• फाल्गुन ६, २०८१
  • No Comment
  • 174

टोरन्टोमा विमान दुर्घटना: ८० जना सवार, तीन गम्भीर घाइते

क्यानडाको टोरन्टोमा अवतरणका क्रममा एउटा विमान दुर्घटनाग्रस्त भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार उक्त दुर्घटनामा कम्तीमा तीन जना गम्भीर रूपमा घाइते भएका छन्।

अमेरिकी संघीय उड्डयन प्रशासन (FAA) का अनुसार, विमानमा ८० जना यात्रु सवार थिए। दुर्घटना भए पनि सबै यात्रुहरूलाई सुरक्षित रूपमा विमानबाट बाहिर निकालिएको छ। घाइते भएका तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

दुर्घटनापछि टोरन्टो विमानस्थलका २६ उडानहरू अन्यत्र डाइभर्ट गरिएको छ। विमान दुर्घटनाको कारण हालसम्म खुलासा गरिएको छैन। विमानस्थल का अधिकारीहरू र उड्डयन सुरक्षा निकायहरूले दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान गरिरहेका छन्।

क्यानडाका यातायातमन्त्री अनीता आनन्दले घटनालाई गम्भीर रूपमा हेरिएको बताउँदै सरकार अनुसन्धानमा संलग्न रहेको जानकारी दिएकी छिन्। उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै दुर्घटनाको विस्तृत विवरण चाँडै सार्वजनिक गरिने बताइन्।

 

सम्बन्धित खबर

५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

सुर्खेत । दैलेखको भैरवी गाउँपालिका अध्यक्ष रिताकुमारी शाही बैंकिङ कसुरको आरोपमा पक्राउ परेकी छन् । प्रहरीका अनुसार शाहीले दिएको करिब पाँच…
चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

सुर्खेत। चौकुने गाउँपालिका कृषि विकास शाखा ले ५० प्रतिशत अनुदानमा उन्नत जातको धानको बीउकिसानहरुलाई वितरण सुरु गरेको छ। गाउँपालिकाले धान रोपाइँ…
गर्मीमा चिसो पानी पिउने कि नर्मल ?

गर्मीमा चिसो पानी पिउने कि नर्मल ?

काठमाडौं । गर्मी मौसममा शरीरलाई हाइड्रेट राख्न पर्याप्त पानी पिउनु अत्यन्त आवश्यक मानिन्छ । तर तिर्खा लाग्दा धेरैलाई एउटा प्रश्नले अलमल्याउँछ—फ्रिजको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *