• माघ १३, २०८१
  • No Comment
  • 57

अछामको ढकारीमा बाख्रा चराउन जंगल गएका दुई किशोरी मृत फेला

अछामको ढकारी गाउँपालिका–८ घोडासैनमा बाख्रा चराउन जंगल गएका २ जना किशोरी मृत फेला परेका छन् । गाउँपालिकाको वडा नम्बर १ मा रहेको छिन्ने जंगलमा १४ वर्षीया सरस्वती खड्का र ईश्वरी खड्काको शव फेला परेको अछामका प्रहरी प्रमुख डीएसपी ईश्वरीप्रसाद भण्डारीले बताए । मृतक किशोरी एकै घरका फुपू, भदै नाता पर्ने उनले बताए ।

प्रहरी प्रमुख भण्डारीका अनुसार सरस्वती र ईश्वरी शुक्रबार गाईवस्तु चराउन सँगै जंगल गएका थिए ।

शनिबार आफन्त तथा गाउँले किशोरीको खोजीमा निस्किदा शव फेला पारेको भन्दै प्रहरीलाई खबर पुगेको थियो । शनिबार पनि साँझ ६ बजेपछि मात्रै शव फेला परेको खबर हामीले पाएका हौं । किशोरी हराएको र खोज्नु पर्ने खबर हामीलाई यसअघि आएको थिएन,’ प्रहरी प्रमुख भण्डारीले भने, ‘आज रातिको समय भएकाले घटनास्थलको सुरक्षा मात्रै गर्न सकिने अवस्था छ ।

यसका लागि आवश्यक प्रहरी घटनास्थल पठाइएको छ । आइतबार बिहानै प्रमुख जिल्ला अधिकारीसहितको टोली घटनास्थलमा जान्छौं ।’ घटना घट्नुको कारण नखुलेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

आज तराई–मधेशमा होली पर्व , सार्वजनिक बिदा

आज तराई–मधेशमा होली पर्व , सार्वजनिक बिदा

रंगहरूको पर्व होली आज तराई–मधेशमा हर्षोल्लासपूर्वक मनाइँदै छ। हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार…
देशका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

देशका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

हाल देशभर पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया…
पीएम कप : कर्णालीविरुद्ध आर्मीको फराकिलो जित

पीएम कप : कर्णालीविरुद्ध आर्मीको फराकिलो जित

पीएम कप एकदिवसीय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले लगातार तेस्रो जित दर्ता गरेको छ। बिहीबार सम्पन्न खेलमा आर्मीले कर्णाली प्रदेशलाई १२७…

Leave a Reply

Your email address will not be published. Required fields are marked *