• माघ १७, २०८१
  • No Comment
  • 155

सुर्खेतको चौकुने गाउँपालिका ७ गुटुमा सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरू

सुर्खेतको चौकुने गाउँपालिका ७ गुटुमा सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरू भएको छ ।

चौकुने गाउँपालिकाको सातौं पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधबारबाट सुरु भएको हाे। चौकुने गाउँपालिका वडा नम्बर ७ स्थित खेलमैदानमा प्रतियोगिता सुरु भएको छ ।प्रतियोगिताको उद्घाटन संघिय मानवीय हिद्रयराम थानि र प्रदेश मानवीय बिन्दमान बिष्टले गर्नुभएको थियो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै संघिय मानवीय हिद्रयराम थानिले खेलकुदले शारीरिक र मानसिक स्वास्थ्यमा महत्वपुर्ण टेवा पुर्याउने बताउनुभएको छ । खेलमा हारजित भन्दापनि खेलको अनुशासनमा बसेर खेल खेल्न र खेलमा आफ्नो उत्कृष्ट प्रतिभा प्रदर्शन गर्न खेलाडीहरुलाई अग्रह गर्नुभएको छ ।गाउँपालिका अध्यक्ष खडक बिवस बासपानेले चौकुने गाउँपालिकाले राष्ट्रपति रनिङ शिल्डको जिल्लास्तरीय खेलहरुमा यस अघि पनि राम्रो प्रदर्शन गरेको र यो पटक झन् राम्रो खेल प्रदर्शन गर्नेमा बिश्वस्त रहेको बताउनुभयो ।

यसैगरी माननिय बिन्दमान बिष्टले खेलाडीहरुलाई आफ्नो क्षमता बृद्दि गरेर राष्ट्रिय स्तरको खेलाडीको रुपमा स्थापित हुनको लागि शुभकामना दिनुभएको छ । शिक्षा र खेलकुदको क्षेत्रमा सरकारले निरन्तर काम गरिराखेको बताउनुभयो ।१६ गतेबाट १८ गतेसम्म सञ्चलन हुने प्रतियोगितामा भलिबल र एथलेटिक्सका खेलहरुमा छात्र-छात्रा दुवैको खेल समावेश गरिएको छ। प्रतियोगितामा पालिकाभित्रका ११ वटै माध्यमिक विद्यालयका विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन्। चौकुने गाउँपालिका मुख्य आयोजक रहेको प्रतियोगिताको सह आयोजकमा सिद्धेश्वरी माध्यमिक विद्यालय रहेको छ ।

पालिकाका ११ वटा विद्यालय सहभागी रहेको प्रतियोगिता माघ १८ गतेसम्म चल्नेछ ।प्रतियोगितामा एथ्लेटिक्स अन्तर्गत तीन हजार मिटर, चार सय मिटर, एक सय मिटर छात्र/छात्रा दौड, रिले दौड हुनेछ ।यस्तै ८ सय मिटर दौड, दुई सय मिटर दौड, हाईजम्प, लङजम्प, ट्रिपलजम्प, भाला, सटपुट, कबड्डी, भलिबल लगायतका खेल हुनेछन् ।


सिद्धेश्वरी माध्यमिक विद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष इन्द्र सोनीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा संघिय मानवीय हिद्रयराम थानि र प्रदेश मानवीय बिन्दमान बिष्टको प्रमुख अतिथ्यता रहेको थियो । कार्यक्रम संचालन सिद्धेश्वरी मा वि का प्र अ रतन सिह थापाले गर्नु भएको उक्त कार्यक्रममा पालिकाका १ देखि १०, वडाका वडा अध्यक्षहरु, विभिन्न राजनीतिदलका पार्टी प्रतिनिधि लगायतको आतिथ्यता रहेको थियो ।

सम्बन्धित खबर

पर्यटकको हब बन्दै चौकुने ७ को धामीडाँडा सहिद स्मृतिपार्क

पर्यटकको हब बन्दै चौकुने ७ को धामीडाँडा सहिद स्मृतिपार्क

सुर्खेत। सुर्खेतकाे चौकुनेगाउँपालिका–७ मा अवस्थित सहिद स्मृति पार्क ’ पछिल्लो समयमा स्थानीयहरुको पहिलो रोजाइ बन्न थालेको छ। वडा न ७ को…
जाडोमा बदाम खानुका यस्ता फाइदा

जाडोमा बदाम खानुका यस्ता फाइदा

जाडो मौसम सुरु भएपछि धेरैले सुन्तलासँगै घाम ताप्दै बदाम खान रुचाउँछन् । स्वादिलो मात्र नभई बदाम स्वास्थ्यका दृष्टिले पनि अत्यन्त लाभदायी…
रुकुम पश्चिममा करेन्ट लागेर १ युवकको मृत्यु

रुकुम पश्चिममा करेन्ट लागेर १ युवकको मृत्यु

रूकुम पश्चिम — रूकुम पश्चिमको आठविसकोट नगरपालिका-२ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । इन्टरनेटको तार जोड्ने क्रममा २२ वर्षीय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *