• मंसिर २३, २०८१
  • No Comment
  • 142

एनपीएलको पहिलो खेलमा लुम्बिनी र जनकपुर बीच प्रतिस्पर्धा

आज नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमा लुम्बिनी र जनकपुर बीच प्रतिस्पर्धा हुने भएको छ ।
आज नेपाल प्रिमियर लिग (एनपीएल) को १४औँ र १५औँ खेल हुँदैछ । आजको पहिलो खेलमा जनकपुर बोल्टस र लुम्बिनी लायन्स बीच प्रतिस्पर्धा हुँदैछ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय खेल मैदानमा दुवै टोलीबीच आमनेसामने हुँदैछन् । सो खेल बिहान ९ः१५ मा शुरु हुनेछ ।

आज हुने पहिलो खेलमा जनकपुरबाट अनिल शाहले नेतृत्व गर्नेछन् भने लुम्बिनीबाट रोहितकुमार पौडेलले नेतृत्व गर्नेछन् । आजसम्मको खेलमा जनकपुर अपराजित छ । उद्घाटन खेलमा जनकपुरले विराटनगर किङ्ग्सलाई हराएको थियो भने त्यसपछिका खेलमा कणर्ाली याक्स र चितवन राइनोजलाई पनि हराएको थियो ।

लुम्बिनी लायन्सले भने जारी एनपीएलमा एक खेल पनि जित्न सकेको छैन ।

एनपीएल गत शुक्रवारवाट शुरु भएको थियो । एनपीएलको विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउने छ । विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउनेछन् भने प्रतियोगिताको उपविजेताले ५० लाख, तेस्रो हुने टिमले ३० लाख र चौथो हुने टिमले २० लाख रुपैयाँ पाउने छ ।

जनकपुर बोल्ट्स

आसिफ शेख – मार्की, ललित राजवंशी, अनिलकुमार साह, रुपेश सिंह, किशोर महतो, आकाश त्रिपाठी, शुभ कंसाकर, शेर मल्ल, हेमन्त धामी, अरनिको प्रसाद यादव, तुलबहादुर थापा मगर, जिमी निशम (न्युजिल्यान्ड), जोशुआ ट्रम्प (अमेरिका), बेन माइक (इंग्ल्यान्ड), मोहमद मोहसिन (पाकिस्तान), लाहिरू मिलन्था (अमेरिका), हर्ष थाकर (क्यानडा)।

लुम्बिनी लायन्स

रोहित कुमार पौडेल- मार्की, सूर्य तामाङ, विवेक यादव, सन्दीप जोरा, आशुतोष घिरैया, तिलकराज भण्डारी, दुर्गेश गुप्ता, अर्जुन साउद, दिनेश अधिकारी, अभिषेश गौतम, विकाश अग्री, बेन कटिङ (अस्ट्रेलिया), उन्मुक्त चन्द (अमेरिका), टम मूर्स (इंग्ल्यान्ड), रेमन सिमन्ड्स (वेस्ट इन्डिज), शाद बिन जफर (क्यानडा), आरिफ शान (आइकोनिक)।
आज दर्इ टोली बीच रोमान्चक खेल हुने भएकाे छ ।

सम्बन्धित खबर

कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

सुर्खेत । कर्णाली प्रदेशका उद्योगले आफ्नो उत्पादन क्षमता अनुसार काम गर्न नसकेको पाइएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष…
“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय बन्नुपर्छ” : मुख्यमन्त्री कडेल

“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय…

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले विकास बजेटको प्रभावकारी कार्यान्वयनका लागि प्रदेशसभा सदस्यदेखि स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीसम्म सबैको साझा…
आधिकारिक सूचना बिना अनलाइन फाराम नभरिदिन सेवाग्राहीलाई सुर्खेत यातायात कार्यालयको अनुरोध

आधिकारिक सूचना बिना अनलाइन फाराम नभरिदिन सेवाग्राहीलाई सुर्खेत यातायात…

सुर्खेत। प्राविधिक त्रुटिका कारण लाइसेन्सको कोटा भुलवश खुलेकोले सेवाग्राहीहरूमा भ्रम सिर्जना भएको छ। यातायात व्यवस्था कार्यालयको आधिकारिक सूचनाबिना नै अनलाइन फाराम…

Leave a Reply

Your email address will not be published. Required fields are marked *