• माघ ६, २०८१
  • No Comment
  • 68

हुम्लामा नुन बोकेकेको ट्रयाक्टर दुर्घटना : १ जनाको मृत्यु, ३ घाइते

हुम्लाको चङ्खेली गाउँपालिकामा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन ।

चङ्खेली गाउँपालिका–१ दर्बिस्थित बोहरावाडाबाट रिमीतर्फ जाँदै गरेको लु४त ७७२० नम्बरको ट्र्याक्टर दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा सोही वडाका ३५ वर्षीय तुले बोहराको मृत्यु भएको छ ।

हुम्लाका लागि चौध क्विन्टल अनुदानको नुन ढुवानी गरेर गइरहेको ट्र्याक्टर दुर्घटना हुँदा बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरी जानकारी दिएको छ ।

दुर्घटनामा परी घाइते हुनेमा चङ्खेली–१ का ४० वर्षीय मानबहादुर बोहरा, सोही वडाका ४५ वर्षीया धना बोहरा, १० वर्षीया चरी बोहरा रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक सुरेश सुवेदीले जानकारी दिए ।

ट्र्याक्टर मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका–१४ का २६ वर्षीय हिराबहादुर बडुवालले चलाएका थिए । चालक बडुवाल दुर्घटनालगत्तै फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ट्र्याक्टर चालिस मिटर तल खसेको थियो । घटना सम्बन्धी  निरन्तर अनुसन्धान भइरहेकाे प्रहरीकाे भनाइ रहेकाे छ ।

सम्बन्धित खबर

मोटोपन हटाउने घरेलु उपाय: ६ असरदार खानेकुरा जसले बदल्छ शरीर

मोटोपन हटाउने घरेलु उपाय: ६ असरदार खानेकुरा जसले बदल्छ…

काठमाडौँ – तौल घटाउनको लागि, भोकै नबस्नु, सही कुरा खानु महत्त्वपूर्ण छ। तपाईं डाइटिङ र व्यायाम गरेपछि पनि इच्छित परिणाम नपाएकोमा…
सुर्खेतमा ब्राउनसुगरसहित एक व्यक्ति पक्राउ

सुर्खेतमा ब्राउनसुगरसहित एक व्यक्ति पक्राउ

सुर्खेत। जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरबाट अवैध लागूऔषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका-८ गौरीशंकर टोलका ४८…
सुर्खेतमा प्रतिबन्धित लागूऔषध ट्रामाडोलसहित तीन युवक पक्राउ

सुर्खेतमा प्रतिबन्धित लागूऔषध ट्रामाडोलसहित तीन युवक पक्राउ

सुर्खेत। जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रतिबन्धित लागूऔषध ट्रामाडोलसहित तीन जना युवकलाई पक्राउ गरेको छ। उनीहरूलाई  साेमबार साँझ वीरेन्द्रनगर नगरपालिका-१० नयाँगाउँबाट पक्राउ…

Leave a Reply

Your email address will not be published. Required fields are marked *