• माघ १४, २०८१
  • No Comment
  • 15

आजको मौसम: तराईका अधिकांश भू-भागमा हुस्सु र कुहिरो, कस्तो रहला अन्य भु-भागमा ?

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार अहिले देशको पश्चिमी भू–भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । महाशाखाका अनुसार गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज पनि तराईका अधिकांश भूभागमा हुस्सु र कुहिरो लागेको छ । तराईमा बाक्लो कुहिरो लागेका कारण पूर्व पश्चिम राजमार्गमा गुड्ने सवारी साधनहरुलाई कम भिजिविलिटीका कारण आवागमन मै समस्या परेको छ ।

आज दिउँसो भने कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । आज राति कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।

 

कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । त्यसका साथै तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

सम्बन्धित खबर

प्रेम सप्ताहको शुरुवात: आज ‘रोज डे’, गुलाबका रंगहरूको अर्थ

प्रेम सप्ताहको शुरुवात: आज ‘रोज डे’, गुलाबका रंगहरूको अर्थ

आजबाट प्रेम सप्ताह (भ्यालेन्टाइन विक) सुरु भएको छ, जसलाई प्रेमिल जोडीहरूले एक अर्कासँग प्रेम व्यक्त गर्ने अवसरको रूपमा मनाउने गर्दछन्। फेब्रुअरी…
माैसमी पुर्वानुमान : तराईमा हुस्सु, अन्य स्थानमा मौसम सफा रहने

माैसमी पुर्वानुमान : तराईमा हुस्सु, अन्य स्थानमा मौसम सफा…

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ। यसका कारण सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक…
चौकुने गाउँपालिकामा पालिका खोप समन्वय समिति र सरोकारवालाहरुको अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

चौकुने गाउँपालिकामा पालिका खोप समन्वय समिति र सरोकारवालाहरुको अभिमुखिकरण…

सुर्खेत जिल्लाको चौकुने गाउँपालिकामा खोप समन्वय समिति, महिला स्वयंसेवी समूह (म.स्वा.से.), र विद्यालय शिक्षकहरूलाई एच.पी.भि. (HPV) खोप अभियान २०८१ बारे अभिमुखिकरण…

Leave a Reply

Your email address will not be published. Required fields are marked *