• पुस २१, २०८१
  • No Comment
  • 184

नेपाली सेनाको हेलिकोप्टरद्धारा रुकुमकी सुत्केरीलाई उद्दार गरी सुर्खेत ल्याईयो

रुकुम पश्चिमको आठबिसकोटकी एक सुत्केरीको नेपाली सेनाको हेलिकोप्टरद्धारा उद्दार गरिएको छ ।

रक्तस्रावको कारण गम्भीर अवस्थामा रहेकी सुत्केरीलाई आइतबार नेपाली सेनाको हेलिकोप्टरद्धारा उद्दार गरेर उपचारका लागि सुर्खेत ल्याईएको हो ।

जिल्ला प्रहरी काआठबिसकोट नगरपालिका–२ खदीकी २४ वर्षीया धनमाया बुढाको उद्दार गरेर प्रदेश अस्पताल सुर्खेतमा उपाचार शुरु भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत हेलिकोप्टर प्रयोग गरेर उद्दार गरिएको छ ।

उद्दार अघि आठबिसकोट नगरपालिका–२, स्थित स्यालाखदी स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि प्रदेश अस्पताल सुर्खेत रेफर गरिएको हो । सुत्केरीको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएपछि हेलिकोप्टरबाट उद्दार गर्नु परेको बताईएको छ ।
अहिले सुत्केरीको उपचार जारी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

सुर्खेत । दैलेखको भैरवी गाउँपालिका अध्यक्ष रिताकुमारी शाही बैंकिङ कसुरको आरोपमा पक्राउ परेकी छन् । प्रहरीका अनुसार शाहीले दिएको करिब पाँच…
चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

सुर्खेत। चौकुने गाउँपालिका कृषि विकास शाखा ले ५० प्रतिशत अनुदानमा उन्नत जातको धानको बीउकिसानहरुलाई वितरण सुरु गरेको छ। गाउँपालिकाले धान रोपाइँ…
गर्मीमा चिसो पानी पिउने कि नर्मल ?

गर्मीमा चिसो पानी पिउने कि नर्मल ?

काठमाडौं । गर्मी मौसममा शरीरलाई हाइड्रेट राख्न पर्याप्त पानी पिउनु अत्यन्त आवश्यक मानिन्छ । तर तिर्खा लाग्दा धेरैलाई एउटा प्रश्नले अलमल्याउँछ—फ्रिजको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *