• फाल्गुन ४, २०८१
  • No Comment
  • 103

आजकाे माैसम : देशभर बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशभरको मौसम प्रभावित बनेको छ। अधिकांश स्थानमा बादल लाग्नुका साथै केही पहाडी जिल्लाहरूमा हल्का वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।

जल तथा मौसम विज्ञान विभागका अनुसार, शुक्रबार रातिदेखि नै नेपालमा पश्चिमी वायुको प्रभाव परेको छ। यसका कारण गण्डकी तथा कोशी प्रदेशका केही स्थानमा वर्षा भएको छ भने सुदूरपश्चिम प्रदेशको डडेलधुरा र कैलालीमा पनि छिटपुट पानी परेको छ।


मौसमविद् बिनु महर्जनका अनुसार, शनिबार सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका पहाडी भूभागमा वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। काठमाडौं उपत्यकामा बिहानैदेखि बादल लागेको भए पनि वर्षाको सम्भावना न्यून रहेको छ।

तर, आइतबारदेखि मौसममा क्रमशः सुधार आउने अनुमान गरिएको छ। यद्यपि, पहाडी क्षेत्रमा आंशिक बदली रहिरहने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसमविद्हरूका अनुसार, आउँदो बिहीबारदेखि फेरि अर्को पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय हुने सम्भावना छ। त्यसको प्रभावले फेरि देशका विभिन्न भागमा बदली हुन सक्ने देखिन्छ। मौसमविद्हरूले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।

सम्बन्धित खबर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १० सचिवसहित ५६ जनाविरुद्ध मुद्दा दायर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १०…

काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको व्यापक अनियमितता र भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५६ जनालाई विपक्षी बनाएर विशेष अदालतमा…
सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे  एटीएम सेवा संचालन

सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे एटीएम…

सुर्खेत। सुर्खेतकाे चौकुने गाँउपालिकामा लक्ष्मी सनराईज बैँकको एटीएम सञ्चालनमा आएको छ । चौकुने गाउँपालिका वडा नं. ८ स्थित लक्ष्मी सनराईज बैंकको…
सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

काठमाडौं– सुडानको कालोकी शहरस्थित एक बालवाडीलाई लक्षित गर्दै गरिएको ड्रोन आक्रमणमा ३३ बालबालिकासहित कम्तीमा ५० जनाको ज्यान गएको सुडान डाक्टर्स नेटवर्कले…

Leave a Reply

Your email address will not be published. Required fields are marked *