• फाल्गुन ७, २०८१
  • No Comment
  • 116

सुर्खेतबाट काठमाडौं जाँदै गरेको बस बबईमा दुर्घटना : २५ जना घाइते

दाङको बबईमा मंगलबार राति एक यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन्। सुर्खेतबाट काठमाडौं जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ ख ०७०१ नम्बरको बस बबई गाउँपालिका-२, तल्लो ट्वाङ्खोला नजिक दुर्घटनामा परेको हो।

प्रहरीका अनुसार दुर्घटना राति करिब ९:३० बजे पूर्वपश्चिम राजमार्गको घुम्तीमा भएको हो। जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक कविराज रोकायाका अनुसार घाइतेमध्ये अधिकांशलाई सामान्य चोट लागेका कारण प्रारम्भिक उपचारपछि डिस्चार्ज गरिएको छ।

भने केही यात्रु गम्भीर घाइते भएका छन्, जसलाई थप उपचारका लागि कोहलपुर रेफर गरिएको छ, भने अन्य घाइतेहरूको उपचार राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा भइरहेको छ।

प्रहरी निरीक्षक रोकायाले सबै घाइतेहरू हाल खतरा मुक्त रहेको जानकारी दिएका छन्। दुर्घटनाको कारण खुल्न बाँकी रहेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

आज मातातीर्थ औंशी, आमाको मुख हेर्ने दिन

आज मातातीर्थ औंशी, आमाको मुख हेर्ने दिन

 काठमाडौं । आज वैशाख कृष्ण औँसीका अवसरमा देशभर मातातीर्थ औँसी, अर्थात् आमाको मुख हेर्ने दिन श्रद्धा र सम्मानका साथ मनाइँदैछ। यस…
जाजरकोटमा बेवारिसे पुरुषको शव फेला 

जाजरकोटमा बेवारिसे पुरुषको शव फेला 

जाजरकोट, ३ वैशाख । जाजरकोट जिल्ला को छेडागाड नगरपालिका मा एक पुरुषको बेवारिसे शव फेला परेको छ ।  बिहिबार बिहान वडा…
सेवा प्रवाहमा नयाँ अभ्यासः राहदानी र सवारी चालक अनुमतिपत्र अब नागरिकका घरदैलोमा

सेवा प्रवाहमा नयाँ अभ्यासः राहदानी र सवारी चालक अनुमतिपत्र…

 काठमाडौँ, ३ वैशाख । सरकारले सेवा प्रवाहलाई नागरिकको घरदैलोमा पु¥याउने लक्ष्यसहित राहदानी र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) घरमै वितरण गर्ने नयाँ अभ्यास…

Leave a Reply

Your email address will not be published. Required fields are marked *