• फाल्गुन २०, २०८१
  • No Comment
  • 226

चौकुनेको गुटुमा नसर्ने रोग सम्बन्धि ४० बर्षमाथिका उमेर समुहलाई नि:शुल्क स्वास्थ्य परीक्षण

सुर्खेतको चौकुने गाउँपालिका को स्वास्थ्य चौकीगुटुले नसर्ने रोग जागरण तथा नि:शुल्क परिक्षण स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्वास्थ्य शिविरमा सुगर, ब्लड प्रेसर, परीक्षण तथा उचाई र तौल नाप जाँच गरिएको हो ।

उक्त शिबिरमा १४७ जनाको स्वास्थ्य परिक्षणमा पुरुष ४७ जना र महिला एक सय जनाको स्वास्थ्य परिक्षण गरिएको थियो जसमध्ये सुगरका २२ र ब्लड प्रेसरका ११ जना बिरामी रहेका थिए नेपाल सरकार स्वास्थ्य मन्त्रालयले नसर्ने रोगको प्रारम्भिक पहिचान, तथ्याङ्क संकलन र रोकथामका लागि देशभर ४० वर्षमाथि उमेर समूहका सबै व्यक्तिमा स्क्रिनिङ्ग कार्यक्रमलाई सफल बनाउन शिविर सञ्चालन गरिएको हो ।

अहिले नेपालमा नसर्ने रोग अन्तर्गत मधुमेह, उच्च रक्तचाप, तथा उच्च तौल भएका रोगीहरूको संख्या दिन प्रतिदिन बढ्दै गएको छ ।नागरिकहरूको परीक्षण तथा चेकजाँच दर बढाउन यो अभियानमा सफल बनाउन गुटु स्वास्थ्य चौकीले परीक्षण डेक्स स्थापना गरी चिकित्सकको सहभागितामा नि:शुल्क स्वास्थ्य जाँच गरेको स्वास्थ्य चौकी गुटुका प्रमुख गगन सिह पाण्डेले बताउनु भएको छ ।

गुटु बिशालबजार पिपलचौतारा परिसरमा सञ्चालन गरिएको चेकजाँच तथा परीक्षण कार्यक्रममा चौकुने गाउँपालिका वडा न ८ का वडा अध्यक्ष कमल जि सी लगायत राजनीतिकर्मी,कर्मचारी,नागरिक समाज, विभिन्न संघ संस्थाका प्रतिनिधिहरू, तथा सर्बसाधारणहरूको सहभागिता रहेको थियो ।

चेकजाँचमा अधिकांश व्यक्तिको आवश्यकता भन्दा बढी तौल भएको,केहीमा सुगर तथा प्रेसर बढी भएको देखिएको प स्वास्थ्य चौकीका प्रमुख पाण्डेले बताउनु भयो । स्थानीय स्वास्थ्यकर्मीहरूले सेवाग्राहीहरूको स्वास्थ्य परीक्षण गर्दै आवश्यक सल्लाह सुझाव प्रदान गरेका थिए ।

सम्बन्धित खबर

चौकुने गाउँपालिका वडा न ५ मायाताल बजारको अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु नष्ट

चौकुने गाउँपालिका वडा न ५ मायाताल बजारको अनुगमन, म्याद…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा चौकुने ५ मायाताल बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई…
सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला सम्पन्न, सङ्गठन सुदृढीकरण र निर्वाचन समीक्षा केन्द्रमा

सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला सम्पन्न, सङ्गठन सुदृढीकरण र…

सुर्खेत । जनता समाजवादी पार्टी (जसपा) नेपालको कर्णाली प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला सुर्खेतमा सम्पन्न भएको छ। भेलामा पार्टीको वर्तमान साङ्गठनिक अवस्था,…
लागुऔषधसहित १६ जना पक्राउ

लागुऔषधसहित १६ जना पक्राउ

काठमाडौं, जेठ २७ — प्रहरीले देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरीबाट तीन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *