• माघ ९, २०८१
  • No Comment
  • 59

जाडो माैसममा बिहानको घामको फाइदा

जाडोमा घाम ताप्न कसलाई मन पर्दैन । यसले शरीर तातो त हुन्छ नै साथमा जाडोमा बिहानको घाम ताप्नुका धेरै फाइदा पनि छन् । आउनुहोस् जाडोमा कति घाम ताप्नुपर्छ र यसका के फाइदा छन् भन्नेबारे जानौं ।

भरपूर मात्रामा फाइदा लिनका लागि हप्तामा कम्तीमा ३ देखि ४ पटक घाममा बस्नु पर्दछ । यस्तोमा तपाईं बिहान वा साँझको हल्का घाममा कम्तीमा २० मिनेट बस्नुहोस् । यो हल्का घाममा बस्नाले शरीरलाई धेरै फाइदा हुन्छ ।

जो व्यक्तिले प्राकृतिक तरिकाले नै भिटामिन डीको कमी पूरा गर्न चाहन्छन् उनीहरु पनि घाममा बस्नु पर्दछ । यदि शरीरमा भिटामिन डी को मात्रा पर्याप्त छ भने हड्डीले क्याल्सियमलाई राम्रोसँग अब्जर्ब गर्न सक्छ ।

जाडोमा घाममा बस्दा शरीरको रोग प्रतिरोधात्मक क्षमता पनि बलियो हुन्छ । केहीबेर घाममा बस्नाले शरीरमा सेता रक्तकोषिकाको उत्पादन बढ्छ । यसले शरीरलाई थुप्रै समस्याबाट बचाउन सहयोग गर्छ ।

त्यस्तै जाडोमा घाम ताप्दा शरीरमा रगत पनि सफा हुन्छ । जसले गर्दा कयौं प्रकारका फंगल इन्फेक्शन, एग्जिमा, सोरायसिस जस्ता छाला सम्बन्धी समस्याबाट पनि बच्न सकिन्छ । यसबाहेक शरीरको रक्तचाप पनि सही रहन्छ ।

घाममा बस्नाले शरीरमा मेलाटोनिन हर्मोनको उत्पादन बढ्छ । यो हर्मोनले मानसिक तनावलाई भगाउन सहयोग गर्छ । जसले गर्दा निद्राको गुणात्मकता बढ्छ र राम्रो निद्रा आउँछ ।

सम्बन्धित खबर

धेरै गुणहरूले भरिपूर्ण नियमित गाजँर खानुहाेस्, १० फाइदा लिनुहाेस्

धेरै गुणहरूले भरिपूर्ण नियमित गाजँर खानुहाेस्, १० फाइदा लिनुहाेस्

काठमाडौँ।  पोषणतत्त्वले भरिएको गाजर केवल स्वादिलो मात्र होइन, स्वास्थ्यका लागि पनि अत्यन्तै लाभदायक मानिन्छ। प्रोटिन, भिटामिन र मिनरल्सको राम्रो स्रोतको खोजीमा…
यी चिया बिहान पिउनुहोस्, देखिनुहोस् सधैँ जवान!

यी चिया बिहान पिउनुहोस्, देखिनुहोस् सधैँ जवान!

काठमाडौँ ।बिहानको सुरुवात ऊर्जाशील र ताजगीपूर्ण बनाएर दिनभर सक्रिय रहन चाहनुहुन्छ भने अबदेखि कफी होइन, स्वास्थ्यवर्द्धक चियाहरूको विकल्प रोज्नुहोस्। स्वास्थ्य विशेषज्ञहरूका…
चौकुनेमा 7 ‘A’ साइट खुल्ला फुटबल प्रतियोगिता सम्पन्न

चौकुनेमा 7 ‘A’ साइट खुल्ला फुटबल प्रतियोगिता सम्पन्न

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका वडा नं ६ श्री जिवन ज्योति मा विको प्राङ्गणमा 7 ‘A’ साइड खुल्ला फुटबल प्रतियोगिता सम्पन्न भएको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *