• फाल्गुन २०, २०८१
  • No Comment
  • 166

चौकुनेको गुटुमा नसर्ने रोग सम्बन्धि ४० बर्षमाथिका उमेर समुहलाई नि:शुल्क स्वास्थ्य परीक्षण

सुर्खेतको चौकुने गाउँपालिका को स्वास्थ्य चौकीगुटुले नसर्ने रोग जागरण तथा नि:शुल्क परिक्षण स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्वास्थ्य शिविरमा सुगर, ब्लड प्रेसर, परीक्षण तथा उचाई र तौल नाप जाँच गरिएको हो ।

उक्त शिबिरमा १४७ जनाको स्वास्थ्य परिक्षणमा पुरुष ४७ जना र महिला एक सय जनाको स्वास्थ्य परिक्षण गरिएको थियो जसमध्ये सुगरका २२ र ब्लड प्रेसरका ११ जना बिरामी रहेका थिए नेपाल सरकार स्वास्थ्य मन्त्रालयले नसर्ने रोगको प्रारम्भिक पहिचान, तथ्याङ्क संकलन र रोकथामका लागि देशभर ४० वर्षमाथि उमेर समूहका सबै व्यक्तिमा स्क्रिनिङ्ग कार्यक्रमलाई सफल बनाउन शिविर सञ्चालन गरिएको हो ।

अहिले नेपालमा नसर्ने रोग अन्तर्गत मधुमेह, उच्च रक्तचाप, तथा उच्च तौल भएका रोगीहरूको संख्या दिन प्रतिदिन बढ्दै गएको छ ।नागरिकहरूको परीक्षण तथा चेकजाँच दर बढाउन यो अभियानमा सफल बनाउन गुटु स्वास्थ्य चौकीले परीक्षण डेक्स स्थापना गरी चिकित्सकको सहभागितामा नि:शुल्क स्वास्थ्य जाँच गरेको स्वास्थ्य चौकी गुटुका प्रमुख गगन सिह पाण्डेले बताउनु भएको छ ।

गुटु बिशालबजार पिपलचौतारा परिसरमा सञ्चालन गरिएको चेकजाँच तथा परीक्षण कार्यक्रममा चौकुने गाउँपालिका वडा न ८ का वडा अध्यक्ष कमल जि सी लगायत राजनीतिकर्मी,कर्मचारी,नागरिक समाज, विभिन्न संघ संस्थाका प्रतिनिधिहरू, तथा सर्बसाधारणहरूको सहभागिता रहेको थियो ।

चेकजाँचमा अधिकांश व्यक्तिको आवश्यकता भन्दा बढी तौल भएको,केहीमा सुगर तथा प्रेसर बढी भएको देखिएको प स्वास्थ्य चौकीका प्रमुख पाण्डेले बताउनु भयो । स्थानीय स्वास्थ्यकर्मीहरूले सेवाग्राहीहरूको स्वास्थ्य परीक्षण गर्दै आवश्यक सल्लाह सुझाव प्रदान गरेका थिए ।

सम्बन्धित खबर

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

एजेन्सी । विहान सबेरै उठ्न नसक्नु आजकल धेरैको साझा समस्या बनेको छ । बिहान उठेर विभिन्न काम गर्ने योजना बनाए पनि…
प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…
ओलीलाई  नेतृत्व हस्तान्तरण गर्न योगेश भट्टराईको सुझाव

ओलीलाई नेतृत्व हस्तान्तरण गर्न योगेश भट्टराईको सुझाव

काठमाडौं — नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सहजतापूर्वक नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएका छन्। पार्टीको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *