• पुस ७, २०८१
  • No Comment
  • 162

टिकटक बनाउँन खोज्दा खोलाको खोंचमा खसेर नर्स र विद्यार्थीको मृत्यु

शनिबार तेह्रथुमको मेन्छ्‌यायेम गाउँपालिकामा टिकटक बनाउन खोज्दा खोरुङ्ग खोलाको खोंचमा खसेर शिक्षिका र एक छात्राको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय गौखुरी माविमा नर्स शिक्षिकाको रुपमा कार्यरत रबिना राजवंशी र कक्षा ७ मा अध्ययनरत अन्दाजी १२ वर्षीया सुस्मिता भट्टराईको रहेको प्रहरी नायव उपरीक्षक चिनीमाया तामाङले जानकारी दिइन् ।

शनिबारको बिदा पारी साथीहरुसँग शिक्षिका र विद्यार्थी विद्यालयको दक्षिणतर्फ रहेको खोरुङ्गा खोलामा पौडी खेल्न गएका थिए ।

सोही खोलामा अपराह्न टिकटक बनाउने क्रममा खोंचमा खसेका दुवै जनाको घटनास्थलमै मृत्यु भएको गाउँपालिका अध्यक्ष यादवबहादुर खापुङले जानकारी दिए ।

सम्बन्धित खबर

साकाहारी भोजन: कुन खानामा के पाइन्छ? केमा कति शक्ति?

साकाहारी भोजन: कुन खानामा के पाइन्छ? केमा कति शक्ति?

काठमाडौं — दैनिक खाने खानाले व्यक्तिको पोषणस्तर निर्धारण गर्छ। खाद्य पदार्थको आ–आफ्नै पौष्टिक गुण हुने भएकाले दैनिक भोजनमा आवश्यक परिमाणमा उचित…
ट्याम्पो भीरमा खसालेको प्रकरणमा १० जना वन कर्मचारी पक्राउ

ट्याम्पो भीरमा खसालेको प्रकरणमा १० जना वन कर्मचारी पक्राउ

काठमाडौं — कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधे क्षेत्रमा ट्याम्पोलाई भीरबाट खसालेको घटनामा संलग्न रहेको आरोपमा १० जना वन कर्मचारी पक्राउ परेका छन्।…
कर्णालीका महिलाको संघर्ष झल्काउने ‘बैकिनी’ उपन्यास विमोचन

कर्णालीका महिलाको संघर्ष झल्काउने ‘बैकिनी’ उपन्यास विमोचन

 काठमाडौँ — कर्णाली क्षेत्रका महिलाको जीवन, संघर्ष र भोगाइलाई केन्द्रमा राखेर लेखिएको सिर्जु शाहको पहिलो उपन्यास ‘बैकिनी’ आइतबार काठमाडौँमा आयोजित एक…

Leave a Reply

Your email address will not be published. Required fields are marked *