• माघ १७, २०८१
  • No Comment
  • 203

सुर्खेतको चौकुने गाउँपालिका ७ गुटुमा सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरू

सुर्खेतको चौकुने गाउँपालिका ७ गुटुमा सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरू भएको छ ।

चौकुने गाउँपालिकाको सातौं पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधबारबाट सुरु भएको हाे। चौकुने गाउँपालिका वडा नम्बर ७ स्थित खेलमैदानमा प्रतियोगिता सुरु भएको छ ।प्रतियोगिताको उद्घाटन संघिय मानवीय हिद्रयराम थानि र प्रदेश मानवीय बिन्दमान बिष्टले गर्नुभएको थियो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै संघिय मानवीय हिद्रयराम थानिले खेलकुदले शारीरिक र मानसिक स्वास्थ्यमा महत्वपुर्ण टेवा पुर्याउने बताउनुभएको छ । खेलमा हारजित भन्दापनि खेलको अनुशासनमा बसेर खेल खेल्न र खेलमा आफ्नो उत्कृष्ट प्रतिभा प्रदर्शन गर्न खेलाडीहरुलाई अग्रह गर्नुभएको छ ।गाउँपालिका अध्यक्ष खडक बिवस बासपानेले चौकुने गाउँपालिकाले राष्ट्रपति रनिङ शिल्डको जिल्लास्तरीय खेलहरुमा यस अघि पनि राम्रो प्रदर्शन गरेको र यो पटक झन् राम्रो खेल प्रदर्शन गर्नेमा बिश्वस्त रहेको बताउनुभयो ।

यसैगरी माननिय बिन्दमान बिष्टले खेलाडीहरुलाई आफ्नो क्षमता बृद्दि गरेर राष्ट्रिय स्तरको खेलाडीको रुपमा स्थापित हुनको लागि शुभकामना दिनुभएको छ । शिक्षा र खेलकुदको क्षेत्रमा सरकारले निरन्तर काम गरिराखेको बताउनुभयो ।१६ गतेबाट १८ गतेसम्म सञ्चलन हुने प्रतियोगितामा भलिबल र एथलेटिक्सका खेलहरुमा छात्र-छात्रा दुवैको खेल समावेश गरिएको छ। प्रतियोगितामा पालिकाभित्रका ११ वटै माध्यमिक विद्यालयका विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन्। चौकुने गाउँपालिका मुख्य आयोजक रहेको प्रतियोगिताको सह आयोजकमा सिद्धेश्वरी माध्यमिक विद्यालय रहेको छ ।

पालिकाका ११ वटा विद्यालय सहभागी रहेको प्रतियोगिता माघ १८ गतेसम्म चल्नेछ ।प्रतियोगितामा एथ्लेटिक्स अन्तर्गत तीन हजार मिटर, चार सय मिटर, एक सय मिटर छात्र/छात्रा दौड, रिले दौड हुनेछ ।यस्तै ८ सय मिटर दौड, दुई सय मिटर दौड, हाईजम्प, लङजम्प, ट्रिपलजम्प, भाला, सटपुट, कबड्डी, भलिबल लगायतका खेल हुनेछन् ।


सिद्धेश्वरी माध्यमिक विद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष इन्द्र सोनीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा संघिय मानवीय हिद्रयराम थानि र प्रदेश मानवीय बिन्दमान बिष्टको प्रमुख अतिथ्यता रहेको थियो । कार्यक्रम संचालन सिद्धेश्वरी मा वि का प्र अ रतन सिह थापाले गर्नु भएको उक्त कार्यक्रममा पालिकाका १ देखि १०, वडाका वडा अध्यक्षहरु, विभिन्न राजनीतिदलका पार्टी प्रतिनिधि लगायतको आतिथ्यता रहेको थियो ।

सम्बन्धित खबर

५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

सुर्खेत । दैलेखको भैरवी गाउँपालिका अध्यक्ष रिताकुमारी शाही बैंकिङ कसुरको आरोपमा पक्राउ परेकी छन् । प्रहरीका अनुसार शाहीले दिएको करिब पाँच…
चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

सुर्खेत। चौकुने गाउँपालिका कृषि विकास शाखा ले ५० प्रतिशत अनुदानमा उन्नत जातको धानको बीउकिसानहरुलाई वितरण सुरु गरेको छ। गाउँपालिकाले धान रोपाइँ…
गर्मीमा चिसो पानी पिउने कि नर्मल ?

गर्मीमा चिसो पानी पिउने कि नर्मल ?

काठमाडौं । गर्मी मौसममा शरीरलाई हाइड्रेट राख्न पर्याप्त पानी पिउनु अत्यन्त आवश्यक मानिन्छ । तर तिर्खा लाग्दा धेरैलाई एउटा प्रश्नले अलमल्याउँछ—फ्रिजको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *