• माघ १४, २०८१
  • No Comment
  • 12

स्पेनिस ला लिगा : भलेन्सियाविरुद्ध बार्सिलोनाको गोल

बार्सिलोनाले स्पेनिस ला लिगा अन्तर्गतको खेलमा भलेन्सियाविरुद्ध गोलको बर्षा गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले भलेन्सियालाई ७–१ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा फेर्मिन लोपेजले २ गोल गरेका थिए । त्यस्तै फ्रान्की डी जोंग, फेरान टोरेज, राफिन्हा र रोबेर्ट लेवानडोस्कीले एक एक गोल गरेका थिए भने एक गोल भलेन्सियाका सेजार टारेगाले आत्मघाती गोल गरेका थिए । त्यस्तै भलेन्सियाका लागि एक गोल हुगो डुरोले गरेका थिए ।

यो जितपछि बार्सिलोनाको २१ खेलमा ४२ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ । बार्सिलोना हाल दोस्रो स्थानमा रहेको एटलेटिको म्याड्रिडभन्दा ३ अंकले र शिर्ष स्थानमा रहेको रियल म्याड्रिडभन्दा ७ अंकले पछाडी रहेको छ ।

 

सम्बन्धित खबर

प्रेम सप्ताहको शुरुवात: आज ‘रोज डे’, गुलाबका रंगहरूको अर्थ

प्रेम सप्ताहको शुरुवात: आज ‘रोज डे’, गुलाबका रंगहरूको अर्थ

आजबाट प्रेम सप्ताह (भ्यालेन्टाइन विक) सुरु भएको छ, जसलाई प्रेमिल जोडीहरूले एक अर्कासँग प्रेम व्यक्त गर्ने अवसरको रूपमा मनाउने गर्दछन्। फेब्रुअरी…
माैसमी पुर्वानुमान : तराईमा हुस्सु, अन्य स्थानमा मौसम सफा रहने

माैसमी पुर्वानुमान : तराईमा हुस्सु, अन्य स्थानमा मौसम सफा…

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ। यसका कारण सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक…
चौकुने गाउँपालिकामा पालिका खोप समन्वय समिति र सरोकारवालाहरुको अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

चौकुने गाउँपालिकामा पालिका खोप समन्वय समिति र सरोकारवालाहरुको अभिमुखिकरण…

सुर्खेत जिल्लाको चौकुने गाउँपालिकामा खोप समन्वय समिति, महिला स्वयंसेवी समूह (म.स्वा.से.), र विद्यालय शिक्षकहरूलाई एच.पी.भि. (HPV) खोप अभियान २०८१ बारे अभिमुखिकरण…

Leave a Reply

Your email address will not be published. Required fields are marked *