• माघ ७, २०८१
  • No Comment
  • 115

स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, २ जना घाइते

सिराहाको लाहानमा स्कुल बसको ठक्करले उदयपुरका एक पुरुषको निधन भएको छ। लाहान बजारमा आइतबार साँझ प्र २–००–००१ नम्बरको बसले ठक्कर दिँदा गम्भीर घाइते भएका त्रियुगा नगरपालिका ५ देउरीका ४२ वर्षीय योगेन्द्र भन्ने किरण थापाको उपचारका क्रममा निधन भएको हो।

सिरहाको मिर्चैयाबाट बा १८ प ८३२५ नम्बरको मोटरसाइकलमा श्रीमती र छोरीसहित उदयपुर देउरी घरतर्फ आउँदै गरेका थापालाई लहान नगरपालिका १२ स्थित बाटिका होस्टेल अगाडि विद्याश्रम स्कुलको बसले ठक्कर दिएको थियो। दुर्घटनामा परी गम्भीर घाइते थापालाई तत्काल हेलिकोप्टरमार्फत काठमाडौँ मेडिसिटी अस्पतालमा लगिएकोमा उपचारकै क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

दुर्घटनामा परी थापाकी पत्नी सुधा घिमिरे र छोरी शैलजा पनि घाइते भएका छन्। छोरी शैलजाको अवस्था गम्भीर रहेकाले मेडिसिटी अस्पतालकै भेन्टिलेटरमा राखिएको छ। सुधाको अवस्था भने सामान्य रहेको पारिवारिक स्रोतले जनाएको छ।

मिर्चैयास्थित स्वस्तिका बोर्डिङका कर्मचारी थापा परिवारसहित घर आउने क्रममा हुस्सुका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। दुर्घटनामा संलग्न बस र चालक दिपेशकुमार चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय लाहानका प्रमुख डिएसपी विष्णुप्रसाद सोतीले बताएका छन्।

सम्बन्धित खबर

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध उजुरी

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध उजुरी

काठमाडौं — राष्ट्रिय युवा सङ्घ नेपालले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको छ। सङ्घले मेयर साहले…
सुर्खेतमा लागुऔषधसहित दुई जना पक्राउ

सुर्खेतमा लागुऔषधसहित दुई जना पक्राउ

सुर्खेत । वीरेन्द्रनगरमा ब्राउनसुगरसहित दुई जनालाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ। बिहीबार बिहान करिब १० बजे वीरेन्द्रनगर नगरपालिका–३ मा लागुऔषध कारोवार…
कर्णाली याक्स जर्सी रिलिज तातोपानी ज्यूल्ले पाटनमा सम्पन्न

कर्णाली याक्स जर्सी रिलिज तातोपानी ज्यूल्ले पाटनमा सम्पन्न

जुम्ला । कर्णालीको गौरव पर्वत, संस्कृति र खेलको संगमका रूपमा परिचित तातोपानी ज्यूल्ले पाटनमा “कर्णाली याक्स जर्सी रिलिज” कार्यक्रम सम्पन्न भएको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *