• माघ १३, २०८१
  • No Comment
  • 220

अछामको ढकारीमा बाख्रा चराउन जंगल गएका दुई किशोरी मृत फेला

अछामको ढकारी गाउँपालिका–८ घोडासैनमा बाख्रा चराउन जंगल गएका २ जना किशोरी मृत फेला परेका छन् । गाउँपालिकाको वडा नम्बर १ मा रहेको छिन्ने जंगलमा १४ वर्षीया सरस्वती खड्का र ईश्वरी खड्काको शव फेला परेको अछामका प्रहरी प्रमुख डीएसपी ईश्वरीप्रसाद भण्डारीले बताए । मृतक किशोरी एकै घरका फुपू, भदै नाता पर्ने उनले बताए ।

प्रहरी प्रमुख भण्डारीका अनुसार सरस्वती र ईश्वरी शुक्रबार गाईवस्तु चराउन सँगै जंगल गएका थिए ।

शनिबार आफन्त तथा गाउँले किशोरीको खोजीमा निस्किदा शव फेला पारेको भन्दै प्रहरीलाई खबर पुगेको थियो । शनिबार पनि साँझ ६ बजेपछि मात्रै शव फेला परेको खबर हामीले पाएका हौं । किशोरी हराएको र खोज्नु पर्ने खबर हामीलाई यसअघि आएको थिएन,’ प्रहरी प्रमुख भण्डारीले भने, ‘आज रातिको समय भएकाले घटनास्थलको सुरक्षा मात्रै गर्न सकिने अवस्था छ ।

यसका लागि आवश्यक प्रहरी घटनास्थल पठाइएको छ । आइतबार बिहानै प्रमुख जिल्ला अधिकारीसहितको टोली घटनास्थलमा जान्छौं ।’ घटना घट्नुको कारण नखुलेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

जाजरकोटमा ब्राउन सुगरसहित चार युवक पक्राउ

जाजरकोटमा ब्राउन सुगरसहित चार युवक पक्राउ

जाजरकोट । मा लागू औषध ब्राउन सुगरसहित चार जना युवालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले उनीहरूलाई शिवालय गाउँपालिका–१ स्थित छेडाचौर बजारबाट…
भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमबासीको परीक्षण सुरु

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमबासीको परीक्षण सुरु

 काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले वास्तविक सुकुम्वासीको पहिचान गर्न भू-अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत परीक्षण प्रक्रिया सुरु गरेको…
लुम्बिनीका पहाडी क्षेत्रमा भारी वर्षा, देशभर हावाहुरी र असिनाको जोखिम

लुम्बिनीका पहाडी क्षेत्रमा भारी वर्षा, देशभर हावाहुरी र असिनाको…

 काठमाडौं — देशभर मौसममा बदली भएसँगै विभिन्न स्थानमा वर्षा, हावाहुरी तथा असिनाको जोखिम बढेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत…

Leave a Reply

Your email address will not be published. Required fields are marked *