• फाल्गुन १३, २०८१
  • No Comment
  • 130

चौकुनेमा श्रमिकका लागि कार्यस्थलमा आधारित तथा जीवनउपयोगी सीप विकास तालिम शुरु

सुर्खेतको चौकुनेमा “श्रमको सम्मान, राष्टको अभियान ” भन्ने मुल नाराका साथ श्रमिकका लागि कार्यस्थलमा आधारित तथा जीवनउपयोगी सीप विकास सम्बन्धी तालिम शुरु भएको छ । नेपाल सरकारको प्रधानमन्त्री रोजगार कार्यक्रमको युवा रोजगारीका लागि रुपान्तरण पहल परियोजना अन्तर्गत श्रमिकका लागि कार्यस्थलमा आधारित तथा जीवनउपयोगी सीप विकास सम्बन्धी तालिमको आयोजना गरिएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रममा वडा नं. १ देखि १० वटै वडाबाट छनौट भएकासहभागीलाई ईलोक्ट्रोनिक र डकर्मीका लागि ५० दिने जीवन उपयोगी सीप र कार्यस्थलमा आधारित सीप प्रदान गरिनेछ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत प्राथमिकिकरणको आधारमा वडा/वडाबाट छनौट भएका सुचिकृत वेरोजगारलाई तालिम दिइएको छ । तालिममा सहभागिलाई ४० दिने कार्यस्थल मा आधारित सीप विकास तालिम र जीवन उपयोगी सीप र १० दिने जीवन उपयोगी सीप प्रदान गरिनेछ ।

आज तालिमको शुभारम्भ गर्दै चौकुने गाउँपालिकाका अध्यक्ष खडक बि क बिवसले मानिसको जीवनमा सीप महत्वपूर्ण हुने बताउनु भएको छ । ज्ञान र सीपलाई पैसासंग तुलना गर्न नहुने भन्दै सक्षम र दक्ष बन्नका लागि सीपको विकास गर्न आवश्यक रहेको बताउनु भयो । आफुसंग ज्ञान सीप र दक्षता भए स्वरोजगार र आत्मनिर्भर बन्न सकिने उहाँले बताउनु भएको छ । चौकुने गाउँपालिका प्रमुख प्रशाकिय अधिकृत पुर्ण बहादुर बि कले दक्षता र सीपले मानिसलाई सफल बनाउने भन्दै आर्थिक समृद्धि पनि सीपबाटै सम्भव रहेको बताउनु भएको छ । उहाँले हरेक व्यक्ति सबै विषयमा दक्ष हुन नसक्ने भन्दै सम्बन्धित विषयमा पूर्ण रुपमा दक्ष बन्न आवश्यक रहेको भन्दै तालिममा सिकाएका कुरा इमान्दारिताका साथ सिक्न आग्रह गर्नु भएको छ ।

चौकुने गाउँ पालिका रोजगार संयोजक कमल कृष्ण जैसीले ईलोक्ट्रोनिक र डकर्मी सम्बन्धि र जीवन उपयोगी सीप विकासका लागि तालिमको आयोजना गरिएको बताउनु भयो । यसैगरी कार्यक्रममा भेरि राप्ती प्राविधिक शिक्षालयका सहजकर्ता रमेश घिमिरेले तालिममा सडक मर्मतसंग सम्बन्धित विभिन्न सीप सिकाइने बताउँदै निरन्तर रुपमा सहभागि भई दक्ष बन्न आग्रह गर्नु भएको छ । चौकुने गाउँपालिकाको आयोजना र भेरीराप्ती प्राविधिक शिक्षालय प्रा लि बिरेन्द्रनगर सुर्खेतको सहजीकरणमा ५० दिन सम्म चल्ने तालिम अन्तर्गत ४० दिन सम्म सिप बिकास अन्तर्गत ईलेक्ट्रीकल र डकर्मी तालिम र १० दिन जीवन उपयोगी विषयमा सीप सिकाइनेछ । वडा नं १ देखि १० वडाका ५० जना श्रमीकको सहभागिता रहेको र तालिमको सहजिकरण भेरीराप्ती प्राविधिक शिक्षालयका प्रशिक्षक ले गरेका छन् ।

भेरी राप्ती प्राविधिक शिक्षालयका प्रतिनिधि रमेश कुमार घिमिरेको अध्यक्षतामा पालिकाको सभाहलमा भएको उद्घाटन समारोहमा वडा न ८ का वडा अध्यक्ष कमल जि सी , वडा न ३ का वडा अध्यक्ष गणेश कुमार राना , ५ न वडा अध्यक्ष तुलाराम हिस्की मगर ,वडा न ७ का वडा अध्यक्ष धनिराम धमाला ,वडा न ९ का वडा अध्यक्ष कविराम खनाल को उपस्थित रहेको थियो भने ,उद्घाटन कार्यक्रममा रोजगार शाखा प्रमुख कमल कृष्ण जैसीको स्वागत मन्तब्य रहेको थियो ।

सम्बन्धित खबर

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

एजेन्सी । विहान सबेरै उठ्न नसक्नु आजकल धेरैको साझा समस्या बनेको छ । बिहान उठेर विभिन्न काम गर्ने योजना बनाए पनि…
प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…
ओलीलाई  नेतृत्व हस्तान्तरण गर्न योगेश भट्टराईको सुझाव

ओलीलाई नेतृत्व हस्तान्तरण गर्न योगेश भट्टराईको सुझाव

काठमाडौं — नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सहजतापूर्वक नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएका छन्। पार्टीको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *