• फाल्गुन १४, २०८१
  • No Comment
  • 104

महिला च्याम्पियनसिपः उपाधिका लागि नेपाल र म्यानमार आमनेसामने

 फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र म्यानमारबीच प्रतिस्पर्धा हुँदैछ। फाइनल खेल काठमाडौंको दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुनेछ।

नेपालले आजको खेल जित्दै ऐतिहासिक उपाधि हात पार्ने लक्ष्य राखेको छ। समग्रमा १३औँ पटक फाइनल खेल्दै गरेको नेपाल यसअघि १२ पटक उपविजेतामा सीमित भएको थियो। घरेलु मैदानमा उपाधि जित्ने सुनौलो अवसरलाई नेपाली महिला टोलीले सदुपयोग गर्ने अपेक्षा गरिएको छ।


गत ५ फागुनदेखि सुरु भएको प्रतियोगितामा नेपालसहित म्यानमार, कीर्गिस्तान र लेबनानले प्रतिस्पर्धा गरेका थिए। नेपाल र म्यानमार दुवैले लिग चरणमा समान सात अंक जोड्दै फाइनल यात्रा तय गरे। नेपाल र म्यानमारले लेबनान र कीर्गिस्तानलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन्।

गोलअन्तरका आधारमा म्यानमार शीर्ष स्थानमा रहँदा नेपाल दोस्रो स्थानमा रह्यो। लिग चरणमा नेपाल र म्यानमारबीचको खेल १-१ गोलको बराबरीमा सकिएको थियो।


नेपाली महिला टिम यसअघि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा १२ पटक फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन। ‘साफ महिला च्याम्पियनसिप’मा चारपटक भारत र दुईपटक बंगलादेशसँग तथा दक्षिण एसियाली खेलकुद (साग)मा तीनपटक भारतसँग फाइनलमा पराजित भएको नेपाल यसपटक पहिलोपटक च्याम्पियन बन्ने प्रयासमा छ।

नेपाल र म्यानमारबीच अहिलेसम्म चार खेल भएका छन्। जसमा म्यानमारले दुई खेल जितेको छ भने दुई खेल बराबरीमा सकिएका छन्।

सन् २०१८ मा भएको ‘ओलम्पिक एसिया छनोट’को पहिलो चरणमा नेपाल र म्यानमारले १-१ को बराबरी खेलेका थिए। सन् २०१९ मा भारतमा सम्पन्न ‘हिरो कप’को लिग चरणमा नेपाल म्यानमारसँग ३-० ले पराजित भएको थियो भने सोही प्रतियोगिताको फाइनलमा नेपाल ३-१ ले पराजित भएको थियो।

नेपालले आजको खेल जित्दै लामो उपाधि खडेरी तोड्न सक्छ कि म्यानमार फेरि बलियो सावित हुन्छ भन्ने विषयमा सबैको ध्यान केन्द्रित छ।

सम्बन्धित खबर

Decoding eCheck Casinos: A Canadian Industry Analyst’s Deep Dive

Introduction: Why eCheck Matters to Your Canadian Casino Strategy Hello, fellow industry analysts! In the dynamic world of online gambling, staying…

Freshbet: Nová Hvězda na Scéně Online Hazardu pro Zkušené…

Úvod: Proč by Zkušení Hráči Měli Věnovat Pozornost Freshbet? Pro zkušeného hráče, který se orientuje v online hazardu, je neustálé hledání…
हाशिवरात्रिमा पशुपति क्षेत्रबाट १३८ जना नियन्त्रणमा

हाशिवरात्रिमा पशुपति क्षेत्रबाट १३८ जना नियन्त्रणमा

काठमाडौं — महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रबाट प्रहरीले १३८ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौं का एसपी तथा प्रवक्ता…

Leave a Reply

Your email address will not be published. Required fields are marked *