• पुस २५, २०८१
  • No Comment
  • 145

सहकारी ठगी प्रकरण : अञ्जला कोइरला १० लाख धरौटी बुझाएर रिहा

सहकारी ठगीको आरोप लागेकी लेखा समितिकी सभापति ऋषिकेश पोखरेलीकी श्रीमती अञ्जला कोइराला अदालतमा धरौटी बुझाएर रिहा भएकी छिन् ।

बुधवार जिल्ला अदालत मोरङका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले कोइरालालाई १० लाख धरौटीमा छोड्न आदेश दिएको हो ।

मोरङको धनपालथान ३ मा रहेको उमागौरी सहकारी संस्थाको ठगी प्रकरणमा मुछिएकी कोइराला हिजो आफैँ जिल्ला अदालतमा उपस्थित भएकी थिइन् ।

गएको मङ्सिर २७ गते जिल्ला सरकारी वकिलको कार्यालय मोरङले सहकारीको करिब २२ करोड रुपैयाँ हिनामिना प्रकरणमा अञ्जलासहितका प्रतिवादीहरूविरुद्ध मुद्दा दायर गरेको थियो । यस सहकारी ठगी प्रकरणमा अध्यक्ष श्यामकुमार रौनियारसहित २६ जनाविरुद्ध मुद्दा दायर भएको छ ।

अहिलेसम्म एक जना पुर्पक्षका लागि थुनामा रहेका छन् भने एक जना धरौटीमा रिहा भएका छन् । बाँकी २३ जना प्रतिवादी अझै फरार छन् ।

सम्बन्धित खबर

पर्यटकको हब बन्दै चौकुने ७ को धामीडाँडा सहिद स्मृतिपार्क

पर्यटकको हब बन्दै चौकुने ७ को धामीडाँडा सहिद स्मृतिपार्क

सुर्खेत। सुर्खेतकाे चौकुनेगाउँपालिका–७ मा अवस्थित सहिद स्मृति पार्क ’ पछिल्लो समयमा स्थानीयहरुको पहिलो रोजाइ बन्न थालेको छ। वडा न ७ को…
जाडोमा बदाम खानुका यस्ता फाइदा

जाडोमा बदाम खानुका यस्ता फाइदा

जाडो मौसम सुरु भएपछि धेरैले सुन्तलासँगै घाम ताप्दै बदाम खान रुचाउँछन् । स्वादिलो मात्र नभई बदाम स्वास्थ्यका दृष्टिले पनि अत्यन्त लाभदायी…
रुकुम पश्चिममा करेन्ट लागेर १ युवकको मृत्यु

रुकुम पश्चिममा करेन्ट लागेर १ युवकको मृत्यु

रूकुम पश्चिम — रूकुम पश्चिमको आठविसकोट नगरपालिका-२ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । इन्टरनेटको तार जोड्ने क्रममा २२ वर्षीय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *