• मंसिर २२, २०८१
  • No Comment
  • 61

मौसमको पुर्वानुमान : कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागमा हिमपातको सम्भावना

जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज बिहान कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ ।

विभागका अनुसार गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराईका भू-भागलगायत बाँकी तराई क्षेत्र तथा उपत्यकाहरूका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ ।

दिउँसो कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोसी प्रदेशको पहाडी भू-भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

विभागले राति पहाडी भू-भागमा आंशिक बदली रहने बताएको छ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

वर्षा हिमपात तथा चिसाेका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वताराेहण, हवार्इ यातायात लगाएत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले अावश्यक सतर्कता तथा पुर्व तयारी अपनाउन माैसम पुर्वानुमान महाशाखाले सचेत गराएकाे छ ।

 

सम्बन्धित खबर

वीरेन्द्रनगर यरिचोकमा रहेको वलि स्टोरको गोदाममा आगलागि

वीरेन्द्रनगर यरिचोकमा रहेको वलि स्टोरको गोदाममा आगलागि

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर ३ यरिचोक पतेनीलाइनस्थित वली स्टोर एण्ड सप्लायर्सको गोदाममा आगलागि भएको छ । विहिबार राती अन्दाजी १ बजेको…
उद्योग वाणिज्य सङ्घ दैलेखमा थापाको प्यानल विजयी

उद्योग वाणिज्य सङ्घ दैलेखमा थापाको प्यानल विजयी

दैलेख । दैलेख उद्योग वाणिज्य सङ्घ दैलेखको दशौँ अधिवेशन तथा निर्वाचन भएको छ। उक्त निर्वाचनमा ३३१ मत प्राप्त गरी नरेन्द्र थापा…
युनिसेफ नेपालद्वारा कार्यशाला गोष्ठी

युनिसेफ नेपालद्वारा कार्यशाला गोष्ठी

दैलेख। युनिसेफ नेपाल को आर्थिक सहयोगमा नारायण नगरपालिका दैलेखको आयोजनामा नारायण नगरपालिका १ को वडा कार्यालयमा कार्यशाला गोष्ठी गरिएको छ। बिहिबार…

Leave a Reply

Your email address will not be published. Required fields are marked *