• माघ १५, २०८१
  • No Comment
  • 114

मौसमी पुर्वानुमान : तराईका धेरै स्थानमा हुस्सु, बाँकी भू–भागको मौसम सफा रहने

नेपालमा हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

तराईका धेरै भू–भागमा हुस्सु/कुहिरो रहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।

राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।

महाशाखाले बिहानको समयमा देशका तराई तथा उपत्यकाका धेरै स्थानमा हुस्सु/कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

भोलि (बुधबार) कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सम्बन्धित खबर

अनेरास्ववियुद्वारा सडक सुरक्षाबारे संयुक्त ध्यानाकर्षण पत्र बुझाइयो

अनेरास्ववियुद्वारा सडक सुरक्षाबारे संयुक्त ध्यानाकर्षण पत्र बुझाइयो

सुर्खेत । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले क्याम्पस क्षेत्रको सडक सुरक्षा र यातायात…
एसीसी यू–१९ एशिया कप आजदेखि यूएईमा सुरु, नेपाल भोलि श्रीलङ्कासँग भिड्दै

एसीसी यू–१९ एशिया कप आजदेखि यूएईमा सुरु, नेपाल भोलि…

काठमाडौँ – एसीसी १९ वर्षमुनिको एशिया कप क्रिकेट आजदेखि संयुक्त अरब इमिरेट्स (यूएई)मा सुरु भएको छ। उद्घाटन दिनमा भारतले आयोजक यूएईसँग…
त्रिशूली नदीमा भीरबाट खसेका व्यक्तिको सशस्त्र प्रहरीद्धारा उद्धार

त्रिशूली नदीमा भीरबाट खसेका व्यक्तिको सशस्त्र प्रहरीद्धारा उद्धार

गोरखामा भिरबाट त्रिशूली नदीमा खसेका एक व्यक्तिको सशस्त्र प्रहरीले उद्धार गरेको छ । शहीद लखन गाउँपालिका–४ राईनासस्थित भिरबाट त्रिशूली नदीमा खसेका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *