• फाल्गुन ६, २०८१
  • No Comment
  • 18

टोरन्टोमा विमान दुर्घटना: ८० जना सवार, तीन गम्भीर घाइते

क्यानडाको टोरन्टोमा अवतरणका क्रममा एउटा विमान दुर्घटनाग्रस्त भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार उक्त दुर्घटनामा कम्तीमा तीन जना गम्भीर रूपमा घाइते भएका छन्।

अमेरिकी संघीय उड्डयन प्रशासन (FAA) का अनुसार, विमानमा ८० जना यात्रु सवार थिए। दुर्घटना भए पनि सबै यात्रुहरूलाई सुरक्षित रूपमा विमानबाट बाहिर निकालिएको छ। घाइते भएका तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

दुर्घटनापछि टोरन्टो विमानस्थलका २६ उडानहरू अन्यत्र डाइभर्ट गरिएको छ। विमान दुर्घटनाको कारण हालसम्म खुलासा गरिएको छैन। विमानस्थल का अधिकारीहरू र उड्डयन सुरक्षा निकायहरूले दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान गरिरहेका छन्।

क्यानडाका यातायातमन्त्री अनीता आनन्दले घटनालाई गम्भीर रूपमा हेरिएको बताउँदै सरकार अनुसन्धानमा संलग्न रहेको जानकारी दिएकी छिन्। उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै दुर्घटनाको विस्तृत विवरण चाँडै सार्वजनिक गरिने बताइन्।

 

सम्बन्धित खबर

चन्दननाथ नगरपालिकाले फोहर प्रशोधन सुरु गर्दै

चन्दननाथ नगरपालिकाले फोहर प्रशोधन सुरु गर्दै

जुम्लाको चन्दननाथ नगरपालिकाले नगरभित्र सङ्कलित प्लास्टिक र सिसाजन्य फोहर प्रशोधन गर्दै पुनः प्रयोगमा ल्याउने अभियान सुरु गरेको छ। नगरपालिकाले फोहर व्यवस्थापनलाई…
उच्च रक्तचापको समस्यासहित यी शारीरिक समस्या भएका मानिसले बदामको सेवन गर्नु हानीकारक

उच्च रक्तचापको समस्यासहित यी शारीरिक समस्या भएका मानिसले बदामको…

बदामलाई विशेष पोषक तत्त्व मानिन्छ। जाडो मौसममा चिसो बदाम खान सबैलाई मनपर्छ। यसमा प्रोटिन, फाइबर, आइरन, जिंक, पोटासियम र फ्याटी एसिड…
जंगली च्याउ खाँदा एकै परिवारका १० जना बिरामी

जंगली च्याउ खाँदा एकै परिवारका १० जना बिरामी

तनहुँमा जंगली च्याउ खाँदा एकै परिवारका १० जना बिरामी परेका छन्। म्याग्दे गाउँपालिका-६ सर्वलाङका ३० वर्षीय नारायण मगरले आफ्नै बारीमा उम्रिएको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *