• फाल्गुन ५, २०८१
  • No Comment
  • 135

अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आजबाट सुरु, नेपाल किर्गिस्तानसँग भिड्दै

अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आजबाट काठमाडौंको दशरथ रंगशालामा सुरु हुँदैछ। एएफसी महिला एसियन कप र फिफा विश्वकप लक्षित प्रतियोगिता फागुन १४ सम्म सञ्चालन हुनेछ।

प्रतियोगिताको पहिलो दिन दुई खेलहरू हुनेछन्। पहिलो खेल अपराह्न १ः३० बजे म्यान्मार र लेबनानबीच प्रतिस्पर्धा हुनेछ। त्यसपछि आजै साँझ ५ः३० बजे नेपालले किर्गिस्तानसँग खेल्नेछ।

फिफा वरीयतामा किर्गिस्तान नेपालभन्दा तल रहेको छ। हाल किर्गिस्तानको वरीयता १२८ औं स्थानमा छ। नेपाल र किर्गिस्तानबीच अहिलेसम्म एक खेल भएको छ। सन् २०१९ मा किर्गिस्तानमै भएको नादेज्दा कपमा नेपालले किर्गिस्तानलाई ८–२ को फराकिलो अन्तरले पराजित गरेको थियो।

खेल अघि हिजो आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बापो सुब्बाले उपाधि जित्ने लक्ष्य रहेको बताइन्। उनले टोलीको तयारी राम्रो भएको बताउँदै, ‘तयारी राम्रो भएको छ। टोलीको तालमेल मिलिरहेको छ। कम गल्ती गर्दै उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौं। कोचको योजनाअनुसार प्रदर्शन गर्न सके उपाधि जित्न गाह्रो पनि छैन,’ भनिन्।

नेपालले यस प्रतियोगितामा आगामी खेलहरू फागुन ८ गते लेबनानसँग र फागुन ११ गते म्यान्मारसँग खेल्ने तालिका रहेको छ।

 

सम्बन्धित खबर

कर्णालीमा मर्यादित महिनावारी व्यवस्थापनबारे संवाद कार्यक्रम सम्पन्न

कर्णालीमा मर्यादित महिनावारी व्यवस्थापनबारे संवाद कार्यक्रम सम्पन्न

सुर्खेत । कर्णाली प्रदेशमा मर्यादित महिनावारी व्यवस्थापनको वर्तमान अवस्था, चुनौती, अवसर तथा आगामी कार्यदिशाबारे बहुपक्षीय छलफल गर्ने उद्देश्यले “महिनावारी संवाद” कार्यक्रम…
पहिले सूचना लुकाउँदा अहिले बर्डफ्लुको जोखिम

पहिले सूचना लुकाउँदा अहिले बर्डफ्लुको जोखिम

 काठमाडौं । ललितपुरस्थित सदर चिडियाखानामा बर्डफ्लु संक्रमण फैलिएको विषय समयमै सार्वजनिक नगरिएको आरोपपछि राष्ट्रिय प्रकृति संरक्षण कोषले चिडियाखानाका प्रमुख सत्यनारायण साहलाई…
सुर्खेतमा जबरजस्ती करणी मुद्दामा फरार रहेका रिजाल पक्राउ

सुर्खेतमा जबरजस्ती करणी मुद्दामा फरार रहेका रिजाल पक्राउ

सुर्खेत । जबरजस्ती करणी मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११…

Leave a Reply

Your email address will not be published. Required fields are marked *