• फाल्गुन १७, २०८१
  • No Comment
  • 115

मैतीदेवीबाट कांग्रेस कार्यकर्ता दधिराम सिटौला पक्राउ

नेपाली कांग्रेसका विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका नेता विक्रम भन्ने दधिराम सिटौला पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई शुक्रबार दिउँसो मैतीदेवीबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार सिटौलालाई थप अनुसन्धानका लागि प्रहरी वृत्त कालीमाटीमा पठाइएको छ । उनी झापा चन्द्रगढी निवासी तथा राष्ट्रिय सभाका नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाका भाइ हुन् ।

सिटौलालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङको कार्यकक्ष तोडफोड गर्न संलग्न रहेको आरोपमा पक्राउ गरिएको हो । उच्च अदालत पाटनद्वारा २०८० भदौ १३ गते अवैधानिक ठहर गरिएका नेपाल उसु महासंघका अध्यक्ष वीरबहादुर तामाङ र महासचिव लाक्पा छिरिङ लामाको नेतृत्वमा रहेको समूहले राखेपका सदस्यसचिवको कार्यकक्षमा तोडफोड गरेको आरोपमा प्रहरीमा जाहेरी परेको थियो ।

माघ २५ गते राष्ट्रिय खेलकुद परिषद्मा सदस्य सचिव घिसिङको कार्यकक्षभित्र ज्ञापनपत्र बुझाउने क्रममा विवाद उत्पन्न भएको थियो । विवाद बढ्दै जाँदा ज्ञापनपत्र बुझाउन गएका व्यक्तिहरूले घिसिङको कार्यकक्षमा रहेका टेबल लगायतका सामग्री तोडफोड गरेका थिए ।

ओलम्पियन संघ र खेलाडीहरूले घटनाको भर्त्सना गर्दै यस्तो गतिविधिले नेपाली खेलकुद क्षेत्रलाई बदनाम गराउने भन्दै दोषीहरूमाथि कडा कारबाहीको माग गरेका छन् ।

सम्बन्धित खबर

Online Gambling Enterprises That Approve PayPal Deposits

PayPal has actually become one of the most popular and relied on on-line repayment methods worldwide. This e-wallet service allows individuals…

Fortuna Casino: Analýza Tržního Hráče pro Český Hazardní Průmysl

Úvod: Fortuna Casino v Zorném Úhlu Analytika Pro analytiky v českém hazardním průmyslu představuje Fortuna Casino klíčového hráče, jehož výkonnost a…

OlyBet: Kompletní Průvodce Pro Zkušené Hráče v České Republice

Úvod: Proč by Vás OlyBet Měl Zajímati Pro pravidelné hráče v České republice je výběr online kasina klíčovým rozhodnutím, které ovlivňuje…

Leave a Reply

Your email address will not be published. Required fields are marked *