• पुस ३, २०८१
  • No Comment
  • 94

दोस्रो क्वालिफायरको लक्ष्यसहित चितवनविरुद्ध कर्णाली भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल)मा आज प्लेअफको इलिमिनेटरमा चितवन राइनोज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदै छ ।

प्रतियोगिताको लिग चरणमा चितवनले तेस्रो र कर्णालीले चौथो स्थान सुनिश्चित गर्दै प्लेअफ यात्रा तय गरेका हुन् । यी दुई टिमबीच लिग चरणमा भएको खेलमा सोमपाल कामीको कप्तानीमा रहेको कर्णालीले चितवनविरुद्ध ६ विकेटको जित निकालेको थियो ।

आजको खेलमा जित निकाल्ने टिमले फाइनल प्रवेशका निम्ति दोस्रो क्वालिफायर खेल्ने मौका पाउने छ । पराजित हुने टिम भने प्रतियोगिताबाट बाहिरिने छ । आज जित निकाल्ने टिमले दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्समध्ये पराजित टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल बिहान ९ बजेदेखि सुरु हुनेछ ।

सम्बन्धित खबर

झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु

झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु

कात्तिक २। तिहारको अवसरमा घर सजाउन झिलीमिली बत्ती जडान गर्ने क्रममा पर्सामा एक युवकको करेन्ट लागेर मृत्यु भएको छ। मृतक १७…
पहिलोपटक हुने ब्लाइन्ड महिला टी–२० विश्वकपका लागि नेपाली टोली घोषणा

पहिलोपटक हुने ब्लाइन्ड महिला टी–२० विश्वकपका लागि नेपाली टोली…

क्रिकेट एसोसिएसन अफ द ब्लाइन्ड नेपाल (सीएबी नेपाल)ले पहिलोपटक आयोजना हुन लागेको टी–२० ब्लाइन्ड महिला विश्वकप क्रिकेट प्रतियोगिताका लागि १६ सदस्यीय…
पोर्चुगलमा नेपाली युवा जितेन्द्र पाण्डे बेपत्ता, परिवारले खोजीको आग्रह

पोर्चुगलमा नेपाली युवा जितेन्द्र पाण्डे बेपत्ता, परिवारले खोजीको आग्रह

वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगलमा कार्यरत एक नेपाली युवा जितेन्द्र पाण्डे गत साता सोमबारदेखि सम्पर्कविहीन भई बेपत्ता भएका छन्। तनहुँ जिल्ला भानु…

Leave a Reply

Your email address will not be published. Required fields are marked *