• माघ १४, २०८१
  • No Comment
  • 149

स्पेनिस ला लिगा : भलेन्सियाविरुद्ध बार्सिलोनाको गोल

बार्सिलोनाले स्पेनिस ला लिगा अन्तर्गतको खेलमा भलेन्सियाविरुद्ध गोलको बर्षा गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले भलेन्सियालाई ७–१ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा फेर्मिन लोपेजले २ गोल गरेका थिए । त्यस्तै फ्रान्की डी जोंग, फेरान टोरेज, राफिन्हा र रोबेर्ट लेवानडोस्कीले एक एक गोल गरेका थिए भने एक गोल भलेन्सियाका सेजार टारेगाले आत्मघाती गोल गरेका थिए । त्यस्तै भलेन्सियाका लागि एक गोल हुगो डुरोले गरेका थिए ।

यो जितपछि बार्सिलोनाको २१ खेलमा ४२ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ । बार्सिलोना हाल दोस्रो स्थानमा रहेको एटलेटिको म्याड्रिडभन्दा ३ अंकले र शिर्ष स्थानमा रहेको रियल म्याड्रिडभन्दा ७ अंकले पछाडी रहेको छ ।

 

सम्बन्धित खबर

५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

सुर्खेत । दैलेखको भैरवी गाउँपालिका अध्यक्ष रिताकुमारी शाही बैंकिङ कसुरको आरोपमा पक्राउ परेकी छन् । प्रहरीका अनुसार शाहीले दिएको करिब पाँच…
चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

सुर्खेत। चौकुने गाउँपालिका कृषि विकास शाखा ले ५० प्रतिशत अनुदानमा उन्नत जातको धानको बीउकिसानहरुलाई वितरण सुरु गरेको छ। गाउँपालिकाले धान रोपाइँ…
गर्मीमा चिसो पानी पिउने कि नर्मल ?

गर्मीमा चिसो पानी पिउने कि नर्मल ?

काठमाडौं । गर्मी मौसममा शरीरलाई हाइड्रेट राख्न पर्याप्त पानी पिउनु अत्यन्त आवश्यक मानिन्छ । तर तिर्खा लाग्दा धेरैलाई एउटा प्रश्नले अलमल्याउँछ—फ्रिजको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *