• फाल्गुन १०, २०८१
  • No Comment
  • 21

प्रधानसेनापति म्याराथन दौडमा खड्का प्रथम

यस वर्षको प्रधानसेनापति खुला म्याराथन अन्तर्गत ४२ किमी दूरीको दौडमा रणशेर गणका हुद्धा खड्गबहादुर खड्का प्रथम हुनुभएकाे छ। सैनिक मुख्यालयमा आयोजित समारोहमा रक्षामन्त्री मानवीर राईले उँहालाई तीन लाख रुपैयाँ, ट्रफी र पदक प्रदान गर्नुभएकाे थियाे ।

प्रतियोगितामा कुमारी दल गणका प्युठ राजन रोकाय दोस्रो भई दुई लाख नगद, जबकि सशस्त्र प्रहरी बल नेपालका गोपीचन्द्र पार्की तेस्रो भई एक लाख नगद पुरस्कार प्राप्त गर्नुभएकाे छ।

२१ किमी हाफ म्याराथन तर्फ देवी दल गणका प्युठ मुकेश पाल पहिलो, शेर गण दलका अमलदार गजिन्द्र राई दोस्रो तथा गणेश दल गणका अमलदार नरेन्द्र रावल तेस्रो हुनुभएकाे छ । प्रधानसेनापति अशोकराज सिग्देल ले विजेताहरूलाई ७५ हजार, ५० हजार र ३५ हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएकाे छ ।

महिलातर्फ सन्तोष श्रेष्ठ प्रथम, पूर्ण लक्ष्मी न्यौपाने दोस्रो, तथा निर्मला केसी तेस्रो हुनुभएकाे छ। उनीहरूलाई पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्री ले नगद पुरस्कार प्रदान गर्नुभएकाे  छ।

२०७२ सालदेखि सेना दिवसको अवसरमा सामाजिक एकता तथा नागरिक-सैनिक सम्बन्ध मजबुत बनाउन यो प्रतियोगिता नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

सम्बन्धित खबर

आज रातिदेखि आइतबारसम्म मौसम प्रभावित हुने

आज रातिदेखि आइतबारसम्म मौसम प्रभावित हुने

काठमाडौं – आज रातिदेखि आइतबार साँझसम्म देशका विभिन्न ठाउँमा मौसम प्रभावित हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हिमाली क्षेत्रका…
वीरगन्जमा वडाध्यक्षमाथि कुटपिट, ७ जनाविरुद्ध जाहेरी

वीरगन्जमा वडाध्यक्षमाथि कुटपिट, ७ जनाविरुद्ध जाहेरी

पर्साको वीरगन्ज महानगरपालिका-२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीमाथि हेलमेट र रड प्रहार भएको छ। कुटपिटमा संलग्न रहेको भन्दै उनले प्रहरीसहित ७ जनाविरुद्ध…
कर्णालीको प्रवेशद्वार बबई नाकामा स्वचालित नम्बर प्लेट पहिचान प्रणालीमा डिजिटल प्रविधि सञ्चालनमा

कर्णालीको प्रवेशद्वार बबई नाकामा स्वचालित नम्बर प्लेट पहिचान प्रणालीमा…

सुर्खेत, चैत ८ – कर्णाली प्रदेशको मुख्य प्रवेशद्वार बबई नाकामा सवारी साधनको स्वचालित नम्बर प्लेट पहिचान गर्ने डिजिटल प्रविधि जडान गरिएको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *