• माघ २०, २०८१
  • No Comment
  • 297

प्याब्सन कर्णाली प्रदेशको अध्यक्षमा नोख बहादुर खत्री चयन

प्याब्सन कर्णाली प्रदेशको अध्यक्षमा नोख बहादुर खत्री चयन हुनुभएको छ । यही बिहिबार होटल सिद्धार्थमा सम्पन्न प्याब्सन कर्णाली प्रदेशले चौथो अधिवेशन कार्यक्रम खड्क कुवरको अध्यक्षतामा संचालन गरेको हो । अधिवेशन कार्यक्रममा कर्णाली प्रदेश सरकारका माननीय मुख्यमन्त्री यामलाल कडेंललाई प्रमुख अतिथीका रुपमा आमन्त्रण गरिएको थियो ।

अधिवेशनमा कर्णाली प्रदेशका थप नयाँ ३ वटा विद्यालयले सदस्यता समेत लिएका थिए ।
कार्यक्रममा प्याब्सन कर्णाली प्रदेशका केन्द्रिय अध्यक्ष डि.के ढुंगाना लगाएत केन्द्रिय पदाधिकारी, कर्णाली प्रदेश कमिटिका पदाधिकारी, जिल्ला कमिटी र नगर कमिटिका सदस्यहरुको उपस्थिती रहेको थियो ।

भेलामा आकाक्षीहरु धेरै भएपनी अन्तमा सबैको सहमतीमा नोख बहादुर खत्री अध्यक्ष रहनेगरी कार्यसमिती बनेको थियो । कमिटीमा बरिष्ठ उपाध्यक्षमा बेद प्रसाद ढकाल (सुर्खेत), महिला उपाध्यक्षमा अनिता भन्डारी (रुकुम), उपाध्यक्षमा मोतिराम गिरी (जाजरकोट), सचिवमा पुर्ण बहादुर बस्नेत (सल्यान), सहसचिवमा हुमलाल भट्टराई (सुर्खेत), कोषध्यक्षमा बिर बहादुर बुढाथोकी (सल्यान), सह कोषाध्यक्षमा यामराज गिरी (सुर्खेत)लाई पदाधिकारी रहने गरी कार्यसमिती चयन गरिएको छ ।

नव निर्वाचित अध्यक्ष खत्रीले यो जिम्मेवारीले आफुलाई संगठन प्रती थप जिम्मेवार बनाएको बताउनु भयो । उहाँले भन्नु भयो नगर कमिटी, जिल्ला कमिटी र केन्द्रले पनी मलाई बिस्वास गरेर प्रदेश कमिटिको जिम्मेवारी सुम्पिनु भएको छ म उहाँहरुको भरोषालाई थप उचाईमा पुग्ने गरी काम गर्ने छु । उहाँले संगठन बिस्तार नभएका र भएका कर्णालीका सबै जिल्लामा पुगेर प्याब्सन संगठन बिस्तार गर्ने र सक्रिय बनाउने काममा लागि पर्ने बताउनु भयो ।

लाईका खबरसंग प्रतिक्रिया दिदै प्याब्सन सुर्खेतले बनाउदै गरेको आफनै भवनको कामलाई सक्दो सहयोग गर्ने बताउनु भयो । उहाँले संगठनलाई थप उचाईमा पुर्याउन माथिल्लो कमिटी र मातहतका कमिटीका साथीहरुसग सल्लाह गरेर अगाडी बढने बताउनु भएको छ ।

सम्बन्धित खबर

जाडो मौसममा तिलका परिकार सेवनका ७ प्रमुख फाइदा

जाडो मौसममा तिलका परिकार सेवनका ७ प्रमुख फाइदा

मुटुरोगदेखि क्यान्सरसम्म रोकथाममा उपयोगी जाडो मौसम सुरु हुनेबित्तिकै तिलका परिकारको माग बढ्ने गर्दछ। सामान्यतया स्वादका लागि प्रयोग गरिने तिल वास्तवमै स्वास्थ्यका…
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १० सचिवसहित ५६ जनाविरुद्ध मुद्दा दायर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १०…

काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको व्यापक अनियमितता र भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५६ जनालाई विपक्षी बनाएर विशेष अदालतमा…
सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे  एटीएम सेवा संचालन

सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे एटीएम…

सुर्खेत। सुर्खेतकाे चौकुने गाँउपालिकामा लक्ष्मी सनराईज बैँकको एटीएम सञ्चालनमा आएको छ । चौकुने गाउँपालिका वडा नं. ८ स्थित लक्ष्मी सनराईज बैंकको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *