• माघ १६, २०८१
  • No Comment
  • 221

कर्णालीका एक लाख बढी किशोरीलाई पाठेघरमा हुने क्यान्सारविरुद्धको (एचपीभी) खोप लगाइने

कर्णालीका १० जिल्लाका १ लाख २० हजार ५ सय १० जनामा पाठेघरमा हुने क्यान्सरविरुद्धको खोप लगाइने भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतका अनुसार कर्णालीका १० जिल्लाका एक लाख २९ हजार किशोरीलाई पाठेघरमा हुने क्यान्सरविरुद्धको खोप लगाउन लागिएको हो । उक्त खोप अभियान आगामी २२ माघदेखि ६ फागुनसम्म सञ्चालन हुनेछ ।

महिलाहरूको पाठेघरको मुखमा हुने क्यान्सरको रोकथाम गरी मृत्युदर घटाउने उद्देश्यले खोप अभियान सञ्चालन गर्न लागिएको जनाइएको छ । विद्यालयमा अध्ययनरत कक्षा ७ देखि १० सम्मका छात्रा र विद्यालय नजाने ११ देखि १४ वर्षसम्मका किशोरीहरूलाई पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको एचपीभी खोप लगाउन लागिएको स्वास्थ्य सेवा निर्देशनालयका सूचना अधिकारी नवराज कँडेलले जानकारी दिए ।

खोप अभियानअन्तर्गत मुगुका चार हजार तीन सय ७९ किशोरीलाई एचपीभी खोप लगाइने छ । यस्तै, डोल्पा दुई हजार ६ सय ४१, हुम्लाका तीन हजार सात सय ३६, जुम्लाका आठ हजार आठ सय २९, कालीकोटका ११ हजार ९ सय २३, रुकुम पश्चिमका १२ हजार एक सय ६, सल्यानका १४ हजार पाँच सय १३, सुर्खेतका २८ हजार तीन सय ४०, जाजरकोटका १५ हजार पाँच सय ९२ र दैलेखका १८ हजार ९१ जना किशोरीलाई पाठेघरमा हुने क्यान्सर रोगविरुद्धको खोप लगाउन लागिएको सूचना अधिकारी कँडेलले जानकारी दिए ।
नेपाल सरकारले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बाट प्रमाणित उक्त खोप १० वर्षदेखि १४ वर्ष उमेर समुहको किशोरीहरुलाई एच. पि. भीको संक्रमणबाट सुरक्षित हुन अभियान संचालन गर्न लागिएको हो ।

सम्बन्धित खबर

Pixel Perfect: Analyzing Visual Quality in Online Casinos –…

Introduction: Why Grafik-Qualität Matters For industry analysts focusing on the German online gambling market, understanding the nuances of user experience is…

Авиатор: как превратить крутящийся летающий шар в ваш выигрыш

В казахстанских онлайн‑казино 2024 года “авиатор” звучит как музыка для тех, кто ищет быстрые победы и яркие эмоции.Крутящийся шар, словно дирижёр,…
कर्णाली प्रदेश सभा अधिवेशन माघ १८ मा बोलाउन सिफारिस

कर्णाली प्रदेश सभा अधिवेशन माघ १८ मा बोलाउन सिफारिस

कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले…

Leave a Reply

Your email address will not be published. Required fields are marked *