• पुस २४, २०८१
  • No Comment
  • 122

हास्य कलाकार घनश्याम गौतम ‘नक्कली प्रचण्ड’अस्पताल भर्ना

हास्य कलाकार घनश्याम गौतम ‘नक्कली प्रचण्ड’ अस्पताल भर्ना भएका छन। स्वास्थ्यमा जटिलता देखिएपछि उनलाई बुधवार बिहान सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी)मा भर्ना गरिएको हो ।

उनको केएमसीको मेडिसिन हाइकेयर वार्डमा उपचार भइरहेको पत्नी युगज्योतीले जानकारी दिइन् । उनलाई यसअघि ५ दिन भक्तपुरको मानव अङ्ग प्रत्यारोपण केन्द्रमा भर्ना गरिएको थियो । गौतमको किड्नीमा समस्या नभएको भन्दै अस्पतालले डिस्चार्ज गरिदिएपछि केएमसी ल्याइएको हो ।

कलाकार गौतमलाई डेढ वर्षअघि आन्द्राको क्यान्सर देखिएको थियो । पहिले भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराएका उनी केही महिनाअघि थप उपचारका लागि भारत समेत पुगेको थिए ।

गौतमले भक्तपुरको अस्पतालमा ५ दिन बस्दा एक डाक्टरले पनि नहेरेको गुनासो समेत सामाजिक सञ्जाल मार्फत पोखेका छन् । उनले लेखका छन्, ‘ भक्तपुर क्यान्सर अस्पतालले बिरामी ४, ५ दिन भर्ना हुँदा एक जनासम्म डाक्टर हेर्न आइदिनुभएन । केएमसी भर्ना भएको केही घन्टामा ५ डाक्टरले हेरिसकेका छन् ।’

सम्बन्धित खबर

प्राधिकरणले भारतमा शुरु गर्‍यो विद्युत निर्यात

प्राधिकरणले भारतमा शुरु गर्‍यो विद्युत निर्यात

नेपाल विद्युत प्राधिकरणले भारत विद्युत निर्यात शुरु गरेको छ । शनिबार रातिबाट भारतमा निर्यात शुरु भएको प्राधिकरणका प्रवक्ता राजाभाई सिल्पकारले जानकारी…
‘पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट स्वीकृत

‘पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट…

काठमाडौँ । ‘पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस्‌’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मतीले स्वीकृत भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री…
पोखरा विमानस्थलको छानबिन अझै गहिराइमा पुग्नुपर्छ भन्ने मेरो पूरक मत हो– गोकुल बास्कोटा

पोखरा विमानस्थलको छानबिन अझै गहिराइमा पुग्नुपर्छ भन्ने मेरो पूरक…

नेकपा एमालेका नेता एवं प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सदस्य गोकुल बास्कोटाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितताबारे अझै गहिरो छानबिन गर्नुपर्ने आफ्नो…

Leave a Reply

Your email address will not be published. Required fields are marked *