- माघ २९, २०८१
- No Comment
- 105
कस्ताे रहला देशभरकाे माैसम ?
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।
दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ। यी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहनेछ।
राति पनि कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहने र अन्यत्र मौसम सफा रहने अनुमान गरिएको छ। उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना कायमै रहनेछ।
यसैगरी, कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशभरका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र तराईका भू-भागहरूमा बिहानपख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ।
मौसमको यस अवस्थाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ। सम्भावित जोखिमबाट बच्न आवश्यक उपायहरू अपनाउन महाशाखाले अनुरोध गरेको छ।