• फाल्गुन ११, २०८१
  • No Comment
  • 113

इङ्लिस प्रिमियर लिग: युनाइटेडको अन्तिम गोलले बचायो हार

म्यानचेस्टर युनाइटेडले खेलको अन्तिम समयमा गोल गर्दै इङ्लिस प्रिमियर लिग फुटबलमा हारबाट बच्न सफल भएको छ।

शनिबार राति भएको खेलमा युनाइटेडले एभर्टनसँग २–२ को बराबरी गर्दै अंक बाँड्न बाध्य भयो। संघर्षपूर्ण खेलको पहिलो हाफमा नै युनाइटेड २–० ले पछि परेको थियो।

तर, खेलको दोस्रो हाफमा नाटकीय पुनरागमन गर्दै युनाइटेडले एभर्टनसँग बराबरी गर्न सफल रह्यो।

खेलको १९ औँ मिनेटमा बेटोले गोल गर्दै एभर्टनलाई अग्रता दिलाएका थिए। त्यसपछि ३३ औँ मिनेटमा अब्दुलाए डुकोरेले गोल गर्दै एभर्टनको अग्रता दोब्बर बनाए।

तर, खेलको ७२ औँ मिनेटमा ब्रुनो फर्नान्डेजले गोल गर्दै युनाइटेडलाई खेलमा फर्काउने संकेत दिए। आठ मिनेटपछि म्यानुएल उगार्टेले गोल गर्दै खेललाई बराबरीमा ल्याए।

यो बराबरीपछि युनाइटेड ३० अंकसहित तालिकाको १५ औँ स्थानमा छ, जबकि एभर्टन ३१ अंकसहित तालिकाको चौथो स्थानमा उक्लिएको छ।

गएराति भएका अन्य खेलहरूमा वुल्भ्सले एएफसी वर्नमाउथलाई १–० ले हराएको छ। क्रिस्टल प्यालेसले फुलहामलाई २–० को हार चखायो।

त्यस्तै, टोटनहम हट्सपुरले इप्सविच टाउनमाथि ४–१ को फराकिलो जित दर्ता गर्यो। ब्राइटनले साउथहेप्टनलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो।

सम्बन्धित खबर

Thunderstruck Trial Élvezd Trinocasino bejelentkezési probléma a 100%-ban ingyenes…

Blogok Trinocasino bejelentkezési probléma – Thunderstruck játék alternatívák és nyeremények Weboldal artista pressuroso HeroSpin Helyi kaszinó sobre Portugália Minden idők három…
कालिकोटमा नेकपाबाट महेन्द्रबहादुर शाही नै उम्मेदवार, मुगुमा चन्द्रबहादुर शाही

कालिकोटमा नेकपाबाट महेन्द्रबहादुर शाही नै उम्मेदवार, मुगुमा चन्द्रबहादुर शाही

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कालिकोटमा पुनः महेन्द्रबहादुर शाहीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। यसअघि पार्टी अध्यक्ष प्रचण्डलाई एकल सिफारिस…

Navigating the Digital Casino: Your Beginner’s Guide to Yoyo…

So, you’re dipping your toes into the exciting world of online casinos in Sweden? Welcome! It’s a thrilling experience, but it’s…

Leave a Reply

Your email address will not be published. Required fields are marked *