• माघ ७, २०८१
  • No Comment
  • 138

यु–१९ महिला विश्वकप क्रिकेट : स्कटल्याण्डसँग नेपाल पराजित

यु–१९ महिला विश्वकप क्रिकेटमा नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ। मलेसियामा जारी आइसिसी यु–१९ महिला टी–२० विश्वकपमा नेपाल स्कटल्याण्डसँग १ विकेटले पराजित भएको हो।

यसअघि नेपाल पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो। लगातार पराजयका कारण नेपालको ‘सुपर सिक्स’ प्रवेशको सम्भावना कमजोर बनेको छ।

आजको खेलमा टस जितेर ब्याटिङ रोजेको नेपालले १८ ओभर ५ बलमा सबै विकेट गुमाउँदै ७३ रनमै सीमित भयो। कप्तान पूजा महतोले सर्वाधिक २७ रन, सावित्री धामीले १० रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

स्कटल्याण्डका लागि मैसी म्याकिराले ५, अमी बलडाइ र नइमा शेखले समान २–२ तथा क्रिस्टी म्यायाकोलले १ विकेट लिए।

स्कटल्याण्डले पाएको ७४ रनको लक्ष्य १८ ओभर ४ बल खेल्दै ९ विकेट गुमाएर पूरा गर्यो। स्कटल्याण्डका लागि पिप्पा स्प्रोलले ३५ रन जोडिन् । ग्रावियल फन्टेलाले १२ रन बनाइन् भने अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

नेपालका लागि रचना चौधरी र सिमाना केसीले समान २–२ तथा पूजा महतो र कृष्मा गुरुङले समान १–१ विकेट लिए।

सम्बन्धित खबर

आधारभुत स्वास्थ्य केन्द्र चौकुने–६ साल्मको नवनिर्मित भवन उद्घाटन सम्पन्न

आधारभुत स्वास्थ्य केन्द्र चौकुने–६ साल्मको नवनिर्मित भवन उद्घाटन सम्पन्न

सुर्खेत। चौकुने गाउँपालिका वडा नं. ६ स्थित आधारभुत स्वास्थ्य केन्द्र साल्मको नवनिर्मित भवन विधिवत् रूपमा उद्घाटन गरिएको छ। वडा नं. ६…
यस्ता व्यक्तिले आजैबाट खान छोड्नुस मासु ,नत्र हुन सक्छ यस्तो

यस्ता व्यक्तिले आजैबाट खान छोड्नुस मासु ,नत्र हुन सक्छ…

काठमाडौँ — चिकित्सकहरूले केही दीर्घरोग भएका व्यक्तिलाई मासु सेवनमा विशेष सावधानी अपनाउन सुझाव दिएका छन्। अत्यधिक मासु, चिल्लो, नुन, गुलियो पदार्थ,…
भूमिहीन सुकुम्बासीमाथिको ज्यादती बन्द गर्न मुख्यमन्त्री कँडेलको आग्रह

भूमिहीन सुकुम्बासीमाथिको ज्यादती बन्द गर्न मुख्यमन्त्री कँडेलको आग्रह

सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल ले सरकारी जग्गा खाली गराउने नाममा भूमिहीन सुकुम्बासीमाथि भइरहेको ज्यादती बन्द गर्न सरकारसँग आग्रह…

Leave a Reply

Your email address will not be published. Required fields are marked *