• पुस ३, २०८१
  • No Comment
  • 135

दोस्रो क्वालिफायरको लक्ष्यसहित चितवनविरुद्ध कर्णाली भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल)मा आज प्लेअफको इलिमिनेटरमा चितवन राइनोज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदै छ ।

प्रतियोगिताको लिग चरणमा चितवनले तेस्रो र कर्णालीले चौथो स्थान सुनिश्चित गर्दै प्लेअफ यात्रा तय गरेका हुन् । यी दुई टिमबीच लिग चरणमा भएको खेलमा सोमपाल कामीको कप्तानीमा रहेको कर्णालीले चितवनविरुद्ध ६ विकेटको जित निकालेको थियो ।

आजको खेलमा जित निकाल्ने टिमले फाइनल प्रवेशका निम्ति दोस्रो क्वालिफायर खेल्ने मौका पाउने छ । पराजित हुने टिम भने प्रतियोगिताबाट बाहिरिने छ । आज जित निकाल्ने टिमले दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्समध्ये पराजित टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल बिहान ९ बजेदेखि सुरु हुनेछ ।

सम्बन्धित खबर

प्रदूषण बढेसँगै किन आइरहन्छ खकार? जोगिन के गर्ने?

प्रदूषण बढेसँगै किन आइरहन्छ खकार? जोगिन के गर्ने?

काठमाडौं । पछिल्लो समय वायु प्रदूषण बढेसँगै धेरै मानिसमा घाँटी खसखस हुने, चिलाउने, बारम्बार खकार निकाल्न मन लाग्ने तथा खोकी लागिरहने…
कर्णाली छोरी सम्मेलनको दोस्रो संस्करण सुरू हुँदै

कर्णाली छोरी सम्मेलनको दोस्रो संस्करण सुरू हुँदै

सुर्खेत, जेठ १५ — बालिका, किशोरी तथा महिलामाथि हुने लैङ्गिक विभेद, बालविवाह, छाउपडी कुप्रथा, घरेलु हिंसा, यौन दुव्र्यवहार तथा मानव बेचबिखनजस्ता…
चौकुने गाउँपालिका वडा न. ९ र १० को घाटगाऊँ बजार अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु वडा अध्यक्ष र प्रहरीको रोहवरमा नष्ट

चौकुने गाउँपालिका वडा न. ९ र १० को घाटगाऊँ…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा घाटगाउँको बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै…

Leave a Reply

Your email address will not be published. Required fields are marked *