• मंसिर २३, २०८१
  • No Comment
  • 167

एनपीएलको पहिलो खेलमा लुम्बिनी र जनकपुर बीच प्रतिस्पर्धा

आज नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमा लुम्बिनी र जनकपुर बीच प्रतिस्पर्धा हुने भएको छ ।
आज नेपाल प्रिमियर लिग (एनपीएल) को १४औँ र १५औँ खेल हुँदैछ । आजको पहिलो खेलमा जनकपुर बोल्टस र लुम्बिनी लायन्स बीच प्रतिस्पर्धा हुँदैछ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय खेल मैदानमा दुवै टोलीबीच आमनेसामने हुँदैछन् । सो खेल बिहान ९ः१५ मा शुरु हुनेछ ।

आज हुने पहिलो खेलमा जनकपुरबाट अनिल शाहले नेतृत्व गर्नेछन् भने लुम्बिनीबाट रोहितकुमार पौडेलले नेतृत्व गर्नेछन् । आजसम्मको खेलमा जनकपुर अपराजित छ । उद्घाटन खेलमा जनकपुरले विराटनगर किङ्ग्सलाई हराएको थियो भने त्यसपछिका खेलमा कणर्ाली याक्स र चितवन राइनोजलाई पनि हराएको थियो ।

लुम्बिनी लायन्सले भने जारी एनपीएलमा एक खेल पनि जित्न सकेको छैन ।

एनपीएल गत शुक्रवारवाट शुरु भएको थियो । एनपीएलको विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउने छ । विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउनेछन् भने प्रतियोगिताको उपविजेताले ५० लाख, तेस्रो हुने टिमले ३० लाख र चौथो हुने टिमले २० लाख रुपैयाँ पाउने छ ।

जनकपुर बोल्ट्स

आसिफ शेख – मार्की, ललित राजवंशी, अनिलकुमार साह, रुपेश सिंह, किशोर महतो, आकाश त्रिपाठी, शुभ कंसाकर, शेर मल्ल, हेमन्त धामी, अरनिको प्रसाद यादव, तुलबहादुर थापा मगर, जिमी निशम (न्युजिल्यान्ड), जोशुआ ट्रम्प (अमेरिका), बेन माइक (इंग्ल्यान्ड), मोहमद मोहसिन (पाकिस्तान), लाहिरू मिलन्था (अमेरिका), हर्ष थाकर (क्यानडा)।

लुम्बिनी लायन्स

रोहित कुमार पौडेल- मार्की, सूर्य तामाङ, विवेक यादव, सन्दीप जोरा, आशुतोष घिरैया, तिलकराज भण्डारी, दुर्गेश गुप्ता, अर्जुन साउद, दिनेश अधिकारी, अभिषेश गौतम, विकाश अग्री, बेन कटिङ (अस्ट्रेलिया), उन्मुक्त चन्द (अमेरिका), टम मूर्स (इंग्ल्यान्ड), रेमन सिमन्ड्स (वेस्ट इन्डिज), शाद बिन जफर (क्यानडा), आरिफ शान (आइकोनिक)।
आज दर्इ टोली बीच रोमान्चक खेल हुने भएकाे छ ।

सम्बन्धित खबर

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध हुने तयारी

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध…

काठमाडौँ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई डिजिटल माध्यममार्फत सहज बनाउने लक्ष्यसहित जन्मदर्ता, विवाह दर्तालगायतका प्रमाणपत्र नागरिक एप मार्फत उपलब्ध गराउने तयारी…
दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालत ले दीपक खड्का सँग सम्बन्धित रिटमा कारण देखाउ आदेश जारी गरेको छ । बुधबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ…
कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेस ले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का लाई ७ दिने स्पष्टीकरण सोधेको छ । बुधबार बसेको पार्टीको अनुशासन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *