• पुस ९, २०८१
  • No Comment
  • 171

मुगुको कार्मारोङमा अज्ञात रोगले पाँच दर्जन बढी याक र चौंरीको मृत्यु

मुगुको मुगुम कार्मारोङ गाउँपालिका- २ मुगु गाउँमा अज्ञात रोगले चौंरी तथा याकहरु मरेका छन । मुगु गाउँका स्थानीय छोर्तेन लामाका अनुसार सोमबारसम्म कम्तिमा ५०-६० वटा चौंरी र याक अज्ञात रोगले मरेका छन ।

सुरुमा पशुले मुखबाट र्‍याल निकाल्ने, हरियो रंगको पातलो दिशा गर्ने, दिशामा हल्का रगत देखिने र यी लक्षण देखिएको २४ घण्टाभित्र सो पशुको मृत्यु भइरहेको लामाले बताए।

अज्ञात रोगले चौंरी र याक प्रभावित भएको खबर पाउनासाथ गाउँपालिकाले औषधी र पशु स्वास्थ्यकर्मी पठाए पनि पालिकामा उपलब्ध जनशक्ती र औषधिको क्षमताले नभ्याउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासचन्द्र रावलले बताए।

स्वाब संकलन गरी परीक्षणका लागि अन्यत्र पठाउनुपर्ने उल्लेख गर्दै उनले त्यसका लागि आवश्यक उपकरण र जनशक्ती गाउँपालिकामा नभएकाले बताए। गाउँपालिकाले जिल्ला भेटनरी तथा पशु अस्पताल गमगढी र प्रदेशलाई पत्र पठाउँदै सहयोग मागेको थियो।
पालिकाको पत्रपछि भेटनरी तथा पशु अस्पतालका चिकित्सकसहितको टोलि र पालिकाको आग्रहमा बुद्ध मावि मांग्रीमा पशु स्वास्थ्य प्राविधिक शिक्षा अध्यापन गराउने दुईजना पशु चिकित्सक उपचारका लागि गइसकेका रावलले जानकारी दिए।

उनका अनुसार मुगु गाउँमा चिसोका कारण स्थानीयहरु बेंसीतिर अस्थायी बसाइ सरेकाले गाउँमा कोहि नहुँदा चौरी रहेका लेखहरुमा पुग्न स्वास्थ्यकर्मीको टोलिलाइ कठिनाइ भैरहेको छ। त्यसैमा मंगलबारबाट हिमपात हुन थालेपछि झनै समस्या भएको छ।

चौंरी हिमालतिर रहेका र गाउँ नझरेकाले हिउँ पाटनहरुमा कति चौंरी र याक अज्ञात रोगबाट मरे भन्ने यकिन विवरण आइसकेको छैन। शनिबारसम्म ६० भन्दा बढी मरेको खबरको आधारमा अनुमान गर्ने हो भने आजसम्म १०० बढी चौरी तथा याकहरु उक्त अज्ञात रोगबाट मरिसकेको हुनसक्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रावलले बताए।

सम्बन्धित खबर

अनेरास्ववियुद्वारा सडक सुरक्षाबारे संयुक्त ध्यानाकर्षण पत्र बुझाइयो

अनेरास्ववियुद्वारा सडक सुरक्षाबारे संयुक्त ध्यानाकर्षण पत्र बुझाइयो

सुर्खेत । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले क्याम्पस क्षेत्रको सडक सुरक्षा र यातायात…
एसीसी यू–१९ एशिया कप आजदेखि यूएईमा सुरु, नेपाल भोलि श्रीलङ्कासँग भिड्दै

एसीसी यू–१९ एशिया कप आजदेखि यूएईमा सुरु, नेपाल भोलि…

काठमाडौँ – एसीसी १९ वर्षमुनिको एशिया कप क्रिकेट आजदेखि संयुक्त अरब इमिरेट्स (यूएई)मा सुरु भएको छ। उद्घाटन दिनमा भारतले आयोजक यूएईसँग…
त्रिशूली नदीमा भीरबाट खसेका व्यक्तिको सशस्त्र प्रहरीद्धारा उद्धार

त्रिशूली नदीमा भीरबाट खसेका व्यक्तिको सशस्त्र प्रहरीद्धारा उद्धार

गोरखामा भिरबाट त्रिशूली नदीमा खसेका एक व्यक्तिको सशस्त्र प्रहरीले उद्धार गरेको छ । शहीद लखन गाउँपालिका–४ राईनासस्थित भिरबाट त्रिशूली नदीमा खसेका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *