• फाल्गुन २०, २०८१
  • No Comment
  • 32

सुर्खेतको चौकुनेमा निशुल्क मानसिक स्वास्थ्य शिबिर सञ्चालन हुने

सुर्खेतको चौकुनेमा निशुल्क बिशेषज्ञ मानसिक स्वास्थ्य शिबिर सञ्चालन हुने भएको छ ।चौकुने गाँउपालिका स्वास्थ्य शाखाको आयोजनामा मानसिक रोग विशेषज्ञ डाक्टर सुशील समदर्शीद्वरा घाटगाँउ स्वास्थ्य चौकीमा फागुन २३ गते र बेतान स्वास्थ्य चौकीमा फागुन २४ गते मानसिक रोगको उपचार तथा परामर्श सम्बन्धि नि: शुल्क स्वास्थ्य शिबिर सञ्चालन हुने भएको छ ।

मानसिक समस्या भएका बिरामीहरुको उपचारको लागी शिबिर सञ्चालन गर्न लागिएको स्वास्थ्य शाखा चौकुनेले जानकारी दिएको छ । बिशेषज्ञ मानसिक स्वास्थ्य शिबिरमा मनोचिकित्सकद्धारा निशुल्क परिक्षण, मनोसामाजिक परामर्श सेवा निशुल्क हुनेचौकुने स्वास्थ्य शाखा प्रमुख ईन्द्र बहादुर जैसुरीले जानकारी दिनुभएको छ ।

फागुन २३ र २४ गतेका दिन शिबिर सञ्चालन हुने भएकोले मानसिक स्वास्थ्य सम्बन्धित समस्या भएका ब्यक्तिहरुलाई उक्त सेवा लिन चौकुने स्वास्थ्य शाखाले आग्रह गरेको छ ।

सम्बन्धित खबर

आज रातिदेखि आइतबारसम्म मौसम प्रभावित हुने

आज रातिदेखि आइतबारसम्म मौसम प्रभावित हुने

काठमाडौं – आज रातिदेखि आइतबार साँझसम्म देशका विभिन्न ठाउँमा मौसम प्रभावित हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हिमाली क्षेत्रका…
वीरगन्जमा वडाध्यक्षमाथि कुटपिट, ७ जनाविरुद्ध जाहेरी

वीरगन्जमा वडाध्यक्षमाथि कुटपिट, ७ जनाविरुद्ध जाहेरी

पर्साको वीरगन्ज महानगरपालिका-२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीमाथि हेलमेट र रड प्रहार भएको छ। कुटपिटमा संलग्न रहेको भन्दै उनले प्रहरीसहित ७ जनाविरुद्ध…
कर्णालीको प्रवेशद्वार बबई नाकामा स्वचालित नम्बर प्लेट पहिचान प्रणालीमा डिजिटल प्रविधि सञ्चालनमा

कर्णालीको प्रवेशद्वार बबई नाकामा स्वचालित नम्बर प्लेट पहिचान प्रणालीमा…

सुर्खेत, चैत ८ – कर्णाली प्रदेशको मुख्य प्रवेशद्वार बबई नाकामा सवारी साधनको स्वचालित नम्बर प्लेट पहिचान गर्ने डिजिटल प्रविधि जडान गरिएको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *