• माघ २०, २०८१
  • No Comment
  • 62

कस्तो रहला आज देशभरको मौसम?

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी प्रदेश लगायत गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउसो कोशी प्रदेशमा आंशिक बदली रहने सम्भावना रहेको छ। अन्य प्रदेशको मौसम मुख्यतया सामान्य रहनेछ। राति पनि कोशी प्रदेशमा आंशिक बदली रही अन्यत्र मौसम सफा रहनेछ।

बिहानको समयमा देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

सम्बन्धित खबर

प्राधिकरणले भारतमा शुरु गर्‍यो विद्युत निर्यात

प्राधिकरणले भारतमा शुरु गर्‍यो विद्युत निर्यात

नेपाल विद्युत प्राधिकरणले भारत विद्युत निर्यात शुरु गरेको छ । शनिबार रातिबाट भारतमा निर्यात शुरु भएको प्राधिकरणका प्रवक्ता राजाभाई सिल्पकारले जानकारी…
‘पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट स्वीकृत

‘पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट…

काठमाडौँ । ‘पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस्‌’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मतीले स्वीकृत भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री…
पोखरा विमानस्थलको छानबिन अझै गहिराइमा पुग्नुपर्छ भन्ने मेरो पूरक मत हो– गोकुल बास्कोटा

पोखरा विमानस्थलको छानबिन अझै गहिराइमा पुग्नुपर्छ भन्ने मेरो पूरक…

नेकपा एमालेका नेता एवं प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सदस्य गोकुल बास्कोटाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितताबारे अझै गहिरो छानबिन गर्नुपर्ने आफ्नो…

Leave a Reply

Your email address will not be published. Required fields are marked *