• फाल्गुन ११, २०८१
  • No Comment
  • 57

इङ्लिस प्रिमियर लिग: युनाइटेडको अन्तिम गोलले बचायो हार

म्यानचेस्टर युनाइटेडले खेलको अन्तिम समयमा गोल गर्दै इङ्लिस प्रिमियर लिग फुटबलमा हारबाट बच्न सफल भएको छ।

शनिबार राति भएको खेलमा युनाइटेडले एभर्टनसँग २–२ को बराबरी गर्दै अंक बाँड्न बाध्य भयो। संघर्षपूर्ण खेलको पहिलो हाफमा नै युनाइटेड २–० ले पछि परेको थियो।

तर, खेलको दोस्रो हाफमा नाटकीय पुनरागमन गर्दै युनाइटेडले एभर्टनसँग बराबरी गर्न सफल रह्यो।

खेलको १९ औँ मिनेटमा बेटोले गोल गर्दै एभर्टनलाई अग्रता दिलाएका थिए। त्यसपछि ३३ औँ मिनेटमा अब्दुलाए डुकोरेले गोल गर्दै एभर्टनको अग्रता दोब्बर बनाए।

तर, खेलको ७२ औँ मिनेटमा ब्रुनो फर्नान्डेजले गोल गर्दै युनाइटेडलाई खेलमा फर्काउने संकेत दिए। आठ मिनेटपछि म्यानुएल उगार्टेले गोल गर्दै खेललाई बराबरीमा ल्याए।

यो बराबरीपछि युनाइटेड ३० अंकसहित तालिकाको १५ औँ स्थानमा छ, जबकि एभर्टन ३१ अंकसहित तालिकाको चौथो स्थानमा उक्लिएको छ।

गएराति भएका अन्य खेलहरूमा वुल्भ्सले एएफसी वर्नमाउथलाई १–० ले हराएको छ। क्रिस्टल प्यालेसले फुलहामलाई २–० को हार चखायो।

त्यस्तै, टोटनहम हट्सपुरले इप्सविच टाउनमाथि ४–१ को फराकिलो जित दर्ता गर्यो। ब्राइटनले साउथहेप्टनलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो।

सम्बन्धित खबर

चौरजहारी नगरपालिकाद्वारा विभिन्न विधामा २२ जना व्यक्तित्व र ३ संस्था सम्मानित

चौरजहारी नगरपालिकाद्वारा विभिन्न विधामा २२ जना व्यक्तित्व र ३…

उपशीर्षक: जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थीदेखि किसान र पत्रकारसम्म पुरस्कृत  रुकुम पश्चिम। रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले आफ्नो नगरसभाको अवसरमा विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान…
नियमित प्याज खाँदा शरीरलाई हुन्छ फाइदै फाइदा

नियमित प्याज खाँदा शरीरलाई हुन्छ फाइदै फाइदा

काठमाडौँ। हामीले दैनिक जीवनमा प्याजको प्रयोग गरिरहेका हुन्छौँ । तरकारीमा स्वादको लागि प्रयोग हुने प्याज स्वास्थ्यका लागि पनि उत्तिकै लाभदायक छ…
जाजरकोटमा सुतिरहेकी बालिकालाई सर्पले टोकेर मृत्यु

जाजरकोटमा सुतिरहेकी बालिकालाई सर्पले टोकेर मृत्यु

जाजरकोट। जाजरकोटमा सर्पको टोकाइबाट एक बालिकाको ज्यान गएको छ। भेरी नगरपालिका-६, गंगटियाकी ८ वर्षीया बालिका दिक्षा शाहीको उपचारका क्रममा मृत्यु भएको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *