• माघ ११, २०८१
  • No Comment
  • 88

महाभारतको जंगलमा हेलिकोप्टरद्धारा आगो निभाइँदै

गत मंगलबार दिउँसो २ बजेबाट काभ्रेको खानीखोला र बेथानचोक गाउँपालिकाको सिमानामा पर्ने महाभारत जंगलमा लागेको आगो आज हेलिकोप्टरबाट निभाउन थालिएको छ ।

आगलागी भएको चार दिनसम्म पनि यहाँको डढेलो नियन्त्रणमा आउन सकेको छैन ।

बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीका अनुसार शुक्रबार दिउँसोबाट हेलिकोप्टरमार्फत् पानी लगेर खन्याएर आगो नियन्त्रणको प्रयास भइरहेको छ ।

बेथानचोककै वडा नम्बर २ मा पर्ने गुवाभन्ज्याङस्थित पार्कमा बनाइएको पाखेरीबाट पानी लिएर हेलिकोप्टरले आगलागी भएको स्थानमा खन्याउन थालेको हो ।

 

सिम्रिक एयरको हेलिकोप्टरबाट आगलागी नियन्त्रणका लागि पानी खन्याउने काम भइरहेको अध्यक्ष अधिकारीले बताए ।

वन्यजन्तु र जडिबुटीका लागि प्रख्यात मानिने यस जंगलको एक सय हेक्टरभन्दा बढी भू–भाग आगलागीबाट सखाप भइसकेको छ ।

सम्बन्धित खबर

१७ वर्षे नाबालिगले सौतेनी आमासँग विवाह गरेपछि …… 

१७ वर्षे नाबालिगले सौतेनी आमासँग विवाह गरेपछि …… 

हरियाणा । नाबालिग छोराले आफ्नै सौतेनी आमासँग भागेर विवाह गरेपछि हरियाणाको नुह जिल्लामा सनसनी फैलिएको छ। सम्बन्धलाई लज्जास्पद बनाउने यो घटनाले…
जाजरकोटका वन अधिकृतमाथि कुटपिट गर्ने मुख्य अभियुक्त पक्राउ

जाजरकोटका वन अधिकृतमाथि कुटपिट गर्ने मुख्य अभियुक्त पक्राउ

जाजरकोट  । जिल्ला वन अधिकृतमाथि कुटपिट तथा कार्यालय तोडफोडको घटनामा संलग्न एक जना फरार अभियुक्तलाई जाजरकोट प्रहरीले पक्राउ गरेको छ। जिल्ला…
विदेश भ्रमणका लागि डलर सीमा ३ हजारमा वृद्धि

विदेश भ्रमणका लागि डलर सीमा ३ हजारमा वृद्धि

 अब विदेश भ्रमणमा जाने नेपालीले अधिकतम ३ हजार अमेरिकी डलरसम्म लैजान सक्ने भएका छन्। नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा विनिमयको सीमा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *