• फाल्गुन २३, २०८१
  • No Comment
  • 94

उदयपुरमा बोलेरो ठक्कर: घरको पेटीमा बसेका दुई दिदीबहिनीको ज्यान, चालक पक्राउ

उदयपुरको त्रियुगा नगरपालिका–१२ डिएमगेटमा बोलेरो गाडीको ठक्करबाट दुई दिदीबहिनीको ज्यान गएको छ। गाईघाटस्थित हिमशिखर फर्निचरको प्र.नं. १०५ ००१ च ००९१ नम्बरको बोलेरो गाडी अनियन्त्रित भई घरको पेटीमा बसिरहेका दिदीबहिनीलाई ठक्कर दिँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

त्रियुगा गाईघाट डिएमगेटबाट बसपार्कतर्फ जाँदै गरेको बोलेरो गाडीले बाटो काट्ने क्रममा नियन्त्रण गुमाउँदा घरको पेटीमा बसिरहेका दुई बालिकालाई ठक्कर दिएको थियो। उदयपुर प्रहरीका अनुसार सप्तरी जिल्ला राजविराज घर भई त्रियुगा नगरपालिका–१२ स्थित राजेन्द्र मैनालीको घरमा डेरा गरी बस्दै आएका ललन दासका १२ वर्षीय देवीकुमारी दास र १४ वर्षीय अनुकुमारी दासको घटनास्थलमै मृत्यु भएको हो।

  घटनामा संलग्न बोलेरो गाडीका चालक त्रियुगा नगरपालिका–९ गैरुन बस्ने १८ वर्षीय निर्जल कटुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार घटना बारे थप अनुसन्धान भइरहेको छ।

सम्बन्धित खबर

जाडाे माैसममा यसरी आफ्नो ख्याल राख्नुहोस्

जाडाे माैसममा यसरी आफ्नो ख्याल राख्नुहोस्

जाडोयाम सुरु भएपछि शरीरको तापक्रम सन्तुलनमा राख्न शरीरले बढी मेहनत गर्नुपर्ने चिकित्सकहरू बताउँछन्। बाहिरी चिसोको प्रभावलाई समयमै नसम्हालिए विभिन्न स्वास्थ्य समस्या…
चौकुने गाउँपालिकामा जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन सम्बन्धी सहजीकरण कार्यक्रम सम्पन्न

चौकुने गाउँपालिकामा जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन सम्बन्धी सहजीकरण…

सुर्खेत। सुर्खेतकाे चौकुने गाउँपालिकामा जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन र मानवीय सहायता सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । जलवायु…
भायानेटको कनेक्टिभिटी अब क्रिकेट मैदानसम्म – चितवन राइनोजको कनेक्टिभिटी पार्टनर

भायानेटको कनेक्टिभिटी अब क्रिकेट मैदानसम्म – चितवन राइनोजको कनेक्टिभिटी…

विश्वसनीय इन्टरनेट सेवाबाट देशभरका लाखौं घर जोडिरहेको भायानेट अब स्पोर्ट्स कनेक्टिभिटीको प्रतीक बन्दै क्रिकेट मैदानमा देखिने भएको छ। लोकप्रिय इन्टरनेट सेवा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *