• माघ १५, २०८१
  • No Comment
  • 58

मौसमी पुर्वानुमान : तराईका धेरै स्थानमा हुस्सु, बाँकी भू–भागको मौसम सफा रहने

नेपालमा हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

तराईका धेरै भू–भागमा हुस्सु/कुहिरो रहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।

राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।

महाशाखाले बिहानको समयमा देशका तराई तथा उपत्यकाका धेरै स्थानमा हुस्सु/कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

भोलि (बुधबार) कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सम्बन्धित खबर

धेरै गुणहरूले भरिपूर्ण नियमित गाजँर खानुहाेस्, १० फाइदा लिनुहाेस्

धेरै गुणहरूले भरिपूर्ण नियमित गाजँर खानुहाेस्, १० फाइदा लिनुहाेस्

काठमाडौँ।  पोषणतत्त्वले भरिएको गाजर केवल स्वादिलो मात्र होइन, स्वास्थ्यका लागि पनि अत्यन्तै लाभदायक मानिन्छ। प्रोटिन, भिटामिन र मिनरल्सको राम्रो स्रोतको खोजीमा…
यी चिया बिहान पिउनुहोस्, देखिनुहोस् सधैँ जवान!

यी चिया बिहान पिउनुहोस्, देखिनुहोस् सधैँ जवान!

काठमाडौँ ।बिहानको सुरुवात ऊर्जाशील र ताजगीपूर्ण बनाएर दिनभर सक्रिय रहन चाहनुहुन्छ भने अबदेखि कफी होइन, स्वास्थ्यवर्द्धक चियाहरूको विकल्प रोज्नुहोस्। स्वास्थ्य विशेषज्ञहरूका…
चौकुनेमा 7 ‘A’ साइट खुल्ला फुटबल प्रतियोगिता सम्पन्न

चौकुनेमा 7 ‘A’ साइट खुल्ला फुटबल प्रतियोगिता सम्पन्न

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका वडा नं ६ श्री जिवन ज्योति मा विको प्राङ्गणमा 7 ‘A’ साइड खुल्ला फुटबल प्रतियोगिता सम्पन्न भएको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *