• फाल्गुन २, २०८१
  • No Comment
  • 158

सीआरपीएफ जवानद्वारा सहकर्मीमाथि गोली प्रहार, दुईको मृत्यु, पछिआत्महत्या

 भारतकाे मणिपुर लामसाङस्थित सीआरपीएफ शिविरमा बिहीबार राति ८ बजे एक जवानले आफ्ना दुई सहकर्मीमाथि गोली प्रहार गरी हत्या गरेका छन्। घटनामा आठ जना घाइते भएका छन्। घटना लगत्तै ती जवानले आत्महत्या गरेका मणिपुर प्रहरीले जानकारी दिएको छ।

मणिपुर प्रहरीले सामाजिक सञ्जाल प्लेटफर्म एक्स मार्फत उक्त घटनाको पुष्टि गरेको छ। पोस्टमा भनिएको छ, “दुर्भाग्यपूर्ण घटनामा, आज राति ८ बजेतिर इम्फाल पश्चिम जिल्लाको लामसाङस्थित सीआरपीएफ शिविरभित्र एक जवानले आफ्ना सहकर्मीमाथि गोली चलाउँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको र आठ जना घाइते भएका छन्।”

प्रहरीका अनुसार घटनाको कारण अझै खुल्न सकेको छैन। अनुसन्धान जारी रहेको छ भने घाइतेहरुलाई तत्काल नजिकैको अस्पतालमा उपचारका लागि लगिएको छ।

यो घटनाले सीआरपीएफ परिवार र सहकर्मीमाझ शोकको अवस्था निम्त्याएको छ। सुरक्षा निकायले पीडित परिवारलाई आवश्यक सहयोग र समवेदना प्रकट गर्दै घटनाको गहिरो अध्ययन गरिने जनाएको छ।

मणिपुरका सुरक्षा स्थितिलाई ध्यानमा राख्दै यस्ता घटनाबाट पाठ सिक्ने र भविष्यमा पुनः नदोहोरियोस् भनी आवश्यक कदम चालिने सुरक्षाकर्मीहरुले बताएका छन्।

सम्बन्धित खबर

गर्मीमा स्वस्थ रहन के गर्ने? यस्ता छन् ९ उपायहरु

गर्मीमा स्वस्थ रहन के गर्ने? यस्ता छन् ९ उपायहरु

 गर्मी मौसम स्वास्थ्यका लागि चुनौतीपूर्ण हुन सक्छ, तर सही बानी अपनाए स्वस्थ र ऊर्जावान रहन सजिलो हुन्छ। लामो दिन, खुला मौसम…
चौकुने गाउँपालिका ८ कोलगाडमा इन्डक्सन चुलो वितरण कार्यक्रम सम्पन्न

चौकुने गाउँपालिका ८ कोलगाडमा इन्डक्सन चुलो वितरण कार्यक्रम सम्पन्न

७४ घरधुरी लाभान्वित अष्ट्रेलियन एडको आर्थिक सहयोग तथा समाजजागरण केन्द्र स्याक नेपालको सहजिकरणमा चौकुने गाउँपालिका वडा नं. ६, ७ र ८…
सुर्खेतमा वैशाख १९–२० गते ‘कर्णाली युवा महोत्सव’ आयोजना हुँदै, १० उत्कृष्ट युवा सम्मानित हुने

सुर्खेतमा वैशाख १९–२० गते ‘कर्णाली युवा महोत्सव’ आयोजना हुँदै,…

सुर्खेत — “कर्णालीबाट पनि युवाहरूले केही गर्न सक्छन्” भन्ने मूल नारासहित कर्णाली युवा महोत्सवको दोस्रो संस्करण आगामी वैशाख १९ र २०…

Leave a Reply

Your email address will not be published. Required fields are marked *