• माघ १९, २०८१
  • No Comment
  • 135

जाजरकोटमा ३० वर्षीय एक पुरुषको शंकास्पद मृत्यु, हत्याको आशंकामा ७ जना पक्राउ

जाजरकोटको जुनीचाँदेमा शंकास्पद एक पुरुषको मृत्यु भएको छ । जुनीचाँदे गाउँपालिका–६, मैप बस्ने ३० वर्षीय राम बहादुर शाहीको शव फेला परेको हो । शाही माघ १७ गते जुनीचाँदे गाउँपालिका स्तरीय चौथो अध्यक्षकप हेर्न शिवपुरी मावि, जुनीचाँदे–५ पुगेका थिए ।

खेलकुद कार्यक्रम हेरेर फर्किने क्रममा जुनिचाँदे – ६ स्थित मैपको एक किराना पसलमा मादक पदार्थ सेवन गरी आगो ताप्दै गर्दा भगडा परेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख पुरुषोत्तमप्रसाद पाण्डेले लाईका खबरलाई बताए । उनका अनुसार सोही ठाउँको स्थानीय काड्य खोला भन्ने ठाउँमा उनि मृत अवस्थामा फेला परेका हुन ।

माघ १८ गते बिहान ९ः३० बजे इलाका प्रहरी कार्यालय गर्खाकोटबाट प्रहरी नायब निरीक्षक पूर्ण बहादुर रानाको टोली घटनास्थल पुगेको थियो । घटनास्थल थप शंकास्पद देखिएपछि जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट प्रहरी निरीक्षक दिनेश तिमिल्सिनाको कमान्डमा थप टोली खटिएको थियो ।

प्रहरीले शुक्रबार घटनास्थलको मुचुल्का तयार गरेको थियो । मृतक शाहीको शब शनिबार प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटमा पोस्टमार्टमको तयारी भएको छ । घटनास्थलको अवस्था हेर्दा शाहीको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान रहेको प्रमुख पाण्डेले बताए । घटनास्थलमा रगत जस्तो देखिने रातो पदार्थ भेटिएको छ । उनको टाउको र कानमा चोट लागेको देखिन्छ,“ पाण्डेले भने ।

मृतक शाहीका आफन्तले उनको हत्या भएको आरोप लगाएका छन् । अनुसन्धानका लागि प्रहरीले १ महिला र ६ पुरुषसहित ७ जनालाई पक्राउ गरेको छ । नियन्त्रणमा रहेकाहरु संग आवश्यक सोधपोछ भइरहेको प्रहरीको भनाइ छ ।
जाहेरी दर्ता भएपछि घटनाको थप विवरण सार्वजनिक गरिनेछ । आइतबार हुने पास्टमार्टम  पछि मात्र मृत्युको वास्तविक कारण खुल्ने प्रहरीको दाबी रहेकाे छ । घटनाकाे निष्पक्ष अनुसन्धान भइरहेकाे प्रहरीले बताएकाे छ ।

सम्बन्धित खबर

सुर्खेतको चौकुने गाउँपालिकाको १८ औं गाउँसभा सम्पन्न

सुर्खेतको चौकुने गाउँपालिकाको १८ औं गाउँसभा सम्पन्न

चौकुने ।“दिगो र तिव्र बिकास चौकुनेको रहर ,गुणस्तरीय शिक्षा र ब्यवसायिक कृषिमा लहर ” भन्ने मुल नाराका साथ खडक बिवस वासपानेको…
मोटोपन हटाउने घरेलु उपाय: ६ असरदार खानेकुरा जसले बदल्छ शरीर

मोटोपन हटाउने घरेलु उपाय: ६ असरदार खानेकुरा जसले बदल्छ…

काठमाडौँ – तौल घटाउनको लागि, भोकै नबस्नु, सही कुरा खानु महत्त्वपूर्ण छ। तपाईं डाइटिङ र व्यायाम गरेपछि पनि इच्छित परिणाम नपाएकोमा…
मोटोपन हटाउने घरेलु उपाय: ६ असरदार खानेकुरा जसले बदल्छ शरीर

मोटोपन हटाउने घरेलु उपाय: ६ असरदार खानेकुरा जसले बदल्छ…

काठमाडौँ – तौल घटाउनको लागि, भोकै नबस्नु, सही कुरा खानु महत्त्वपूर्ण छ। तपाईं डाइटिङ र व्यायाम गरेपछि पनि इच्छित परिणाम नपाएकोमा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *