• माघ ११, २०८१
  • No Comment
  • 15

९ वर्षीया बालिकालाई करणीकाे प्रयास गरेकाे आराेप ५५ वर्षीय पुरुष पक्राउ

नाबालिकालाई करणीको प्रयास गरेको भन्दै हेटौंडाबाट प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ मा बालिकामाथि करणीको प्रयास गरेको भन्दै ५५ वर्षीय एक जना पुरुषलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो।

पीडित पक्षको जाहेरीका आधारमा हेटौंडा–९ का स्थानीय रहेका पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए। ती पुरुषविरुद्ध पीडितका परिवारले बिहीबार प्रहरीमा जाहेरी दिएको उनले बताए।

जाहेरी अनुसार हेटौंडा ९ प्रगति टोलका ५५ वर्षीय पुरुषले ९ वर्षीया बालिकालाई जबरजस्ती करणीको प्रयास गरेको परिवारको दाबी छ। उनले घटनाको बारेमा अनुसन्धान थालिसकिएको बताए।

व्यक्तिगत गोपनीयता र अनुसन्धान प्रभावित नहोस् भन्ने उद्देश्यले जाहेरी परेको व्यक्तिको बारेमा तत्काल गोपनीयता कायम गरिएको उनको भनाई छ ।

सम्बन्धित खबर

कपाल झर्ने समस्याका कारण र समाधानहरू हेर्नुहाेस

कपाल झर्ने समस्याका कारण र समाधानहरू हेर्नुहाेस

पछिल्लाे समय मानिसहरूकाे कपाल झर्ने समस्या बढ्दाे क्रममा छ । सही जीवनशैली र हानिकारक बानीहरूको परिहार गर्नाले कपालको स्वास्थ्यमा ठूलो प्रभाव…
भायानेट कम्यूनिकेशनले गर्याे न्यानाे कपडा बितरण

भायानेट कम्यूनिकेशनले गर्याे न्यानाे कपडा बितरण

भायानेट कम्युनिकेसनले कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरेको छ । आयोजित सहयोग कार्यक्रममा भायानेट कम्युनिकेसनले…
सहकारी ठगी मुद्दामा रवि लामिछानेविरुद्ध तीन जिल्लाका सरकारी वकिलहरूको बहस

सहकारी ठगी मुद्दामा रवि लामिछानेविरुद्ध तीन जिल्लाका सरकारी वकिलहरूको…

चितवनको साहारा सहकारी ठगी प्रकरणमा चितवन प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको बहसलाई थप बलियो बनाउन छिमेकी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *