• माघ ७, २०८१
  • No Comment
  • 75

यु–१९ महिला विश्वकप क्रिकेट : स्कटल्याण्डसँग नेपाल पराजित

यु–१९ महिला विश्वकप क्रिकेटमा नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ। मलेसियामा जारी आइसिसी यु–१९ महिला टी–२० विश्वकपमा नेपाल स्कटल्याण्डसँग १ विकेटले पराजित भएको हो।

यसअघि नेपाल पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो। लगातार पराजयका कारण नेपालको ‘सुपर सिक्स’ प्रवेशको सम्भावना कमजोर बनेको छ।

आजको खेलमा टस जितेर ब्याटिङ रोजेको नेपालले १८ ओभर ५ बलमा सबै विकेट गुमाउँदै ७३ रनमै सीमित भयो। कप्तान पूजा महतोले सर्वाधिक २७ रन, सावित्री धामीले १० रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

स्कटल्याण्डका लागि मैसी म्याकिराले ५, अमी बलडाइ र नइमा शेखले समान २–२ तथा क्रिस्टी म्यायाकोलले १ विकेट लिए।

स्कटल्याण्डले पाएको ७४ रनको लक्ष्य १८ ओभर ४ बल खेल्दै ९ विकेट गुमाएर पूरा गर्यो। स्कटल्याण्डका लागि पिप्पा स्प्रोलले ३५ रन जोडिन् । ग्रावियल फन्टेलाले १२ रन बनाइन् भने अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

नेपालका लागि रचना चौधरी र सिमाना केसीले समान २–२ तथा पूजा महतो र कृष्मा गुरुङले समान १–१ विकेट लिए।

सम्बन्धित खबर

चौरजहारी नगरपालिकाद्वारा विभिन्न विधामा २२ जना व्यक्तित्व र ३ संस्था सम्मानित

चौरजहारी नगरपालिकाद्वारा विभिन्न विधामा २२ जना व्यक्तित्व र ३…

उपशीर्षक: जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थीदेखि किसान र पत्रकारसम्म पुरस्कृत  रुकुम पश्चिम। रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले आफ्नो नगरसभाको अवसरमा विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान…
नियमित प्याज खाँदा शरीरलाई हुन्छ फाइदै फाइदा

नियमित प्याज खाँदा शरीरलाई हुन्छ फाइदै फाइदा

काठमाडौँ। हामीले दैनिक जीवनमा प्याजको प्रयोग गरिरहेका हुन्छौँ । तरकारीमा स्वादको लागि प्रयोग हुने प्याज स्वास्थ्यका लागि पनि उत्तिकै लाभदायक छ…
जाजरकोटमा सुतिरहेकी बालिकालाई सर्पले टोकेर मृत्यु

जाजरकोटमा सुतिरहेकी बालिकालाई सर्पले टोकेर मृत्यु

जाजरकोट। जाजरकोटमा सर्पको टोकाइबाट एक बालिकाको ज्यान गएको छ। भेरी नगरपालिका-६, गंगटियाकी ८ वर्षीया बालिका दिक्षा शाहीको उपचारका क्रममा मृत्यु भएको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *