- माघ ९, २०८१
- No Comment
- 26
के लिभरका बिरामीले बदाम खानु फाइदाजनक छ ?

बदामलाई एउटा स्वस्थ खानेकुरा मानिन्छ । बदाममा प्रोटिन, फाइबर र हेल्दि फ्याट अधिक मात्रामा पाइन्छ । तर के तपाईँलाई थाहा छ, बदाम बढी मात्रामा सेवन गर्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ भन्ने कुरा ? अझ लिभरका बिरामीले बदालको अत्यधिक सेवनबाट सधैं बच्नु पर्छ ।
बदाममा एफ्लाटक्सिन नामक एक विषाक्त पदार्थ पाइन्छ । यसमा एक प्रकारको ढुसि हुन्छ, जुन धेरैजसो बदाम वा अन्य ड्राई फुड्समा भेटिन्छ । एफ्लाटाक्सिनले लिभरलाई नोक्सान गर्ने र लिभर क्यान्सरको खतरा बढाउँछ ।