• माघ १०, २०८१
  • No Comment
  • 132

बलात्कार आरोपमा एमाले नेता महरविरुद्ध पक्राउ पूर्जी जारी

नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जबर्जस्ती करणीको मुद्धामा उच्च अदालत पाटनले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

पीडित महिला रश्मिलाकुमारी धामीको मुद्धामा सुनुवाई गर्दै उच्च अदालतका न्यायाधीश ब्रजेशकुमार प्याकुरेल र कृष्णराम कोइरालाको इजलासले महरलाई पक्राउ गर्न पुर्जीसहितको आदेश दिएको हो ।

उनको पक्षमा अधिवक्ता सुरेन्द्र भण्डारी, इन्द्र अर्याल र अञ्जना अर्यालले बहस गरेका थिए । महरले आफूमाथि पटकपटक यौन शोषण गरेको ती महिलाको आरोप छ ।

यसअघि जबरजस्ती करणीको जाहेरी दिए पनि प्रहरीले दर्ता गर्न नमानेपछि उनी सरकारी वकिल कार्यालयमा पुगेकी थिइन् ।तर जिल्ला सरकारी वकिल कार्यालयले जाहेरी तामेलीमा राख्ने निर्णय गरेपछि धामी महरलाई पक्राउ गरी अनुसन्धान माग गर्दै उच्च अदालत पाटन पुगेकी थिइन् ।

 

सम्बन्धित खबर

आधारभुत स्वास्थ्य केन्द्र चौकुने–६ साल्मको नवनिर्मित भवन उद्घाटन सम्पन्न

आधारभुत स्वास्थ्य केन्द्र चौकुने–६ साल्मको नवनिर्मित भवन उद्घाटन सम्पन्न

सुर्खेत। चौकुने गाउँपालिका वडा नं. ६ स्थित आधारभुत स्वास्थ्य केन्द्र साल्मको नवनिर्मित भवन विधिवत् रूपमा उद्घाटन गरिएको छ। वडा नं. ६…
यस्ता व्यक्तिले आजैबाट खान छोड्नुस मासु ,नत्र हुन सक्छ यस्तो

यस्ता व्यक्तिले आजैबाट खान छोड्नुस मासु ,नत्र हुन सक्छ…

काठमाडौँ — चिकित्सकहरूले केही दीर्घरोग भएका व्यक्तिलाई मासु सेवनमा विशेष सावधानी अपनाउन सुझाव दिएका छन्। अत्यधिक मासु, चिल्लो, नुन, गुलियो पदार्थ,…
भूमिहीन सुकुम्बासीमाथिको ज्यादती बन्द गर्न मुख्यमन्त्री कँडेलको आग्रह

भूमिहीन सुकुम्बासीमाथिको ज्यादती बन्द गर्न मुख्यमन्त्री कँडेलको आग्रह

सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल ले सरकारी जग्गा खाली गराउने नाममा भूमिहीन सुकुम्बासीमाथि भइरहेको ज्यादती बन्द गर्न सरकारसँग आग्रह…

Leave a Reply

Your email address will not be published. Required fields are marked *