• फाल्गुन १०, २०८१
  • No Comment
  • 88

प्रधानसेनापति म्याराथन दौडमा खड्का प्रथम

यस वर्षको प्रधानसेनापति खुला म्याराथन अन्तर्गत ४२ किमी दूरीको दौडमा रणशेर गणका हुद्धा खड्गबहादुर खड्का प्रथम हुनुभएकाे छ। सैनिक मुख्यालयमा आयोजित समारोहमा रक्षामन्त्री मानवीर राईले उँहालाई तीन लाख रुपैयाँ, ट्रफी र पदक प्रदान गर्नुभएकाे थियाे ।

प्रतियोगितामा कुमारी दल गणका प्युठ राजन रोकाय दोस्रो भई दुई लाख नगद, जबकि सशस्त्र प्रहरी बल नेपालका गोपीचन्द्र पार्की तेस्रो भई एक लाख नगद पुरस्कार प्राप्त गर्नुभएकाे छ।

२१ किमी हाफ म्याराथन तर्फ देवी दल गणका प्युठ मुकेश पाल पहिलो, शेर गण दलका अमलदार गजिन्द्र राई दोस्रो तथा गणेश दल गणका अमलदार नरेन्द्र रावल तेस्रो हुनुभएकाे छ । प्रधानसेनापति अशोकराज सिग्देल ले विजेताहरूलाई ७५ हजार, ५० हजार र ३५ हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएकाे छ ।

महिलातर्फ सन्तोष श्रेष्ठ प्रथम, पूर्ण लक्ष्मी न्यौपाने दोस्रो, तथा निर्मला केसी तेस्रो हुनुभएकाे छ। उनीहरूलाई पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्री ले नगद पुरस्कार प्रदान गर्नुभएकाे  छ।

२०७२ सालदेखि सेना दिवसको अवसरमा सामाजिक एकता तथा नागरिक-सैनिक सम्बन्ध मजबुत बनाउन यो प्रतियोगिता नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

सम्बन्धित खबर

अनेरास्ववियुद्वारा सडक सुरक्षाबारे संयुक्त ध्यानाकर्षण पत्र बुझाइयो

अनेरास्ववियुद्वारा सडक सुरक्षाबारे संयुक्त ध्यानाकर्षण पत्र बुझाइयो

सुर्खेत । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले क्याम्पस क्षेत्रको सडक सुरक्षा र यातायात…
एसीसी यू–१९ एशिया कप आजदेखि यूएईमा सुरु, नेपाल भोलि श्रीलङ्कासँग भिड्दै

एसीसी यू–१९ एशिया कप आजदेखि यूएईमा सुरु, नेपाल भोलि…

काठमाडौँ – एसीसी १९ वर्षमुनिको एशिया कप क्रिकेट आजदेखि संयुक्त अरब इमिरेट्स (यूएई)मा सुरु भएको छ। उद्घाटन दिनमा भारतले आयोजक यूएईसँग…
त्रिशूली नदीमा भीरबाट खसेका व्यक्तिको सशस्त्र प्रहरीद्धारा उद्धार

त्रिशूली नदीमा भीरबाट खसेका व्यक्तिको सशस्त्र प्रहरीद्धारा उद्धार

गोरखामा भिरबाट त्रिशूली नदीमा खसेका एक व्यक्तिको सशस्त्र प्रहरीले उद्धार गरेको छ । शहीद लखन गाउँपालिका–४ राईनासस्थित भिरबाट त्रिशूली नदीमा खसेका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *