• माघ ९, २०८१
  • No Comment
  • 163

जाडो माैसममा बिहानको घामको फाइदा

जाडोमा घाम ताप्न कसलाई मन पर्दैन । यसले शरीर तातो त हुन्छ नै साथमा जाडोमा बिहानको घाम ताप्नुका धेरै फाइदा पनि छन् । आउनुहोस् जाडोमा कति घाम ताप्नुपर्छ र यसका के फाइदा छन् भन्नेबारे जानौं ।

भरपूर मात्रामा फाइदा लिनका लागि हप्तामा कम्तीमा ३ देखि ४ पटक घाममा बस्नु पर्दछ । यस्तोमा तपाईं बिहान वा साँझको हल्का घाममा कम्तीमा २० मिनेट बस्नुहोस् । यो हल्का घाममा बस्नाले शरीरलाई धेरै फाइदा हुन्छ ।

जो व्यक्तिले प्राकृतिक तरिकाले नै भिटामिन डीको कमी पूरा गर्न चाहन्छन् उनीहरु पनि घाममा बस्नु पर्दछ । यदि शरीरमा भिटामिन डी को मात्रा पर्याप्त छ भने हड्डीले क्याल्सियमलाई राम्रोसँग अब्जर्ब गर्न सक्छ ।

जाडोमा घाममा बस्दा शरीरको रोग प्रतिरोधात्मक क्षमता पनि बलियो हुन्छ । केहीबेर घाममा बस्नाले शरीरमा सेता रक्तकोषिकाको उत्पादन बढ्छ । यसले शरीरलाई थुप्रै समस्याबाट बचाउन सहयोग गर्छ ।

त्यस्तै जाडोमा घाम ताप्दा शरीरमा रगत पनि सफा हुन्छ । जसले गर्दा कयौं प्रकारका फंगल इन्फेक्शन, एग्जिमा, सोरायसिस जस्ता छाला सम्बन्धी समस्याबाट पनि बच्न सकिन्छ । यसबाहेक शरीरको रक्तचाप पनि सही रहन्छ ।

घाममा बस्नाले शरीरमा मेलाटोनिन हर्मोनको उत्पादन बढ्छ । यो हर्मोनले मानसिक तनावलाई भगाउन सहयोग गर्छ । जसले गर्दा निद्राको गुणात्मकता बढ्छ र राम्रो निद्रा आउँछ ।

सम्बन्धित खबर

आज मातातीर्थ औंशी, आमाको मुख हेर्ने दिन

आज मातातीर्थ औंशी, आमाको मुख हेर्ने दिन

 काठमाडौं । आज वैशाख कृष्ण औँसीका अवसरमा देशभर मातातीर्थ औँसी, अर्थात् आमाको मुख हेर्ने दिन श्रद्धा र सम्मानका साथ मनाइँदैछ। यस…
जाजरकोटमा बेवारिसे पुरुषको शव फेला 

जाजरकोटमा बेवारिसे पुरुषको शव फेला 

जाजरकोट, ३ वैशाख । जाजरकोट जिल्ला को छेडागाड नगरपालिका मा एक पुरुषको बेवारिसे शव फेला परेको छ ।  बिहिबार बिहान वडा…
सेवा प्रवाहमा नयाँ अभ्यासः राहदानी र सवारी चालक अनुमतिपत्र अब नागरिकका घरदैलोमा

सेवा प्रवाहमा नयाँ अभ्यासः राहदानी र सवारी चालक अनुमतिपत्र…

 काठमाडौँ, ३ वैशाख । सरकारले सेवा प्रवाहलाई नागरिकको घरदैलोमा पु¥याउने लक्ष्यसहित राहदानी र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) घरमै वितरण गर्ने नयाँ अभ्यास…

Leave a Reply

Your email address will not be published. Required fields are marked *