• पुस २४, २०८१
  • No Comment
  • 374

हास्य कलाकार घनश्याम गौतम ‘नक्कली प्रचण्ड’अस्पताल भर्ना

हास्य कलाकार घनश्याम गौतम ‘नक्कली प्रचण्ड’ अस्पताल भर्ना भएका छन। स्वास्थ्यमा जटिलता देखिएपछि उनलाई बुधवार बिहान सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी)मा भर्ना गरिएको हो ।

उनको केएमसीको मेडिसिन हाइकेयर वार्डमा उपचार भइरहेको पत्नी युगज्योतीले जानकारी दिइन् । उनलाई यसअघि ५ दिन भक्तपुरको मानव अङ्ग प्रत्यारोपण केन्द्रमा भर्ना गरिएको थियो । गौतमको किड्नीमा समस्या नभएको भन्दै अस्पतालले डिस्चार्ज गरिदिएपछि केएमसी ल्याइएको हो ।

कलाकार गौतमलाई डेढ वर्षअघि आन्द्राको क्यान्सर देखिएको थियो । पहिले भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराएका उनी केही महिनाअघि थप उपचारका लागि भारत समेत पुगेको थिए ।

गौतमले भक्तपुरको अस्पतालमा ५ दिन बस्दा एक डाक्टरले पनि नहेरेको गुनासो समेत सामाजिक सञ्जाल मार्फत पोखेका छन् । उनले लेखका छन्, ‘ भक्तपुर क्यान्सर अस्पतालले बिरामी ४, ५ दिन भर्ना हुँदा एक जनासम्म डाक्टर हेर्न आइदिनुभएन । केएमसी भर्ना भएको केही घन्टामा ५ डाक्टरले हेरिसकेका छन् ।’

सम्बन्धित खबर

चौकुने गाउँपालिका वडा न ५ मायाताल बजारको अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु नष्ट

चौकुने गाउँपालिका वडा न ५ मायाताल बजारको अनुगमन, म्याद…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा चौकुने ५ मायाताल बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई…
सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला सम्पन्न, सङ्गठन सुदृढीकरण र निर्वाचन समीक्षा केन्द्रमा

सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला सम्पन्न, सङ्गठन सुदृढीकरण र…

सुर्खेत । जनता समाजवादी पार्टी (जसपा) नेपालको कर्णाली प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला सुर्खेतमा सम्पन्न भएको छ। भेलामा पार्टीको वर्तमान साङ्गठनिक अवस्था,…
लागुऔषधसहित १६ जना पक्राउ

लागुऔषधसहित १६ जना पक्राउ

काठमाडौं, जेठ २७ — प्रहरीले देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरीबाट तीन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *