• माघ ८, २०८१
  • No Comment
  • 71

डोटीमा जिप दुर्घटना: २ जना घाइते

डोटीको बोगटान फुड्सिल गाउँपालिका–३ धुलाचौरस्थित भित्री सडक खण्डमा गएराति करिब ९ः४५ बजे बोलेरो जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। दिपायलबाट कानाचौरतर्फ जाँदै गरेको से १ ज ८३८ नम्बरको बोलेरो जिप ब्रेक फेल भएर सडकबाट करिब २० मिटर तल खसेको थियो ।

दुर्घटनामा परि बोगटान फुड्सिल गाउँपालिका–३ कानाचौर निवासी ३० वर्षीया ज्ञानकुमारी बोहरा र सप्तरी कंकाली नगरपालिका–४ निवासी २४ वर्षीया काजल मण्डल घाइते भएका छन् । ज्ञानकुमारी बोहराको दायाँ आँखा, टाउको र दायाँ हातमा चोट लागेको छ भने काजल मण्डलको दुवै खुट्टा र घाँटीमा चोट लागेको छ । दुवैको अवस्था मध्यम रहेको बताइएको छ ।

घाइतेहरूलाई स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि धनगढी रेफर गरिएको छ। जोरायल डोटी घर भएका बोलेरोका चालक अर्जुन मल्ल सामान्य घाइते भएका छन् र उनको पनि उपचार भइरहेको छ ।

सम्बन्धित खबर

चौरजहारी नगरपालिकाद्वारा विभिन्न विधामा २२ जना व्यक्तित्व र ३ संस्था सम्मानित

चौरजहारी नगरपालिकाद्वारा विभिन्न विधामा २२ जना व्यक्तित्व र ३…

उपशीर्षक: जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थीदेखि किसान र पत्रकारसम्म पुरस्कृत  रुकुम पश्चिम। रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले आफ्नो नगरसभाको अवसरमा विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान…
नियमित प्याज खाँदा शरीरलाई हुन्छ फाइदै फाइदा

नियमित प्याज खाँदा शरीरलाई हुन्छ फाइदै फाइदा

काठमाडौँ। हामीले दैनिक जीवनमा प्याजको प्रयोग गरिरहेका हुन्छौँ । तरकारीमा स्वादको लागि प्रयोग हुने प्याज स्वास्थ्यका लागि पनि उत्तिकै लाभदायक छ…
जाजरकोटमा सुतिरहेकी बालिकालाई सर्पले टोकेर मृत्यु

जाजरकोटमा सुतिरहेकी बालिकालाई सर्पले टोकेर मृत्यु

जाजरकोट। जाजरकोटमा सर्पको टोकाइबाट एक बालिकाको ज्यान गएको छ। भेरी नगरपालिका-६, गंगटियाकी ८ वर्षीया बालिका दिक्षा शाहीको उपचारका क्रममा मृत्यु भएको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *