• माघ १२, २०८१
  • No Comment
  • 65

गुल्मीमा १ जना महिला मृत फेला

गुल्मीमा शनिबार एक जना महिला मृत फेला परेको प्रहरीले जनाएको छ । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ४ अर्खाबाङको पिस पार्क नजिकै महिला मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

मृत फेला पर्नेमा सोही गाउँपालिकाको वडा नम्बर ८ डक्सुमारे माइती घरमा विगत सात वर्षदेखि बस्दै आउनुभएको अन्दाजी ४० वर्षीया गीता अर्याल रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दहालले जानकारी दिए ।

निजले विगत देखिनै अत्याधिक मदिरा सेवन गर्दै आउने गरेको स्थानीयले बताएको र घटनाबारे थप अनुसन्धान जारी रहेको दहालले बताए ।

सम्बन्धित खबर

चौरजहारी नगरपालिकाद्वारा विभिन्न विधामा २२ जना व्यक्तित्व र ३ संस्था सम्मानित

चौरजहारी नगरपालिकाद्वारा विभिन्न विधामा २२ जना व्यक्तित्व र ३…

उपशीर्षक: जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थीदेखि किसान र पत्रकारसम्म पुरस्कृत  रुकुम पश्चिम। रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले आफ्नो नगरसभाको अवसरमा विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान…
नियमित प्याज खाँदा शरीरलाई हुन्छ फाइदै फाइदा

नियमित प्याज खाँदा शरीरलाई हुन्छ फाइदै फाइदा

काठमाडौँ। हामीले दैनिक जीवनमा प्याजको प्रयोग गरिरहेका हुन्छौँ । तरकारीमा स्वादको लागि प्रयोग हुने प्याज स्वास्थ्यका लागि पनि उत्तिकै लाभदायक छ…
जाजरकोटमा सुतिरहेकी बालिकालाई सर्पले टोकेर मृत्यु

जाजरकोटमा सुतिरहेकी बालिकालाई सर्पले टोकेर मृत्यु

जाजरकोट। जाजरकोटमा सर्पको टोकाइबाट एक बालिकाको ज्यान गएको छ। भेरी नगरपालिका-६, गंगटियाकी ८ वर्षीया बालिका दिक्षा शाहीको उपचारका क्रममा मृत्यु भएको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *