- फाल्गुन १८, २०८१
- No Comment
- 51
चौकुनेमा गाडिले ठक्कर दिँदा एक महिला घाइते

चौकुने गाउँपालिका वडा न. ७ मिलन चोक नजिकै हाइसले ठक्कर दिँदा एक महिला घाइते भएकी छन ।
सुर्खेतबाट पश्चिम् चौकुनेको शोभानचौर जाँदै गरेको कर्णाली प्रदेश ०२ -००१ ख ०२०६ नम्बरको गाडिले आज दिउँसो २ बजे चौकुने गाउँपालिका वडा न.७ रान निबासी ६२ बर्षिय परु देबकोटालाई ठक्कर दिदा निज देबकोटाको दाहिने खुट्टामा गम्भीर चोट लागेको छ ।
घाइते देबकोटालाई उपचारको लागि सुर्खेत अस्पतालमा उपचारको लागि लगिएको छ । ठक्कर दिने हाइस चालकलाई इलाका प्रहरी कार्यालय गुटुले नियन्त्रणमा लिएको छ ।
