• माघ १६, २०८१
  • No Comment
  • 162

कर्णालीका एक लाख बढी किशोरीलाई पाठेघरमा हुने क्यान्सारविरुद्धको (एचपीभी) खोप लगाइने

कर्णालीका १० जिल्लाका १ लाख २० हजार ५ सय १० जनामा पाठेघरमा हुने क्यान्सरविरुद्धको खोप लगाइने भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतका अनुसार कर्णालीका १० जिल्लाका एक लाख २९ हजार किशोरीलाई पाठेघरमा हुने क्यान्सरविरुद्धको खोप लगाउन लागिएको हो । उक्त खोप अभियान आगामी २२ माघदेखि ६ फागुनसम्म सञ्चालन हुनेछ ।

महिलाहरूको पाठेघरको मुखमा हुने क्यान्सरको रोकथाम गरी मृत्युदर घटाउने उद्देश्यले खोप अभियान सञ्चालन गर्न लागिएको जनाइएको छ । विद्यालयमा अध्ययनरत कक्षा ७ देखि १० सम्मका छात्रा र विद्यालय नजाने ११ देखि १४ वर्षसम्मका किशोरीहरूलाई पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको एचपीभी खोप लगाउन लागिएको स्वास्थ्य सेवा निर्देशनालयका सूचना अधिकारी नवराज कँडेलले जानकारी दिए ।

खोप अभियानअन्तर्गत मुगुका चार हजार तीन सय ७९ किशोरीलाई एचपीभी खोप लगाइने छ । यस्तै, डोल्पा दुई हजार ६ सय ४१, हुम्लाका तीन हजार सात सय ३६, जुम्लाका आठ हजार आठ सय २९, कालीकोटका ११ हजार ९ सय २३, रुकुम पश्चिमका १२ हजार एक सय ६, सल्यानका १४ हजार पाँच सय १३, सुर्खेतका २८ हजार तीन सय ४०, जाजरकोटका १५ हजार पाँच सय ९२ र दैलेखका १८ हजार ९१ जना किशोरीलाई पाठेघरमा हुने क्यान्सर रोगविरुद्धको खोप लगाउन लागिएको सूचना अधिकारी कँडेलले जानकारी दिए ।
नेपाल सरकारले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बाट प्रमाणित उक्त खोप १० वर्षदेखि १४ वर्ष उमेर समुहको किशोरीहरुलाई एच. पि. भीको संक्रमणबाट सुरक्षित हुन अभियान संचालन गर्न लागिएको हो ।

सम्बन्धित खबर

कैलाश-मानसरोवर दर्शन अब नेपालबाटै: हुम्लाको लाप्चामा बन्यो भव्य पर्यटकीय पूर्वाधार

कैलाश-मानसरोवर दर्शन अब नेपालबाटै: हुम्लाको लाप्चामा बन्यो भव्य पर्यटकीय…

हुम्ला। अब पवित्र कैलाश मानसरोवरको दर्शनका लागि नेपालबाटै सहज हुने भएको छ। हुम्लाको नाम्खा गाउँपालिका–६, लिमीस्थित पाँच हजार मिटर उचाइको लाप्चा…
खरानीबाट उठ्दै सुर्खेतका व्यवसायी: आगलागीले ध्वस्त पसललाई बीमाको २ करोडको सहारा

खरानीबाट उठ्दै सुर्खेतका व्यवसायी: आगलागीले ध्वस्त पसललाई बीमाको २…

सुर्खेत। सुर्खेतमा केही महिनाअघि भएको विनाशकारी आगलागीबाट आफ्नो व्यापार-व्यवसाय गुमाएका एक व्यवसायीले बीमा रकम पाएपछि राहतको सास फेरेका छन्। आगलागीले खरानी…
साउथ एशियन स्कलर्स एकेडेमीको सहयोगमा सामुदायिक विद्यालयलाई फर्निचर सामग्री हस्तान्तरण

साउथ एशियन स्कलर्स एकेडेमीको सहयोगमा सामुदायिक विद्यालयलाई फर्निचर सामग्री…

सुर्खेत — निजी विद्यालयले सामुदायिक विद्यालयप्रति देखाएको उत्तरदायित्व र सद्भावको एउटा उदाहरण स्वरूप, साउथ एशियन स्कलर्स एकेडेमी, वीरेन्द्रनगर–३ बाट नजिकैको सामुदायिक…

Leave a Reply

Your email address will not be published. Required fields are marked *