• माघ २१, २०८१
  • No Comment
  • 126

गण्डकीमा भोलि सार्वजनिक बिदा

गण्डकी प्रदेशको स्थापना दिवसका अवसरमा माघ २२ गते मंगलबार सार्वजनिक बिदा दिने भएको छ । यसको निर्णयका लागि सोमबार बिहान १० बजे मन्त्रिपरिषदको बैठक बस्ने भएको छ । यसअघि प्रदेश सभा र प्रदेश सरकारको स्थापना दिवस अलगअलग मनाइने…

गण्डकी प्रदेशको स्थापना दिवसका अवसरमा माघ २२ गते मंगलबार सार्वजनिक बिदा दिने भएको छ । यसको निर्णयका लागि सोमबार बिहान १० बजे मन्त्रिपरिषदको बैठक बस्ने भएको छ ।

यसअघि प्रदेश सभा र प्रदेश सरकारको स्थापना दिवस अलगअलग मनाइने गरेकामा यसपालि एकैदिन मनाइन लागेको हो ।

प्रदेश प्रमुख डिल्लीराज भट्टको प्रमुख आतित्थ्यतामा माघ २२ गते ११ बजे प्रदेश सभा सचिवालय परिसरमा कार्यक्रम गरिने भएको छ ।

२०७४ माघ २२ गते गण्डकीमा पहिलो संसद् बैठक बसेको भएकाले त्यसै दिनलाई प्रदेश सभाले आफ्नो स्थापना दिवसका रुपमा मनाउँदै आएको थियो ।

२०७४ फागुन ४ गते संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सपथ लिएको दिनलाई प्रदेश स्थापना दिवसका रुपमा मनाइको थियो । २०७८ बाट त उक्त दिनमा प्रदेशभर सार्वजनिक बिदा दिन थालिएको थियो ।

सम्बन्धित खबर

भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन प्रचण्डसमक्ष माग

भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन प्रचण्डसमक्ष माग

काठमाडौं — भूमिहीन तथा सुकुम्वासीको दीर्घकालीन समस्या समाधानका लागि पहल गर्न नेपाल केन्द्रीय स्तरीय बस्ती व्यवस्थापन समितिले नेपाली कम्युनिस्ट पार्टीका संयोजक…
अछाम र बझाङमा जबरजस्ती करणीको अभियोगमा दुई जना पक्राउ

अछाम र बझाङमा जबरजस्ती करणीको अभियोगमा दुई जना पक्राउ

अछाम/बझाङ — जबरजस्ती करणी गरेको अभियोगमा अछाम र बझाङबाट दुई जना पक्राउ परेका छन्। अछामको ढकारी गाउँपालिका–२ बलातीबाडा कालिकास्थानका १९ वर्षीय…
पूर्वसांसद ग्लानले त्यागे माओवादी

पूर्वसांसद ग्लानले त्यागे माओवादी

मकवानपुर — बागमती प्रदेशका पूर्वसांसद ओमबहादुर ग्लानले माओवादी केन्द्रको सदस्यता त्यागेको घोषणा गरेका छन्। जनयुद्धका सहभागीसमेत रहेका ग्लानले सोमबार एक विज्ञप्ति…

Leave a Reply

Your email address will not be published. Required fields are marked *