• फाल्गुन ७, २०८१
  • No Comment
  • 84

सुर्खेतबाट काठमाडौं जाँदै गरेको बस बबईमा दुर्घटना : २५ जना घाइते

दाङको बबईमा मंगलबार राति एक यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन्। सुर्खेतबाट काठमाडौं जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ ख ०७०१ नम्बरको बस बबई गाउँपालिका-२, तल्लो ट्वाङ्खोला नजिक दुर्घटनामा परेको हो।

प्रहरीका अनुसार दुर्घटना राति करिब ९:३० बजे पूर्वपश्चिम राजमार्गको घुम्तीमा भएको हो। जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक कविराज रोकायाका अनुसार घाइतेमध्ये अधिकांशलाई सामान्य चोट लागेका कारण प्रारम्भिक उपचारपछि डिस्चार्ज गरिएको छ।

भने केही यात्रु गम्भीर घाइते भएका छन्, जसलाई थप उपचारका लागि कोहलपुर रेफर गरिएको छ, भने अन्य घाइतेहरूको उपचार राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा भइरहेको छ।

प्रहरी निरीक्षक रोकायाले सबै घाइतेहरू हाल खतरा मुक्त रहेको जानकारी दिएका छन्। दुर्घटनाको कारण खुल्न बाँकी रहेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध उजुरी

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध उजुरी

काठमाडौं — राष्ट्रिय युवा सङ्घ नेपालले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको छ। सङ्घले मेयर साहले…
सुर्खेतमा लागुऔषधसहित दुई जना पक्राउ

सुर्खेतमा लागुऔषधसहित दुई जना पक्राउ

सुर्खेत । वीरेन्द्रनगरमा ब्राउनसुगरसहित दुई जनालाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ। बिहीबार बिहान करिब १० बजे वीरेन्द्रनगर नगरपालिका–३ मा लागुऔषध कारोवार…
कर्णाली याक्स जर्सी रिलिज तातोपानी ज्यूल्ले पाटनमा सम्पन्न

कर्णाली याक्स जर्सी रिलिज तातोपानी ज्यूल्ले पाटनमा सम्पन्न

जुम्ला । कर्णालीको गौरव पर्वत, संस्कृति र खेलको संगमका रूपमा परिचित तातोपानी ज्यूल्ले पाटनमा “कर्णाली याक्स जर्सी रिलिज” कार्यक्रम सम्पन्न भएको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *