• फाल्गुन १८, २०८१
  • No Comment
  • 136

फागुन २३ गते कर्णालीमा प्रधानमन्त्री ओलीको विशेष सम्बोधन

प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २३ गते कर्णाली प्रदेशसभामा विशेष सम्बोधन गर्ने भएका छन्। मुख्यमन्त्री यामलाल कँडेलले आइतबार प्रधानमन्त्रीलाई भेटी औपचारिक निमन्त्रण पत्र हस्तान्तरण गरेका छन्।

प्रधानमन्त्री ओली मध्य पश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन सुर्खेत जाने क्रममा प्रदेशसभामा सम्बोधन गर्न लागेका हुन्। प्रदेशसभा नियमावलीअनुसार प्रधानमन्त्रीलाई विशेष सम्बोधनको अनुमति दिने व्यवस्था रहेको सचिव जीवनराज बुढाथोकीले जानकारी दिए।

प्रदेश सरकारले औपचारिक पत्र भने सभामा पठाइसकेको छैन। प्रदेशसभाको पहिलो कार्यकालमा राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले पनि विशेष सम्बोधन गरेका थिए।

सम्बन्धित खबर

चौकुने गाउँपालिका वडा न ५ मायाताल बजारको अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु नष्ट

चौकुने गाउँपालिका वडा न ५ मायाताल बजारको अनुगमन, म्याद…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा चौकुने ५ मायाताल बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई…
सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला सम्पन्न, सङ्गठन सुदृढीकरण र निर्वाचन समीक्षा केन्द्रमा

सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला सम्पन्न, सङ्गठन सुदृढीकरण र…

सुर्खेत । जनता समाजवादी पार्टी (जसपा) नेपालको कर्णाली प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला सुर्खेतमा सम्पन्न भएको छ। भेलामा पार्टीको वर्तमान साङ्गठनिक अवस्था,…
लागुऔषधसहित १६ जना पक्राउ

लागुऔषधसहित १६ जना पक्राउ

काठमाडौं, जेठ २७ — प्रहरीले देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरीबाट तीन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *