तथा मानव बेचबिखनजस्ता…
चौकुने गाउँपालिका वडा न. ९ र १० को घाटगाऊँ बजार अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु वडा अध्यक्ष र प्रहरीको रोहवरमा नष्ट

चौकुने गाउँपालिका वडा न. ९ र १० को घाटगाऊँ…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा घाटगाउँको बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै…

Leave a Reply

Your email address will not be published. Required fields are marked *